पोखरा १ सिम्पानी स्थित स्पाइरल ग्यालेक्सी एकेडेमीले आफ्नो १६ औं वार्षिकोत्सब तथा अभिभाबक दिवस मनाएको छ । सोमबार सभागृह हल पोखरा मा भएको बार्षिकोत्सब समारोहमा वोल्दै प्रमुख अथिति गण्डकी प्रदेश का सामाजिक बिकाश मन्त्रि नरदेबी पुन ले निजि बिद्यालय हरु ले शिक्षा को बिकाश मा महत्वपूर्ण भूमिका खेलेको भन्दै प्रदेश सरकार ले उपयुक्त नीति सहित निजि बिद्यालय हरु को सहि व्यवस्थापन गर्ने बताईन ।
कार्यक्रम मा संस्थापक प्राचार्य नारायण प्रसाद चापागाईं, युवा नेता माधब बास्तोला, हिसान का केन्द्रिय उपाध्यक्ष शेर बहादुर गुरुङ, हिसान कास्की का अध्यक्ष रामजी शर्मा, प्याब्सन कास्की का वरिष्ठ उपाध्यक्ष मथुरा प्रसाद पौडेल, अभिभाबक माधब पराजुली, क्रिस्टल मोंटेसरी कि संचालिका रिना पौडेल, प्रेस युनियन कास्की का अध्यक्ष नबिन सिग्देल, बिद्यार्थी सिजन पौडेल लगायत ले शुभकामना मन्तब्य व्यक्त गरेका थिए ।
१६ औं वार्षिकोत्सबको अवसरमा बिद्यार्थी हरु द्वारा गित, नृत्य, नाटक लगायत का प्रस्तुति हरु प्रस्तुत गरिएको थियो भने विभिन्न विधा मा उत्कृष्ट बिद्यार्थी हरु लाई पुरस्कार वितरण गरिएको थियो ।
विद्यालयका संचालक डिल्ली प्रसाद शर्मा को अध्यक्षता मा सम्पन्न कार्यक्रम को स्वागत शिक्षिका बिष्णु अधिकारी ले गरेकी थिइन भने संचालन अतिरिक्त क्रियाकलाप बिभाग प्रमुख सुमन पौडेल ले गरेका थिए ।