महरा प्रकरणमा मानव अधिकार आयोगको उच्चस्तरीय अनुगमन टोली गठन

0
925

काठमाडौं। राष्ट्रिय मानव अधिकार आयोगले तत्कालिन सभामुख कृष्ण बहादुर महरा र रोशनी शाही बिच भएको घटनाका बारेमा तीन सदस्यीय अनुगमन टोली गठन गरेको छ।
घटना अनुसन्धानका विविध पक्षका सम्बन्धमा सुक्ष्म अनुगमन गरि प्रतिवेदन पेश गर्न आयोगका निर्देशकको नेतृत्वमा तीन सदस्यउच्चस्तरीय अनुगमन टोली गठन गरेको प्रेस विज्ञप्ति मार्फत जानकारी गराएको छ।

असोज १२ गते राती महराले शाहीलाई बलत्कार गरेको भनेर शाहीले संचार माध्यमलाई बताएकी थिईन। उनले उक्त घट्न भएको राती नेपाल प्रहरीको १००मा फोन गरेर जानकारी समेत गराएकी थिईन्।

उक्त घट्ना पछि महराले शभामुखबाट राजिनामा दिईसकेका छन्। शाहीले कुनै घट्ना नभएको भन्दै प्रहरीमा जाहेरी दिएकी छिन्। उनले कुरा किन फेरिन भनेर संचार माध्यमहरुमा विश्लेषण आउन थाले पछि राष्ट्रिय मानव अधिकार आयोगले अनुगमन टोली गठन गरेको छ।

आयोगले उक्त घटना अनुसन्धान सम्बन्धमा नेपाल प्रहरीले हालसम्म गरेको काम कारवाही तथा पीडित र सम्बन्धित पत्रकारको सुरक्षा सम्बन्धमा भएका व्यवस्था बारेमा पत्राचार गरि जानकारी मागेको छ।