प्रचण्ड जीले गिरीजाबाबु जस्तै निष्ठावान नेता खेमराजलाई जिताउन आग्रह गरेका हुन : रिजाल

0
991

नेपाली काँग्रेसका नेता मिनेन्द्र रिजालले वुधावार पोखरामा नेकपाले आयोजना गरेको चुनाबी सभामा नेकपाका अध्यक्ष प्रचण्डले खेमराज पौडेलको उम्मेरमाथि गरेको टिप्पणीले प्रचण्डलाई खेमराजको नाम लिदाँ गिरीजा बाबुको स्मरण भएको बताएका छन् । बुधबार नेपाल प्रेस युनियन कास्कीले आयोजना गरेको पत्रकार भेटघाटमा बोल्दै नेता रिजालले भने , मैले प्रचण्ड जीले टिप्पणी गरेको सुने, भिडियो क्लीप हेरे, उहाँले यति भन्दै गर्दा ८४ वर्षको गिरीजाप्रपाद कोईरालालाई त्यो बेलाको संगतको प्रचण्डले स्मरण गर्नुभएको हो । प्रचण्डलाई शान्ति प्रक्रियामा ८४ वर्षका गिरीजा बाबुले ल्याउनु भयो नेता रिजालले भने त्यसकारण प्रचण्ड जीले बारम्बार गिरीजाप्रसादको नाम लिनुहुन्छ । पाको उमेरको उम्मेदवार खेमराजको नाम लिदाँ प्रचण्ड जी लाई पक्कै गिरीजा बाबुको याद आयो किनभने यहाँसम्म उहाँ गिरीजाबाबुको कारणले नै आउनु भएको हो ।
निष्ठाको रुपमा खेमराज पौडेलको नाम लिनुको अर्थ हो वृद्ध नेता भनेता पनि पौडेलको पक्षमा मत जावस् नै भनेर प्रचण्डले भनेको जस्तो लागेको छ । रीजालले भने स्“भोलिका दिनमा कांग्रेस संविधान रक्षाका लागि, लोकतन्त्रको रक्षाका लागि एउटा भरोसाको रुपमा रहन सक्छ, संविधान जोगिन्छ र कांग्रेसको पक्षमा मत दिनोस् भन्नु भएको मेरो ठम्याई रहेको छ । नेकपाको चुनाबी सभामा खेमराज पौडेललाई भोट दिनुहोस भनेर सिधै भन्न मिलेन,त्यसैले प्रचण्ड जीले घुमाउरो पारामा गिरीजाबाबु जस्तै त्यागी र निष्ठावान नेता खेमराज पौडेललाई जिताउन कस्केलीलाई आग्रह गरेको नेता रिजालको बुझाई छ ।