प्रहरी अवरोध तोड्दै धनकुटाका पत्रकारहरुले धर्ना सफल बनाए

0
732

धनकुटा ।  प्रहरी अवरोधलाई तोड्दै विद्युतीय कारोवार ऐनको दफा ४७ र ४८ खारेजीको माग गर्दै आज नेपाल पत्रकार महासंघ धनकुटा शाखाले  जिल्ला प्रशासन कार्यालय धनकुटामा धर्ना दिएको छ ।
धनकुटाका पत्रकारहरुको धर्नालाई असफल बनाउन जिल्ला प्रशासन कार्यालय धनकुटा परिषरमा प्रहरीलेले प्रवेशमा रोक  लगाई गेटमानै रोकी घेराहाली पछी  पत्रकारहरुले प्रहरीको घेरा तोड्दै  जिल्ला प्रशासन कार्यालयमा प्रवेश गरी मुल ढोकामा धर्ना दिई कार्यक्रम सफल बनाएका छन ।
नेपाल पत्रकार महासंघ धनकुटा शाखाका अध्यक्ष राजेश्वर वहादुर श्रेष्ठको अध्यक्षता भएको धर्ना कार्यक्रममा नेपाल पत्रकार महासंघका पूर्व केन्द्रिय उपाध्यक्ष  सञ्जय सन्तोषी राई,प्रदेश उपाध्यक्ष स्मिता निरौला,धनकुटका पूर्व अध्यक्ष विजय सन्तोषी राई,महोन वान्तवा,खगेन्द्र घिमिरे ,सचिव विदुर खवास,केन्द्रिय प्रतिनिधिहरु रमेशचन्द्र अधिकारी,बिनोद घिमिरे,नेपाल प्रेस युनियन धनकुटका अध्यक्ष हिमा चेम्जोङ्ग,नेपाल पत्रकार महासंघ धनकुटा शाखाका सदस्यहरु कविराज घिमिरे,नरेन्द्र कस्चित,रेडियो भेडेटारका स्टेशन म्यानेजर पूर्ण कुमार चौधरी लगायत धनकुटका सहभागी संचारकर्मीहरुले पत्रकारहरुको आन्दोलनलाई दवाउने प्रयास गरे आन्दोलनको आधिवेरी ल्याउने वताउदै सरकारसंग प्रेस स्वतन्त्र वहाल गर्न माग गर्नु भएको थियो ।
सरकारले तत्काल विद्युतीय कारोवार ऐनको दफा ४७ र ४८ खारेज  नगरे सशक्त आन्दोलन गर्ने चेतावानी दिनु भयो भने कार्यक्रमको संचालन सदस्य नरेन्द्र कस्चितले गर्नु भएको थियो । धर्ना दिन गएका धनकुटका पत्रकारहरुलाई प्रमुख जिल्ला अधिकारीको निर्देशनमा जिल्ला प्रशासन कार्यालय धनकुटाको परिषर भित्र प्रवेश गर्न प्रहरीले नदिएपछि पत्रकार र प्रहरी विच केही बेर घस्सा घस्मी परेको र प्रहरीको अवरोधलाई छल्दै पत्रकारहरु जिल्ला प्रशासन कार्यालय धनकुटामा जवरजस्ती प्रवेश गरी कार्यालयको मुल ढोका अगाडी पुगी धर्ना दिएको नेपाल पत्रकार महासंघ धनकुटका सचिव  विदुर खवासले वताउनु भयो