कास्की क्षेत्र नम्बर २ मा साझा पार्टीको उम्मेदवार रजनी केसी

0
1281

कास्की। आगामी मंसिर १४ गते प्रतिनिधिसभा सदस्यका लागि कास्की क्षेत्र नम्बर २ मा हुने उपचुनावमा साझा पार्टीले रजनी केसीलाई उम्मेदवार बनाउने घोषणा गरेको छ ।
पोखरामा सम्पन्न पार्टीको केन्द्रीय समितिको बैठकले केसीलाई उम्मेदवार बनाउने निर्णय गरेको
प्रवक्ता डाक्टर सूर्यराज आचार्यले जानकारी दिए । लामो समय नेपाली कांग्रेसको राजनीतिमा क्रियाशील केसी २८ भदौमा साझा पार्टीमा प्रवेश गरेकी थिइन् ।गएको वैशाखमा पोखरा विश्वविद्यालयको उपप्रशासक पदबाट राजीनामा दिएर उनी साझा पार्टीमा संलग्न भएकी थिइन् । केसीले जनसङ्ख्या, लैङ्गिक अध्ययन तथा विकासमा स्नातकोत्तर गरेकी छन् । तत्कालीन पर्यटन मन्त्री रवीन्द्र अधिकारीको हेलिकप्टर दुर्घटनामा निधन भएसँगै कास्की क्षेत्र नम्बर दुईमा सांसद पद रिक्त रहेको छ । अधिकारीले तत्कालीन नेकपा एमाले र माओवादी केन्द्रबाट साझा उम्मेदवार बन्दै चुनाव जितेका थिए । ।