कास्की -२ का जनतालाई पौडेलको प्रश्न ,कम्युनिष्टलाई जिताएर के पायौ ?

0
1296

पोखरा । नेपाली कांग्रेसकातर्फबाट उपनिर्वाचनका उमेदवार खेमराज पौडेलले कास्की -२ का जनताको घर-घरमा गएर कम्युनिष्टलाई जिताएर के पायौं ? भन्दै प्रश्न सोध्ने बताएका छन् । उनले कम्युनिष्टलाई जिताएर जनताले भ्रष्टाचार,मुल्यबृद्धि, असुरक्षा र हक अधिकारको हनन बाहेक केही नपाएको आरोप लगाए । दुई बर्ष सम्म बिचार गर्दा पनि जनभावना अनुरुप काम गर्ने दिशातर्फ कम्युनिष्ट सरकार अघि नबढेका कारणले जनता निराश बनेको उनले बताए ।बर्तमान सरकारको कार्यशैलीबाट नेपाली जनता दिक्क भएको भन्दै जनताले देशमा कांग्रेसको शासन खोजेको पौडेलको भनाई थियो ।
बिहीबार मुख्य निर्वाचनको कार्यालयमा मनोनयन दर्ता गराएपछि कांग्रेस क्षेत्र नं. २ ले आयोजना गरेको क्षेत्रीय सभामा बोल्दै पौडेलले मुलुकको अवस्था सुधार्नकै लागि भएपनि काँग्रेसको जित आवश्यक रहेको दाबी गरे । कांग्रेस सबल नहुँदा मुलुकको अवस्था पनि बिग्रदै गएको छ भन्दै पौडेलले प्रजातान्त्रिक मुल्य र मान्यताको रक्षाका लागि काँग्रेसलाई जिताउन पर्ने बताए ।