काठमाडौं ।द्वन्द्वकालीन मुद्दामा मुछिएका अग्नि सापकोटालाई सभामुख उम्मेदवार बनाएपछि राष्ट्रपति विद्यादेवी भण्डारीका विज्ञ सल्लाहकार सुशील प्याकुरेलले पदबाट राजीनामा दिएका छन्।
शुक्रबार एक विज्ञप्ति जारी गर्दै प्याकुरेलले पदबाट राजीनामा दिएका हुन् ।“ सामाजिक न्याय र लोकतन्त्रका लागि सर्मपित ब्यक्तिका हैसियतमा म आफ्नो मुल कर्तव्य प्रति सधै निष्ठावान रहँदै आएको छु, उनले बिज्ञप्तिमा भनेका छन् “सुदृढ लोकतन्त्रका लागि कानुनका सामु सबैको समान ह्रैसियत कायम गराउने गणतन्त्र नेपालका आम नेपालीको आकाँक्षाहरुको पक्षमा योगदान गर्न मैले राजीनामा गरेको हुँ। ”
मानवअधिकारका क्षेत्रमा बिगत ४ दशक देखि क्रियाशील प्याकुरेल ९ चैत २०७४ मा राष्ट्रपतिका राजनीतिक सल्लाहाकारका रुपमा नियुक्त भएका थिए।