पोखरा । सानीमा लाईफ इन्स्योरेन्स पोखरा शाखाले कम्पनीको दोस्रो बार्षिकोत्सब बिभिन्न कार्यक्रम गरी मनाएको छ । कार्यक्रममा बोल्दै सानीमा लाईफ इन्स्योरेन्स पोखरा शाखाका प्रमुख किरण राज लामिछानेले सम्पुर्ण अभिकर्ताहरुको मेहनत र योगदानको कारण पोखरा शाखाले छोटो समयमा नै उल्लेखनीय प्रगती गरेको बताउनु भयो ।सिनियर एजेन्सी म्यानेजर राजु क्षेत्रीले उत्कृष्ट शाखा बनाउन सबैको साथ र सहयोग आबश्यक रहने भन्दै अभिकर्ताहरुको महत्वपुर्ण भुमिका रहने बताउनु भयो । सिनियर एजेन्सी म्यानेजर श्याम गुरुडले सानीमा लाईफ इन्स्योरेन्सको सेवा प्रबाहमा आफु सधै प्रतिबद्ध रहेको बताउनु भयो । कस्टमर एक्जुकेटिभ सर्भिसका मुना श्रेष्ठले कम्पनीको सफलताका लागी सबै मिलेर सहकार्य गर्नु पर्ने बताउनु भयो ।कार्यक्रममा सानीमा लाईफको सफलताको लागी उल्लेखनीय योगदान गर्न सक्ने क्षमतावान ब्यक्तिहरु बिजय गुरुड,थमनसिड गुरुड,मनोज गुरुड,हरि बहादुर केसी,देबी बराल,लिला गीरी,,अनिता बराल,सन्तोष गौतमको सहभागीता रहेको थियो । बार्षिकोत्सवका अबसरमा कम्पनीले पोखरा शाखाको ब्यापारमा महत्वपुर्ण योगदान दिनुभएका अभिकर्ताहरुलाई मायाको चिनोद्धारा सम्मान गरिएको शाखा प्रमुख किरण राज लामिछानेले पोखरा पोष्टलाई जानकारी दिनुभयो ।
Home अर्थ/बाणिज्य सानीमा लाईफ इन्स्योरेन्स पोखरा शाखाको दोस्रो बार्षिकोत्सब बिबिध कार्यक्रमका साथ सम्पन्न
Sign in
Welcome! Log into your account
Forgot your password? Get help
Password recovery
Recover your password
A password will be e-mailed to you.