दोहा, कतार। कास्की आदर्श सेवा समाज कतारको १७ औ साधारण सभा दोहा सनैय -२७ स्थित रोटना मा सम्पन्न भएको छ । कार्यक्रममा बोल्दै कार्यक्रमका प्रमुख अतिथि संस्थाका संरक्षक सदस्य बलराम सापकोटाले प्रवासमा रहने नेपालीहरु बिच एकता कायम गराउन समाजले महत्वपुर्ण भुमिका खेलेको बताए ।उनले समाजले सकारात्मक कार्यहरु गरेको भन्दै निरन्तरताको कामना समेत गरे । । सस्था सास्कृतिक र खेलकुद क्षेत्रमा अघि बढेको उल्लेख गर्दे आर्थिक पक्षलाइ पनि माथी पुर्याउन पर्नेमा उनले विशेष जोड दिए ।कार्यक्रममा बोल्दै सस्थाको सल्लाहकार प्रभात त्रिपाठी, संरक्षक धुर्बराज अधिकारी,संरक्षक बिमल सुबेदिले सस्थालाइ हरेक कुरामा सक्षम बनाउन सबै जना लाग्नुपर्ने बताए।
कार्यक्रममा कास्की सार्दिखोला समाजका तर्फबाट जीवन गुरुङ, अन्नपूर्ण ६र७ सङम समूह बाट गणेश जिसि, फेवा सास्कृतिक परिवारका सावित्री गिरि,अन्तर्राष्ट्रिय नेपाली समाजका सन्तोष तिमिल्सिना, बाग्लुङ सेवा समाजका सागर पौडेल , मोना कतार म्याग्दीका मीन बहादुर कार्कि, स्याङ्जा सहयोग समाज बाट अजमत अलि, गण्डकी प्रदेशको तर्फबाट महासचिव राम्जी खत्री लगायतले शुभकामना मन्तब्य राखेका थिए । संस्थाका केन्द्रीय अध्यक्ष बिस्वबन्धु थापाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा संस्थाको संरक्षक सदस्य धुर्बराज अधिकारि , बिमल सुबेदी , प्रमुख सल्लहाकार मन प्रसाद राना मगर , सल्लहाकारहरु राम प्रसाद गौतम , रेसम बस्नेत , प्रभात त्रिपाठी , कृष्ण बहादुर कार्की , गण्डकी प्रदेश समन्वय परिसद कतारका महासचिब रामजी खत्री , स्याङ्जा सहयोग समाज,कतारका अध्यक्ष अजमत अलि , तनहु सेवा समाज,कतारका अध्यक्ष केस गुर्माछांन मगर , बाग्लुङ्ग सेवा समाज,कतारका अध्यक्ष सागर पौडेल, मोना कतारका उपाध्यक्ष मिन बहादुर कार्की , पर्बत सेवा समाज, कतारका प्रमुख सल्लहाकार चिन्तामणि पौडेल , समाजसेवी शक्त्ती छेत्री , सन्तोष तिमिल्सिना अन्तर्राष्ट्रिय नेपाली समाज प्रबक्ता ,समाजसेवी महेन्द्र चालिसे, वरिष्ठ उपाध्यक्ष हेम बहादुर बिक बिक्की , फेवा सास्कृतिक परिवार तथा केन्द्रिय सदस्य प्रेमलाल अधिकारि, उपाध्यक्ष तथा खेलकुद समिति सयोजक मन बहादुर कुवर , सहसचिब तथा भलिबल टिम मेनेजर अमृत बिक , कोषाध्यक्ष अग्निधर देबकोटा , सह कोषाध्यक्ष बाबुराम थापा , कास्की सार्दीखोला समाज,कतार बाट जिबन गुरुङ र अन्नपुर्ण ६र७ संगम समुह बाट गणेश जिसी लगायत अन्य कस्केली तथा गैर कस्केलीहरुको उपस्थिति रहेको थियो ।
कार्यक्रममा सस्थाको वरिष्ठ उपाध्यक्ष हेम बहादुर बिक बिक्की ले स्वागत मन्तब्य राखेका थिए भने सस्थाको सचिब खुसीमान गुरुङ द्वारा बार्षिक कार्यप्रगति प्रतिबेदन र कोषाध्यक्ष अग्निधर देबकोटाले बार्षिक आर्थिक प्रतिबेदन प्रस्तुत गरेका थिए । कलाकार गायकर नृत्यकार जिबन गुरुङ नृत्यागना माया गुरुङको प्रस्तुतिहरुमा दर्शक हरु झुमे। जीवन गुरुङको सालैजो भाकामा सबै दर्शकलाइ नचाउन सफल भए । गायक प्रेमलाल अधिकारिले नत माइत न घर बोकको गित, प्रभात त्रिपाठीले सम्झना छैन र, महेश तामांग धाराको पानी, तुलसी आगनमा , क्षेत्र बहादुर गुरुङले जोमसोम बजारमा सबैलाइ नचाय । सल्लाहकार रेशम बस्नेतको समुहले पोखराका सेरोफेरो गाउँ ठाउँ लाई समेटेर भजन गित साथै कबिता पनि प्रस्तुत गरे । कार्यक्रममा संस्थाको आजिबन सदस्यता पनि बितरण गरिएको थियो । देब बहादुर बिक,केस गुर्माछान मगर,क्षेत्र बहादुर गुरुङ ,केसू गुरुङ,जित बहादुर गुरुङ ,सन्तोष तिमिल्सिना सावित्री गिरि , चंद्रबती अधिकारि लगाएतले आजिवन सदस्यता लिए । सस्था द्वारा प्रकासित गरिएको आदर्श शन्देस ब्यबस्थापन र वितरणमा बिषेश सहयोग गरेको भन्दै तमु समाज कतारका भूपू अध्यक्ष तथा आसिमाला गेस्ट प्यालेस काठमाण्डौलाइ कदर पत्र द्वारा सम्मान गरियो ।