असार १५ मा हेमजाको देबीस्थान फाँटमा प्रथम हिले महोत्सब हुने

0
1184

 

सरिता तिम्सिना पगेनी

कास्की ।असार १५ मा हेमजाको देबीस्थान फाँटमा प्रथम हिले महोत्सब हुने भएको छ ।
युवा पुस्तालाई कृषि तर्फ आर्कषण बढाउने ,मेहनती कृषकलाई प्रोत्साहन गर्ने तथा  स्थानीय बिष्णुपादुका मन्दिरमा   पर्यटक भित्र्याउदै स्थानीय संस्कृति जगेर्ना गर्ने उदेश्यले हेमजामा एक दिने हिले महोत्सबको आयोजना गर्न  लागिएको हो ।  स्थानीय देबीस्थान सेवा समाजको आयोजनामा हुन लागेको महोत्सब  संचालनका लागि ५ लाख ५० हजार रुपैया खर्च लाग्ने देबीस्थान सेवा समाजका अध्यक्ष खिमलाल तिम्सिना अर्जुनले पोखरा पोष्टलाई जानकारी दिएका छन । पोखरा २५ स्थित देबीस्थान मन्दिरको फाँटमा महोत्सब हुन लागेको सहसंयोजक कृष्णमान श्रेष्ठले जानकारी दिए ।
असार पन्ध्रको दिन दहि चिउरा खांदै हिलो खेल्दै धान रोप्ने दिनमा आयोजना हुन लागेको कार्यक्रमको मुख्य आकर्षणमा पुरुष,महिला  रस्साकस्सी, ४० बर्ष माथिको हिले दौड पुरुष,खुल्ला पुरुष हिले दौड,३० बर्ष माथिको हिले दौड महिल ,खुल्ला महिला हिले दौड,  घैटो फुटाउने ,धान रोप्ने,म्युजिकल बेलुन,हिले नाँच, गोरु दौड  प्रतियोगिता रहेको अर्थ संकलन उपसमितिका संयोजक हरिप्रसाद तिम्सिनाले जानकारी दिए ।  उक्त प्रतिश्पर्धामा पुरस्कारको समेत व्यबस्था गरिएको उनले वताए। महोत्सबलाई पोखरा महानगरपालिका २५ नं वडाका अध्यक्ष शोभाखर तिम्सिनाले उद्घाटन गर्ने कार्यक्रम रहेको  आयोजकले वताएका छन ।