हेटौँडा । नेपाल बीउ व्यवसायी सङ्घका केन्द्रीय सचिव विश्वराज बानियाँले कृषकमैत्री नीति निर्माणमा जोड दिनु भएको छ ।
आयातित गुणस्तरहीन बीउका कारण कृषकसँगै बीउ व्यवसायीसमेत मारमा परेको भन्दै उहाँले नेपालमा मागको आधारमा बीउ उत्पादन नभएकोले आयात गर्नुपर्ने बाध्यता रहेको उहाँले बताउनुभयो ।
नेपाल बीउ व्यवसायी संघ मकवानपुर जिल्ला समन्वय समितिको शनिबार हेटौँडामा भएको तेश्रो जिल्ला अधिवेशन तथा छैठौँ साधारणसभाको उद्घाटन गर्दै उहाँले गुणस्तरीय बीउ उत्पादन र बीउमा आत्मनिर्भर बन्न सरकारको नीति ठीक हुनुपर्ने बताउनुभयो ।
बीउका लागि वर्सेनी अर्बौ रुपियाँ बाहिरिने गरेको भन्दै नेपालमा नार्कले मागका आधारमा नयाँ जातका बीउको विकास गर्न नसकेको बताउनुभयो ।
बीउ व्यवसायी संघका मकवानपुर अध्यक्ष हरिशरण अर्यालको अध्यक्षतामा भएको कार्यक्रममा नेपाल पत्रकार महासंघ मकवानपुरका पूर्व अध्यक्ष राममणि दाहाल र भानुभक्त आचार्य, बीउ व्यवसायी संघका मकवानपुर उपाध्यक्ष माधव सुवेदी, नेपाल विषादी व्यवसायी सङ्घ मकवानपुरका अध्यक्ष विजय कनौडिया, बीउ व्यवसायी बच्चुराम ढुङ्गानालगायतले मिति सकिएको, नउम्रने, बाला नलाग्ने, मकैमा घोगा नलाग्नेलगायतका समस्या आयातित बीउमा रहेको भन्दै नियमनलाई प्रभावकारी बनाउनु पर्नेमा जोड दिनु भएको थियो ।
साधारणसभाले सचिव रमेश अर्यालको वार्षिक प्रतिवेदन र कोषाध्यक्ष सुभाष मल्लको आर्थिक प्रतिवेदन अनुमोदन गरेको थियो ।
अधिवेशनले माधव सुवेदीको अध्यक्षतामा नौ सदस्य नयाँ कार्यसमिति निर्विरोध चयन गरेको छ । समिति उपाध्यक्ष सुभाष मल्ल, सचिव रमेश अर्याल, कोषाध्यक्ष मदन न्यौपाने तथा सदस्यहरुमा कृष्णकाजी प्रधान, फेन्चु लामा, अनिता अधिकारी, बच्चुराम ढुङ्गाना र कृष्णप्रसाद खतिवडा रहनुभएको छ ।
यसैबीच नेपाल पशुपन्छी व्यवसायी संघ मकवानपुरको दोश्रो जिल्ला अधिवशेनले हरिशरण अर्यालको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ । समितिको उपाध्यक्षमा बासुराम भण्डारी, सचिव शम्भुप्रसाद गुप्ता, कोषाध्यक्ष प्रकाश अधिकारी र सहसचिवमा सुभाष मल्ल रहनु भएको छ ।
यस्तै कार्यसमिति सदस्यहरुमा डा. प्रदीप लामा, केशवप्रसाद दुलाल, शुकुन्तला शाह, विष्णुप्रसाद लामिछाने र कृष्णकाजी प्रधान निर्विरोध निर्वाचित हुनु भएको छ ।
संघका अध्यक्ष रमेश अर्यालको अध्यक्षता तथा केन्द्रीय अध्यक्ष चित्रबहादुर गुरुङको प्रमुख आतिथ्यतामा अधिवेशन भएको हो । कार्यक्रममा केन्द्रीय सल्लाहकार पूर्णचन्द्र सापकोटा, प्रदेश ३ का अध्यक्ष विश्वराज बानियाँ, संघका चितवनका निवर्तमान अध्यक्ष दिनेश कट्टेल, उपाध्यक्ष भुपेन्द्र कर्माचार्य, प्रकाश अधिकारीलगायतले बोल्नुभएको थियो ।
Home ब्रेकिङ्ग न्युज बीउ व्यवसायी संघमा सुवेदी, पशुपन्छी औषधी व्यवसायीमा अर्याल ,कृषक मैत्री नीति बनाउन...
Sign in
Welcome! Log into your account
Forgot your password? Get help
Password recovery
Recover your password
A password will be e-mailed to you.