दर्शन शर्मा
महिला आरक्षण लेखिएको दुई जोडी सिट खाली नै थिए । पुरुषहरु अन्तिम सिटमा थिए । त्यहाँ एउटा सिट खालि थियो । झ्यालबाट बाहिर हेरिरहेको थिएँ, मेरो अनुमान थियो ‘महिला आरक्षण’ जिन्दावाद ।
‘एस क्यूज मी’ आवाज कान नजिकै गुन्जियो, मेरो अनुमान विपरित ती युवती मेरै नजिकै आइसकेकी थिइन । आफूलाई सकेसम्म सानो बनाएर, झ्यालतिर टासिएँ ।
‘बाइ द वे, म यो आरक्षणको विरोधी हुँ है ?’
मैले नवोली सुखै भएन, स्वाभाव अनुसार नै मैले पनि खुल्ला प्रश्न सोधें– ‘किन ?’
‘यो आरक्षणले मेरो पुरुष स्पर्श पाउने अधिकार खोसिरहेको छ । (सु)गन्ध पनि ।’
जवाफ मैले अनुमान गरेभन्दा विल्कुलै फरक आयो । मैले पनि सोचें यसले –‘पुरुषले पाउने नारी स्पर्श पनि त खोस्यो नि !’
∞∞∞
स्पर्श÷गन्धको आफ्नै स्वाभाव हुन्छ । कतिलाई त्यही कति मीठो लाग्छ, कतिलाई सवैभन्दा नमीठो त्यही हुन्छ । कतिपय मानिसहरु भन्छन मलाई डिजेल÷पेट्रोलको गन्ध एकदमै मन पर्छ । कोही डिजेल र पेट्रोलको गन्धले वान्ता गरिहाल्छन । कसैलाई घिउ नभई खाना रुच्दैन, कसैलाई घिऊ वास्ना आउने वित्तिकै भाग नै बस्न मन नलाग्ने पनि त हुन्छ । तामाको कुरा पनि त्यही हो ।
ज्ञानेन्द्रीय, कर्मेन्द्रीय, जनेन्द्रीयको कर्म फरक फरक छन । त्यसले दिने गन्ध पनि फरक हुने नै भए ।
∞∞∞
म महिला हुँ, मलाई पुरुष गन्ध मन पर्छ, स्पर्श पनि निकै मन पर्छ । काठमाण्डौंको सार्वजनिक यातायात, त्यहाँमाथि कार्यालयको आसपास र साँझको समय । सिट पाउने सम्भावना निकै कम हुन्छ । त्यस्तोमा ‘हेण्डसम’ केटा नजिकै परोस वा….ओ…., यात्रा निकै फलदायी लाग्छ । त्यहाँमाथि नजिकै आओस चिप्कियोस, आँखा र शरीर दुवैले प्यास मेटेको अनुभव हुन्छ । एक महिला आफ्नो अन्तरंग खोल्दै गइन – ‘ख्याल गर्नुहोस, जसरी पुरुषलाई यात्राको क्रममा नजिकै राम्री केटी परोस, संगैको सिटमा सुन्दरी रहोस, यात्रा अविस्मरणीय हुन्छ भन्ने ठान्छन । महिलालाई पनि त्यस्तै लाग्छ । तर फरक यत्ति हो, केटा मान्छे ‘चान्स’ मारिहालौं भनेर अघि सरिहाल्छ । महिलाचाहिं पुरुष नै अघि बढोस भन्ने ठान्दछे । तपाँइलाई लाग्दो हो, संगैको सिटमा बसेकी महिला निदाएकी छ । अब ‘चान्स’ मारौं, तपाँईको अनुमान गलत हो, महिलाले निदाएको बाहना मात्रै गरेकी हुन सक्छे÷हुन्छे । तर पुरुषले छोओस भन्ने उसलाई लागेको हुन्छ । यो मानवीय स्वभाव हो । कहिंकाहीं अपवाद होला । ख्याल गर्नुपर्ने कुरा चाहिं त्यहाँ खुल्लम खुल्ला, असहज हुने गरी पुरुषले मात्रै हैन महिलाले नै छोएको पनि मन पर्दैन, उसलाई ।
∞∞∞
