शान्ति माबि पोखरा -१६ अर्मला को ४५औ वार्षिकोत्सव सम्पन्न

0
842

शान्ति माबि पोखरा १६ जुम्लेती अर्मला को ४५औ वार्षिकोत्सवअभिभाबक दिवस एबम पुरस्कार वितरण कार्यक्रम मंगलबार सम्पन्न भएको छ ।

कार्यक्रम मा बोल्दै प्रमुख अतिथि गण्डकी प्रदेश सभा सदस्य प्रभा कोइराला ले शैक्षिक सुधार को निम्ति प्राध्यापक एबम अभिभाबक दुवै चनाखो हुनु पर्ने बताइन साथै उनले सामुदायिक बिद्यालय हरु बीच गुरुयोजना बनाएर स्वच्छ प्रतिस्पर्धा हुनु पर्ने बताइन ।

यस्तै बिशिस्ट अतिथि पोखरा महानगरपालिका वडा नम्बर १६ का अध्यक्ष जिबन प्रसाद आचार्य ले पोखरा १६ स्थित सामुदायिक बिद्यालय हरु को भौतिक संरचना एबम पठन पठन उत्कृष्ट भएको भन्दै यहाँ को खेलकुद को बिकाश को निम्ति स्थानिय सरकार संग सहकार्य गरि सहयोग गर्ने बताए ।

त्यसै गरि वडा नम्बर १९ का अध्यक्ष शोभामोहन पौडेल ले कास्की मा नीजि तर्फ ७० र सामुदायिक तर्फ ३० प्रतिशत बिद्यालय हरु ले राष्ट्रिय पुरस्कार हाशिल गरेको भन्दै गुणस्तरीय, प्राबिधिक एबम ब्यबहारिक शिक्षा मा बढी जोड दिनु पर्ने बताए । पोखरा महानगरपालिका शिक्षा महाशाखा अधिकृत जिबन रेग्मी ले शुभकामना मन्तब्य राखेका थिए ।

कार्यक्रम मा बिद्यालय का प्राचार्य गणेशबहादुर खड्का ले बिद्यालय को गतिबिधि सम्बन्ध मा प्राचार्य को प्रतिबेदन प्रस्तुत गरेका थिए ।समारोह मा बिद्यार्थी हरु द्वारा सांगीतिक प्रस्तुति हरु समेत प्रस्तुत गरिएको थियो ।
बिद्यालय व्यवस्थापन समिति का अध्यक्ष निर्मल आचार्य को अध्यक्षता मा सम्पन्न कार्यक्रम को संचालन शिक्षिका चन्द्रा भट्टराई ले गरेकी थिइन् ।