सरिता तिम्सिना पगेनी
पोखरा ।रुपा – पोखरा सम्पर्क समाजले एक कार्यक्रमको आयोजना गरि एम्बुलेन्स सेवाको उद्घाटन गरेको छ ।
एम्बुलेन्ससेवाको उद्घाटन गर्दे वरिष्ठ स्त्री रोग बिशेषज्ञ डा. प्रेमराज पगेनीले मानिसको जीवन बचाउन एम्बुलेन्स सेवाले महत्वपुर्ण भुमिका खेल्ने बताउनु भयो । बिरामीका लागि एक मिनेट समयले पनि ठुलो महत्व राख्ने भन्दै डा.पगेनीले स्त्री तथा प्रसुतीका बिरामीका लागि एम्बुलेन्स सेवा वरदान नै सावित भएको धारणा ब्यक्त गर्नुभयो । रुपा- पोखरा सम्पर्क समाजले मानविय सेवाका लागि महत्वपुर्ण काम गरेको उहाँको भनाई थियो ।कालिका क्याम्पस प्राध्यापक संघका सभापति सुर्दशन पौडेलले सामाजिक संस्थाको पहलमा एम्बुलेनस संचालन गरिनु राम्रो कार्य भएको भन्दै प्रभाबकारी सेवाको लागि समाजले ध्यान दिनु पर्नेमा जोड दिनु भयो । नवदिशा ज्योतीष परामर्श केन्द्रका ज्योतीष अर्जुन कुमार लामिछानेले सबैभन्दा ठुलो सेवा मानब सेवा भएको उल्लेख गर्दे एम्बुलेन्स संचालनका लागि आबश्यक सहकार्य गर्ने बताउनु भयो ।

Sign in
Welcome! Log into your account
Forgot your password? Get help
Password recovery
Recover your password
A password will be e-mailed to you.