संयोग नै भनौं त्यही दिन साँझ साँढे ६ बजेको समय कामबाट डेरा फर्कदै थिएँ । मलाई धकेल्दै एउटी महिला बस चढिन, चालकको बायाँपट्टिको सिटमा झ्यालपट्टि बसिन । म पनि संगै चढेर, उनीसंगैको सिटमा बसें । लागिरह्यो, अघि चढ्दा ढोकामा घचेटर मलाई पछि पारेको बदला पनि लिन्छु । पुष महिनामा महिलाहरुको अनुहार हेर्न सकिदैन । स्कार्प, माक्स, चश्माले अनुहार पुरै छोपिएको हुन्छ । अनुहारले हैन, शरीरका अरु नै अंगले महिला पुरुष चिन्नु पर्दछ । जाडोमा महिलाले आँखा छोप्छन, गर्मीमा पुरुषलाई आँखा छोप्न बाध्य पार्छन । कारण तपाँईलाई पनि थाहा नै छ, अत्याधुनिक फेसनले त्यस्तो भएको हुन्छ ।
त्रिपुरेश्वरदेखि टेकु खण्डमा पिच हुँदै रहेछ । साँझको समयमा पिच पनि थपिएपछि के चाहियो, जाममाथि अर्को जाम हुने भइहाल्यो । अघि ढोकामा घचेट्ने केटीको अनुहार म बेलामौकामा चोरी चोरी हेरिरहेको थिएँ, झ्यालको सिसामा टाउको अड्याएर निदाइरहेकी थिइन वा निदाएको बाहना गरिरहेकी थिइन । म विस्तारै कुइनो उनीतिर अघि बढाउँथें, उनी चलमलाउँथिन, म सचेत हुन्थें । फेरी त्यस्तै गर्थे, उनी पनि त्यस्तै गर्थिन म पूर्ववत अवस्थामा फर्कन्थें । बसमा मान्छे थपिइरहेका थिए । बर्नर नजिकै हुँदा मेरो शरीरको दाहिने भाग तातो हुनु स्वभाविक नै थियो, शरीरको देव्रे भाग पनि उत्तिकै तातो भयो । खै के भयो, मैले अलिबढी नै जोड लगाएँ । उनको शरीरको उच्च, कोमल र संवेदनशील भागमा दख्खल पुग्यो कि ? उनले काखमा भएको व्याग साइट लगाइर्न, दुवै हात क्रस गरेर काखीमुनि हालिन, उनको कुहिनोले मेरो छातिमै घोचिन, दुख्यो । तर एैया, आथ्था भन्न मेरो पुरुष मनले दिएन । मैले पनि एकछिन अघि उनलाई, त्यस्तै त गरेकी थिएँ कि ? मेरो देव्रे हात उनको दाहिने तिघ्रमाथि थियो । उनको तिघ्राले मेरो पाखुरा तातो भयो । झ्यालबाट बाहिर हेर्ने वाहनाले टाउको घुमाएँ, टाउको संगै कान पनि घुम्ने भइहाल्यो, उनको नाक मेरो कान नजिकै प¥यो । नाकबाट तातो बाफ निस्किरहेको थियो ।
बसमा ओर्लनेभन्दा उक्लने यात्रुहरु बढिरहेका थिए । कालिमाटीमा आएर बस, निकैबेर रोकियो । ओर्लने ठाउँ नजिकै आएर बस रोकिँदा सा¥है झ्याऊ लागिरहेको थियो । रविभवन आउनै लाग्दा, बसबाट ओर्लने तरखर गर्दै गर्दा सहयात्रीलाई सोधें– ‘तपाँई पनि यही, ओर्लने हो ।’ मुसुक्क हाँसेर जवाफ दिइन– ‘हैन अलि माथि ।’ सायद कलंकी मन्दीर थियो, उनको गन्तव्य । हाम्रो संवाद दुई वाक्य मात्रै थियो । बसपार्कदेखि रविभवनसम्म शरीरले त निकै नै संवाद ग¥यो । म अस्वभाविक मानेर गन्तव्यमा नपुगि ओर्लिएँ । उनी त स्वभाविक मानेर गन्तव्यभन्दा पनि टाढा पुगिन ।
माक्स खोल्दा मैले उनलाई चिनेंं, उनको डेरा कालिमाटी नै थियो । के उनलाई पुरुष गन्धले तानेर यहाँसम्म ल्याएको हो ?
