नेपाली महिला भलिवल टोली सागको फाईनलमा प्रवेश

0
545

काठमाडौं। नेपाली महिला भलिबल टोली श्रीलंकालाई सोझो सेटमा हराउँदै फाईनल प्रवेश गरेको छ। पहिलो पटक नेपाली महिला भलिवल टोली सागको फाईनलमा प्रवेश गरेको हो। यो संगै नेपाली टोलीले पदक पक्का गरेको छ।

खेलको पहिलो सेट २५-१४ले जितेको नेपालले दोस्रो सेट २५-१८ र तेस्रो सेट २५-२१ले जितेको थियो। पहिलो र दोस्रो सेटमा सहज जित निकालो नेपालले तेस्रो सेटमा अलि मेहनत गर्नु परेको थियो। तेस्रो सेट निकै प्रतिस्पर्धात्मक भएको थियो।

१३औं दक्षीण एसियाली खेलकुद (साग)को उद्घाटन भोली (आईतवार) हुँदैछ।