पोखरा । राष्ट्रिय निजी तथा आवासीय विद्यालय एसोसिएसन नेपाल, कास्कीले आयोजना गरेको तेस्रो बृहत् शैक्षिक प्रदर्शनी तथा १३ औं लोकनृत्य प्रतियोगिता शुक्रबार समापन भएको छ ।
तेस्रो वृहत् शैक्षिक प्रदर्शनी तर्फ ओभरलमा गोर्खा इंङ्लिस वोर्डिड्ड स्कूल प्रथम, त्रिवेणी पब्लिक सेकेण्डरी स्कूल द्धितीय र अक्सफोर्ड स्कूल तृतीय भएका छन् ।
त्यसैगरी १३ औं लोकनृत्य प्रतियोगिता तर्फ राइजिङ स्टार एकेडेमी प्रथम, कास्की मोडनाइज्ड एकेडेमी द्धितीय, युनिभर्स इंङ्लिस वोर्डिड्ड स्कूल तृतीय र अल्फा एकेडेमी सान्त्वना भएका छन् ।
शैक्षिक प्रदर्शनीको विषयगत विधा तर्फ पूर्व प्राथामिक तहमा त्रिवेणी पब्लिक सेकेण्डरी स्कूल प्रथम, हेम्जा वोर्डिड्ड स्कूल द्धितीय, गोर्खा इंङ्लिस वोर्डिड्ड स्कूल तृतीय र अञ्जुली वोर्डिड्ड स्कूल सान्त्वना भए ।
गणित तर्फ अक्सफोर्ड स्कूल प्रथम, त्रिवेणी पब्लिक सेकेण्डरी स्कूल द्धितीय, एलपी देवकोटा मेमोरियल स्कूल तृतीय र कास्की मोडनाइज्ड एकेडेमी सान्त्वना भए ।
विज्ञान तथा प्रविधि तर्फ गोर्खा इंङ्लिस वोर्डिड्ड स्कूल प्रथम, अञ्जुली वोर्डिड्ड स्कूल द्धितीय, कास्की मोडनाइज्ड एकेडेमी तृतीय र सिद्धार्थ लवडेल बोर्डिड्ड स्कूल सान्त्वना भए ।
सामाजिक अध्यन तर्फ गोर्खा इंङ्लिस वोर्डिड्ड स्कूल प्रथम, मर्निड्डग्लोरी एकेडेमी द्धितीय, अक्सफोर्ड स्कूल तृतीय र कास्की मोडनाइज्ड एकेडेमी सान्त्वना भए ।
भाषा अंग्रेजी तर्फ ज्ञानज्योति विद्याकुञ्ज मावि प्रथम, त्रिवेणी पब्लिक सेकेण्डरी स्कूल द्धितीय, डायमण्ड मोडेल स्कूल तृतीय र हेम्जा वोर्डिड्ड स्कूल सान्त्वना भए । प्रतियोगितामा विजयी विद्यालयले ट्रफी र प्रमाण पत्र प्राप्त गरे ।
समापन कार्यक्रममा बोल्दै पोखरा महानगर पालिाकाका मेयर मानबहादुर जिसीले निजि विद्यालयको लगानी ग्यारेन्टी गर्न महनगर तयार रहेको बताए छन् ।
‘केन्द्र प्रदेश सरकारले के गर्छ त्यो महिले बोल्ने विषय होइन, महानगर पनि एउटा सरकार हो’ उनले भने,‘
महानगर तपाईहरुले शैक्षिक क्षेत्रमा गरेको लगानी ग्यारेन्टी गर्न तयार छ ।’
उनले भर्खर नयाँ शिक्षा ऐन आएकोले महानगर र निजि विद्यालय वसरे एने कानुन वनाउन महानगर तयार रहेको स्पष्ट पारे ।
‘नयाँ शिक्षा ऐनमा निजि विद्यालयको विषयमा मौन वसेको छ’ मेयर जिसीले भने,‘महानगर र निजि विद्यालय वसेर यहाँको शिक्षा कस्तो वनाउँने हो त्यहि अनुरुप ऐन कानुन वनाउन जरुरी छ ।’
उनले सरकारले निशुल्क पढाउँन खोज्दै गर्दा वोर्डिड्डमा आफ्ना वच्चा पढाएर फि महड्डो भयो भन्ने कसैलाई पनि नैतिक आधार नभएको उल्लेख गरे । प्रदर्शनीले वच्चाहरुको अन्तरनिहि प्रतिभा प्रस्फुटन गर्न टेवा पु¥याएको उनको भनाई थियो ।
एन प्याव्सानका केन्द्रीय वरिष्ठ उपाध्यक्ष ज्ञानेन्द्रमोहन भट्टराईले एन प्याव्सान कास्की देशभरका शाखामा उत्कृष्ट कार्य गर्ने शाखाको रुपमा रहेको बताए । प्याव्सन कास्कीका अध्यक्ष प्रेमप्रसाद शर्मा सुवेदीले प्रदर्शनी सवै विद्यार्थीलाई सिकाई बनेको बताए ।
शैक्षिक प्रदर्शनीमा पूर्व प्राथमिक तह, गणित, विज्ञान तथा प्रविधी, सामाजिक अध्ययन, भाषा अङ्ग्रेजी र नेपालीका विषयगत विधाहरू रहेका थिए । लोक नृत्य प्रतियोगितामा ३९ विद्यालयल र शैक्षिक प्रदर्शनीमा ३१ विद्यालयका विद्यार्थीले सहभागिता जनाएका थिए ।
‘एनप्याब्सान कास्कीको ध्येय, विद्यार्थीको मौलिक सिर्जनालाई श्रेय’ भन्ने मूल नाराका आयोजना गरिएको प्रदर्शनी चार दिन सम्म प्रदर्शनीकेन्द्र नयाँवजारमा चलेको थियो ।
प्रत्यक्ष साक्षात्कार गराई बालबालिकामा अन्तर्निहित सिर्जनशीलता जागृत गराउदै भविष्यमा राष्ट्रका लागि आवश्यक जनशक्ति उत्पादनतर्फ अग्रसर गराउन एन प्याव्सान कास्कीले एक वर्ष खेलकुद महोत्सव र एक वर्ष शैक्षिक प्रदर्शनी तथा लोक नृत्य प्रतियोगिता गर्दै आएको छ ।
एन प्याव्सान कास्कीका अध्यक्ष हेमन्त अधिकारीको अध्यक्षतामा भएको कार्यक्रममा सचिव मनकाजी गुरुङ र सहसचिव प्रेमराज अधिकारीले संयुक्त रुपमा कार्यक्रम सञ्चालन गरेका थिए ।
Home ब्रेकिङ्ग न्युज वृहत् शैक्षिक प्रदर्शनी सकियो ,निजी विद्यालयको लगानीको ग्यारेन्टी महानगरले गर्छः मेयर जिसी
Sign in
Welcome! Log into your account
Forgot your password? Get help
Password recovery
Recover your password
A password will be e-mailed to you.