∞∞∞
एक दिन फेरी परिचित मुहार, नचिनेको नामबाट फेसबुक रिक्वेष्ट आयो । अर्को आईडी के भयो र नयाँ आइडी ? जवाफ दिइन खै के भएर हो, आफैं बन्द भयो ।
अर्को आइडी हुँदा पनि कहिलेकाहीं कुरा हुन्थ्यो । आजचाहिं किन हो कुन्नि व्यक्तिगत कुराकानी गर्न मन लाग्यो ।
‘तिमीले विवाह ग¥यौ ?’
‘छैन ।’
‘तयारी ?’
‘छैन, मास्टर्स सकौं अनि, सोचौंला ।’
‘रोजिसक्यौं ?’
‘अलिअलि ।’
‘कस्तो छ, रोजाई ?’
‘मलाई ठूलो परिवार मन पर्छ, रुप राम्रो हैन, मन सफा । धनभन्दा मन भ’को । बस्, अरु त जस्तो छु, उस्तै हुने हो ।’
‘कस्तो राम्रो विचार । प्रेम, विवाहका सम्वन्धमा तिम्रो सोचाई, बुझाई डर, उत्साह सेयरिङ गर्न मन पर्छ ? सक्छ्यौ ।’
‘उम, सोध्नु न म भन्छु ।’
‘कति वर्ष भयौ ?’
‘२४।’
‘स्कूल जीवनमा कोहीप्रति आकर्षित भयौ ? वा अरु कसैले प्रस्ताव राख्यो ?’
‘त्यस्तो खासै केही भएन । जिस्काउन र जिस्कन भने छाडिन । प्रपोज गर्ने धेरै थिए । वट डोन्ट केयर ।’
‘किन ?’
‘त्यसै । त्यो एजको लभ जस्ट टाइम पास हुन्छ । जस्तो लाग्थ्यो । एकछिन आँखाको भ्रम ।’
‘अहिले चलिरहेको लभ र त्यो वेलाको आकर्षणमा के फरक थियो ?’
‘मेरो उमेरको कुरा गर्ने हो भने त्यो बेलामा मेरो प्रेम भनेको एउट उमेरको आकर्षण थियो । सही गलत केही थाहा थिएन । बस, पाउने इच्छा मात्रै । तर अहिले को कुरा गर्ने हो भने म सही र गलत छुट्याउन सक्छु । अव गरेको प्रेम दीर्घकालिन हुन्छ । बुझेर गरिन्छ ।’
‘प्रेम मनले गर्ने हो कि शरीरले ?’
‘शरीरले गर्ने प्रेम एकछिनको खुशी र स्वार्थ हो ।’
‘प्रेममा सम्भोग ?’
‘त्यो प्रेम गर्ने र बुझ्नेमा भर पर्छ । मलाई आवश्यक छ जस्तो लाग्दैन । विहे अघि किन ? श्रीमानसंग मात्रै हुनुपर्छ । व्वाइफेण्ड श्रीमान नहुन पनि सक्छ । कतिखेर जीवन मोडिन्छ, के ठेगान त्यसैले त्यो कुरा विवाह पछि मात्रै हुन्छ÷हुनुपर्छ ।’
‘वैवाहिक जीवनमा सेक्सले फरक पार्छ कि पार्दैन ?’
