दुःखी, गरीब जनताको घाँटी थिचेर देशमा सरकारको ब्रह्मलुटः कांग्रेस सहमहामन्त्री महत

0
578

पोखरा ।
नेपाली कांग्रेसका केन्द्रीय सहमहामन्त्री एवं पूर्व उर्जा तथा परराष्ट्रमन्त्री डा प्रकाशशरण महत्तले वर्तमान सरकारले गरीब जनताको घाँटी अँठ्याएर देशमा ब्रम्हलुट मच्चाएको आरोप लगाएका छन् ।
उपनिर्वाचन अन्तर्गत नेपाली कांग्रेस पोखरा २१ कृष्ति, भालेडाँडामा बुधवार आयोजित चुनावी सभालाई सम्वोधन गर्दै उनले सो कुरा वताएका हुन् ।
सर्वहारा जनताको नेतृत्व गर्छौ भन्ने नारा लगाउँदै सर्वहारा नागरिकमाथि थिचो मिचो गर्दै सरकार अगाडि वढेको उनले वताए । देशमा मंहगी, भ्रष्टाचार, अन्याय, अत्याचार दिन प्रतिदिन बढ्दै गएको वताउँदै उनले अव नेपालीले सोच्नु पर्ने वेला आएको वताए ।
कम्युनिष्टको नाउँमा लुटतन्त्र मच्चाउने र खोक्रा राष्ट्रियताका कुरा गरेर नथाक्ने दुई तिहाइको सरकार जनतावाट वहिस्कृत भैसकेको वताए । सरकारले राष्ट्रियताका सवालमा समेत भारत सामु झुकेको वताए । अहिले कांग्रेस सत्तामा नहु्ँदा गाउँका नागरिकले दुख पाएको वताउँदै अवको तीन वर्षपछि कांग्रेस सत्तामा पुग्ने वताए । यो उपनिर्वाचन वर्तमान सरकारलाई करेक्सन गर्ने एक माध्यममात्र भएकोले रुख चिन्हमा मतदान गरी खेमराज पौडेललाई जिताउन आग्रह गरे । सो अवसरमा स्थानीय वासिन्दाले पोखरा महानगरपालिका बाट भालेडाँडा नजिकै भएपनि राम्रो वाटोको पूर्वाधार नहुँदा समस्या भएको गुनासो गरे ।
स्थानीय चेतवहादुर मल्लको अध्यक्षतामा भएको कार्यक्रममा कांग्रेस महासमिति सदस्य देवराज चालिसे, २१ का कमाण्डर गुरु वराल, विजयराज आचार्य, र नवराज सुवेदी लगायतले वोलेका थिए ।