पोखरा ।लेखनाथमा लायन्स क्लव अफ लेखनाथ सिटीको गठन गरिएको छ । हामी सेवा गर्छौ भन्ने भावनाले अन्तिराष्ट्रिय रुपमा रहेको लायन्स क्लव अतरगत उदिपराज ढुंगानाको अध्यक्षतामा उक्त क्लवको गठन गरिएको हो ।
जसको प्रथम उपाध्यक्षमा सुजन रानाभाट, द्धितिय उपाध्यक्षमा शिवजी ढूंगाना, तृतिय उपाध्यक्षमा सुवास तिवारी, सचिवमा कृष्ण प्रसाद तिमिल्सीना, कोषाध्यक्षमा शरिशरण ढुंगाना (विनायक), सहसचिवमा अर्जुन धिताल र सहकोषाध्यक्षमा कैलाश पौडेल रहनु भएको छ ।
यस्तै क्लवको टेमरमा नविन सापकोटा, टेल टुईस्टरमा आकास बस्नेत, एल सि आई एफ कोर्डिनेटरमा दिपेश बराल, स्वास्थ्य निर्देशकमा रोस्वीन थापा र मेम्बरसीप चियरपर्सनमा प्रविन रानाभाट रहेका छन् ।
सदस्यमा शिशिर रानाभाट, सागर धमला, महेश्वर बस्ताकोटी, राजकुमार ढकाल, बदन बराल र सञ्जय शाहलाई चयन गरिएको छ । क्लवको अर्थ निर्देशकमा दामु देवकोटा र सदस्यहरुमा सुदिप लामीछाने, सुजन बराल र फणिन्द्र पौडेल रहेका छन् ।
मदर क्लव लायन्स क्लव आफ लेखनाथद्धारा आयोजित कार्यक्रममा बोल्दै लायन्स ३२५ बि वान नेपालका डिष्ट्रिक गर्भनर लायन अशोक कुमार श्रेष्ठले युवा व्यवसायीहरुको लायन यात्रा सेवासंगै अगाडी बढ्ने विश्वास व्यक्त गर्नुभयो ।
लायन्स क्लव अफ लेखनाथ सिटीका संस्थापक अध्यक्ष उदिपराज ढुगांनाले लायन्स क्लवको भावना अनुरुप सेवामा संगठित रुपले सर्मपित हुने प्रतिवद्धता व्यक्त गर्नुभयो ।
Sign in
Welcome! Log into your account
Forgot your password? Get help
Password recovery
Recover your password
A password will be e-mailed to you.