‘मलाई त्यसले फरक पार्छ जस्तो लाग्दैन । किनभने सेक्स नै सब हो, भन्नु गलत हो । त्यो केही छिनको खुशी हो । खुशी भन्ने कुरा मनले हुने हो । आफ्नो मन बलियो बनाउ सके सेक्स नै सवैभन्दा महत्वपूर्ण हो भन्ने ठान्नु हुँदैन । यो बुझ्नेमा भर पर्छ ।’
‘विवाहेत्तर सम्वन्धले किन घरबार भाँडिन्छ त उसो भए ?’
‘भनें त, बुझ्ने र बुझाउनेमा भर पर्छ । सेक्स नै चाहिन्छ भनेर लागि परेपछि के लाग्छ, त्यो मात्रै खुशी, सन्तुष्टि हुन्छ भनेर सोच्छन भने त के गर्नु भाँडिन्छ घर ।’
‘सन्तान ?’
‘दोस्रो खुशी । पहिलो खुशी मैले जन्म लिन पाएँ । दोस्रो मैले सन्तान जन्माउँछु ।’
‘पहिलो सन्तान के होस जस्तो लाग्छ ?’
‘मलाई जे भए पनि हुन्छ । मलाई विवाह शब्द कस्तो–कस्तो लाग्छ । विहेपछि । केटा चेन्ज हुन्छन, डर लाग्छ ।’ (नसोधेको प्रश्नको वोनस जवाफ)
‘अश्लिल साहित्य पढ्ने र पोर्न मूभी हेर्दा कस्तो लाग्छ ?’
‘सरी, आजसम्म मैले त्यस्तो पढेको पछि छैन र हेरेको पनि छैन । साप्ताहिकमा आउने यौन जिज्ञासा पढ्थें ।’
‘यो विषयमा तिम्रो चाहिं जिज्ञासा कस्तो छ, विवाहित साथीहरुसंग मधुमास, सन्तानवारे कुराकानी हुन्छ कि हुँदैन ?’
‘नाईं, मेरो त्यस्तो साथी छैन र जिज्ञासा पनि ।’
‘पहिलो महिनावारी अनुभव ?’
‘मलाई त्यस्तो केही लागेन । म हजुरआमासंग बस्थें । केटा, घाम र घरको धूरी हेर्न हुन्न हुँदैन भन्थे । तर मैले यी कुनै पनि कुराको पालना गरिन । अंकलसंग पनि कुरा गरे । पाँच दिन मात्रै बारें । अलिअलि डर लाग्नु प्राकृतिक र स्वभाविक भइहाल्यो ।’
‘सपनीमा राजकुमार आएर दुःख दिएका छन कि छैनन ?’
‘छैन, मलाई त्यस्तो सपना आएको छैन ।’
‘केटीलाई स्वप्न दोष हुँदैन ?’
‘मलाई त्यस्तो छैन ।’
‘तिम्रो मनमा कहिल्यै सेक्सका कुरा खेलेन ?’
‘नाई, त्यस्तो केहि आउँदैन मेरो मनमा ।’
‘व्वाई फ्रेण्डको प्राइभेट अंग देखेकी छौ ?’
‘छैन ।’
‘मसंग यत्ति कुरा गरेपछि मप्रति तिम्रो दृष्टिकोणमा केही फरक आयो ?’
‘अहँ, आएन । पत्रकार त हो । प्रश्न गर्नु ठूलो कुरा हैन, फेरी यस्तो कुरा सोध्नु र गर्नु गलत पनि हैन ।’
∞∞∞
प्रेम, यौन, विवाह र सन्तानलाई निजी कुरा मानिन्छ । तर यी निजी कुरा भनेर दवाएर राख्दाका परिणाम घातक हुन सक्छन । बैदेशिक रोजगारीले टुटाएका घरबार र उजाडेका बस्तीहरु निकै भइसकेका छन ।
Sign in
Welcome! Log into your account
Forgot your password? Get help
Password recovery
Recover your password
A password will be e-mailed to you.