नुवाकोट । छ वर्षीय बालिकालाई जबर्जस्ती करणी गरेको कसुरमा थुनामा रहेका विदुर नपाका ४० वर्षीय चन्द्रबहादुर सुनारलाई जिल्ला अदालतले १७ वर्ष कैद सजाय सुनाएको छ । जिल्ला अदालतका स्रेस्तेदार बञ्जाराका अनुसार जबर्जस्ती करणी कसुरमा १२ वर्ष र बालिका पनि भएकाले थप पाँच वर्षसहित १७ वर्ष कैद सजाय र पीडित बालिकालाई रु ४० हजार क्षतिपूर्ति भराउने फैसला समेत गरिएको छ ।
विसं २०७३ पुस २० गते सुनारले जबर्जस्ती करणी गरेको मुद्दामा दोषी ठहर गर्दै उक्त फैसला गरिएको हो ।
जिल्ला न्यायाधीश उमेशप्रसाद लुइँटेलको इजलासले आरोपित सुनारलाई दोषी ठहर गर्दै कैद सजायको फैसला गरेको जिल्ला अदालतका स्रेस्तेदार शिवप्रसाद बञ्जाराले जानकारी दिए ।
प्रहरीले आरोपितलाई २०७३ साल पुस पुस २१ गते गिरफ्तार गरी जबर्जस्ती करणीमा मुद्दा दर्ता गरी अनुसन्धान थालेको थियो ।
Sign in
Welcome! Log into your account
Forgot your password? Get help
Password recovery
Recover your password
A password will be e-mailed to you.
