पोखरा- ३३ पुगेर देबराजले भने : निष्ठाको राजनिति गर्ने ब्यक्ति आर्दशले बुढो हुन्छ ,उमेरले होइन

0
1322

कास्की । नेपाली काँग्रेसका महासमिति सदस्य देबराज चालिसेले जनताको लागि सर्मपित मान्छे कहिल्यै बुढो नहुने बताएका छन । नेपाली काँग्रेस पोखरा- ३३ ले  भरतपोखरीमा  आयोजना गरेको  चुनाबी शभालाई सम्बोधन गर्दे चालिसेले भने,  नेपाली काँग्रेसले ६० बर्ष देखि निरन्तर नेपाली जनताको सेवामा सर्मपित मान्छेलाई उम्मेदबारको रुपमा पठाएको  छ ,जीताउने जिम्मा तपाईहरुको हो  । काँग्रेसका उम्मेदबार खेमराज पौडेललाई बुढो भनेर टिप्पणी गर्नेहरु प्रति लक्षित गर्दे चालिसेले भने ,देशका लागि निरन्तर निष्ठाको राजनिति गर्ने ब्यक्ति आर्दशले बुढो हुन्छ उमेरले होइन ।
पञ्चायत र सशस्त्र युद्धका क्रममा महत्वपूर्ण भूमिका खेलेका खेमराज गुरुलाई उम्मेदबारको रुपमा पाउनु पोखरेली जनताको लागि गौरबको कुरा भएको  चालिसेले बताए ।
पौडेलको उम्मेदवारीमा प्रश्न गर्ने ठाउँ नरहेकोले अब सबै एकजुट भएर चुनाव जिताउन लागिपर्ने पनि चालिसेले सम्पुर्ण मतदाताहरुलाई आग्रह गरे ।
७४ वर्षीय पौडेल हाल गणेशमान सिंह प्रतिष्ठान कास्कीको संयोजकको जिम्मेवारीमा छन् । यहि मंसिर १४ गते हुने कास्की  -२ को उपनिर्बाचनका लागि नेपाली काँग्रेसले खेमराज पौडेललाई उम्मेदबार बनाएको छ ।