चर्चाको शिखरमा खेमराज पौडेल

0
980

कास्की– आगामी मंसिर १४ गते हुन लागेको कास्की २ को उप निर्बाचनलाई देशभरिबाट निकै चाखपूर्ण रुपमा हेरिएको छ । कास्की क्षेत्र नम्बर २ को उपनिर्वाचनमा प्रमुख प्रतिपक्षि दल नेपाली कांग्रेसले कास्कीका पुराना नेता खेमराज पौडेललाई टिकट दिने निर्णय गरे संगै यतिबेला पौडेल पनि चर्चाको शिखरमा छन्।

को हुन् त खेमराज पौडेल ?
प्रथम जननिर्वाचित प्रधानमन्त्री बी।पी। कोइराला प्रधानमन्त्री रहेकै समयमा २०१७ सालमा कास्की क्षेत्र नम्बर ९९ को अधिवेशनमा सहभागी भएर बी।पी। र सुवर्णशम्शेरको उपस्थितिमा लिलाभक्त आचार्यलाई सभापति बनाउँदादेखि नै कांग्रेसमा लागेका पौडेल उमेरले ७४ वर्षका भए तर, अहिलेसम्म पार्टीमा कुनै अवसर पाए न त निराश भएर कुना पसे।
योग्यता र क्षमताको हिसाबले उनीमा कुनै कमि थिएन होला तर, त्यसको उचित मूल्यांकन अहिलेसम्म हुन सकेको छैन भन्ने विषयमा कास्की कांग्रेसभित्र र बाहिर कसैको विमति नहोला।
प्रतिबन्धित कालमा पोखराको महेन्द्रपुल नजिकै पूर्वसभामुख तारानाथ रानाभाट प्रधानाध्यापक र आफू शिक्षक भएर युवा अवस्थामै प्रौढ माध्यमिक विद्यालय ९हालको नवप्रभात मावि० स्थापना गरी शिक्षण पेशामा लागेका पौडेलले लामो समयसम्म त्यहि पेशा अंगाले।
त्यसका बाबजूद उनी पार्टीको राजनीतिमा निरन्तर लागिरहे। कहिले कास्कीमा कांग्रेसका चर्चित नेता धीरबहादुर गुरुङलाई ९०२६ सालमा० सभापति बनाएर रानाभाटसँगै आफू पनि समितिको सदस्य भएर त कहिले रानाभाटलाई सभापति, आफू उपसभापति र शुक्रराज शर्मालाई सचिव बनाएर।
उनी सँगसँगै जस्तो राजनीतिमा सक्रिय रहेका रानाभाट पार्टीको केन्द्रीय सदस्य, प्रवक्ता, सांसद, मन्त्री, महामन्त्री र सभामुखसम्म बन्न सके। उनीसँग सँगै लागेका शुक्रराज शर्माले पनि चुनावमा पटक पटक टिकट पनि पाए, राष्ट्रिय सभा सदस्य पनि बने र केन्द्रीय सदस्य पनि भए।
त्यसबाहेक कांग्रेसको राजनीतिक यात्राका कठिन समयमा पार्टीमा कुनै रुचि नभएकादेखि कांग्रेसविरुद्ध आफ्नो पद र पैसाको खोलो बगाएकाहरुले पनि लोकतन्त्र आएपछि कांग्रेसमा अवसरको तर मार्ने सौभाग्य पाए। तर, पौडेलका लागि त्यो अवसर कहिल्यै जुटेको थिएन।
निष्ठाको राजनीतिमा गणेशमान सिंह र कृष्णप्रसाद भट्टराईका असली चेलाको रुपमा आफ्नो पहिचान कायम राख्न सफल पौडेल जीवनको उत्तारार्धमा पनि उत्तिकै सक्रिय छन्। आफूमा भएको राजनीतिक सोच र उर्जामा कुनै कमि देखाउन चाहँदैनन्।
युवा अवस्थामा मुलुकमा प्रजातन्त्रको स्थापना हुनुपर्छ, जनताले अधिकार पाएपछि मात्रै देश बन्छ भन्ने उत्कट चाहना बोकेर बी।पी।, सुवर्ण, गणेशमान र किसुनजीको संस्कार र निष्ठाको राजनीतिबाट शिक्षित र दिक्षित भएका पौडेल अहिले हरेक पार्टीमा त्यो संस्कार र निष्ठाको खडेरी परेकोमा चिन्तित छन्।
त्यसका बाबजूद पनि उनीमा आत्मविश्वास घटेको छैन। र भन्छन्, ‘जनताकै मन र मतको आधारमा चुनाव लड्ने हो र दिशाविहिन अवस्थामा रहेको सरकारको कारण लोकतन्त्रप्रति जनताको गिर्दो आशा र आकांक्षालाई पुनः आड र भरोसा दिने हो।’
कास्कीको एउटा निर्वाचन क्षेत्रमा हुन लागेको उपनिर्वाचनको परिणामले सरकार फेरबदल हुने अवस्था नभएको बताउँदै उनले भने, ‘यो चुनावी परिणामले सरकार परिवर्तन त हुँदैन तर, देश र जनताप्रति गैरजिम्मेवारीपूर्ण क्रियाकलाप गरिरहेको सरकारका लागि यो निर्वाचनको परिणामले सबक सिकाउन सक्दछ।’