पर्यटनमन्त्रीको जिम्मेवारी योगेश भट्टराईलाई

0
569

काठमाडौं ।  संस्कृति पर्यटन तथा नागरिक उड्ययन मन्त्रीको जिम्मेवारी योगेश भट्टराईले पाएका छन् ।

तत्कालीन पर्यटनमन्त्री स्व. रविन्द्र अधिकारीको हेलिकप्टर दूर्घटनामा ज्यान गएपछि  रिक्त रहेको  पर्यटन मन्त्रालयको जिम्मेवारी प्रधानमन्त्री केपी शर्मा ओलीले नै सम्हाल्दै आएका थिए । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय स्रोतका अनुसार बुधबार अपराह्न ४ बजे योगेशले मन्त्रीको रुपमा सपथ खाने भएका छन् । उनको सपथ ४ बजे तय भएको छ । राष्ट्रपति कार्यालय शीतल निवासमा भट्टराईको सपथ हुनेछ ।

स्व अधिकारीले पर्यटनको विकासको लागि सुरु गरेका महत्वपूर्ण योजनाहरुको सफल कार्यान्वयनको जिम्मेवारी  योगेशको काँधमा देखिन्छ ।