खेलकुद पत्रकार मञ्च गण्डकीले खेल पत्रकारिता तालिम गर्ने
पोखरा । नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीले तीन दिने खेल पत्रकारिता तालिमको आयोजना गर्ने भएको छ । गण्डकी प्रदेशका खेल पत्रकारलाई लक्षित गरेर यहीं जेठ १७ गतेदेखि तालिम आयोजना गरिने मञ्चका महासचिव राजाराम पौडेलले जानकारी दिए । अध्यक्ष दीननाथ बरालको अध्यक्षतामा हालै पोखरामा बसेको मञ्चको बैठकले जेठ १७ गतेदेखि जेठ १९ गतेसम्म तालिम सञ्चालन […]
पोखरा स्पोर्ट्स अवार्डको लागि मनोनयन सार्वजनिक
पोखरा ।नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीले पोखरामा आयोजना गर्न लागेको सातौं संस्करणको ‘पोखरा स्पोर्ट्स अवार्ड २०७९’ को मनोनयन सार्वजनिक गरिएको छ । बुधबार क्लासिक चुलो पोखरामा पत्रकार सम्मेलनको आयोजना गरेर मञ्चले चार विधामा मनोनयनमा पर्न सफल भएका तीन–तीन जना खेलाडी र प्रशिक्षकको नाम सार्वजनिक गरेको हो । वर्ष २०७९ मा उनीहरुले प्राप्त गरेका उपलब्धिको […]
वडाध्यक्ष बरालजोडी वडाध्यक्ष कप व्याडमिण्टनको फाइनलमा
पोखरा । रुद्रनाथ बराल र अशोक श्रेष्ठको जोडी पोखरा महानगरपालिका वडा नम्बर ८ स्तरिय व्याडमिण्टन प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । वडा नम्बर ८ को आयोजना तथा युनिक व्याडमिण्टन क्लवको संयोजनमा सिर्जनाचोकस्थित बराल सामुदायिक भवनको हलमा मंगलबारदेखि शुरु प्रतियोगितामा भेट्रान्सतर्फको डबल्समा वडाध्यक्ष समेत रहेका बरालको जोडीले फाइनलमा स्थान बनाएको हो । बराल जोडीले […]
राष्ट्रिय क्रिकेट टोलीका सदस्य करन केसीलाई मञ्चले सम्मान गर्ने
पोखरा । नेपाली अग्रज खेलाडीहरुको छाता संस्था नेपाल भूतपूर्व खेलाडी मञ्चले राष्ट्रिय क्रिकेट टोलीका सदस्य करन केसीलाई सम्मान गर्ने भएको छ । मञ्चको आइतबार बसेको सचिवालय बैठकले करनलाई नगदसहित सम्मान गर्ने भएको हो । सो बारे जानकारी दिंदै मञ्चका महासचिव कृष्ण तिमिल्सिनाले नेपालमा हालै सम्पन्न लिग टु क्रिकेट प्रतियोगितामा बिजयी बनाउन महत्वपूर्ण भूमिका खेल्ने नेपाली […]
रेवान कप टेनिस उपाधीका लागि राजन र नविन भिड्ने
कास्की । राजन पौडेल र नविन श्रेष्ठ पोखरा रंगशालामा जारी तेश्रो रेवान कप टेनिस प्रतियोगिताको मेन्स सिंगल्स उपाधीका लागि भिड्ने भएका छन् । कास्की जिल्ला टेनिस संघको आयोजना तथा रेवान पोखराको मुख्य प्रायोजनमा जारी प्रतियोगिता अन्तर्गत शनिबार भएको सेमिफाइनलमा राजनले लक्ष्मण तामाङलाई ६–३, ६–२ ले पराजित गर्दै फाइनलमा स्थान बनाएका हुन् । […]
कास्कीको रुपा गाउँपालिकाले स्थापना दिवसको अवसरमा विभिन्न कार्यक्रम गर्ने
पोखरा । कास्कीको रुपा गाउँपालिकाले आफ्नो स्थापना दिवसका अवसरमा विभिन्न कार्यक्रम गर्ने भएको छ । गाउँपालिकाले यहि फागुन २३ गते देखि अध्यक्ष कप खुल्ला पुरुष भलिबल प्रतियोगिता, रुपा गाउँपालिका स्तरिय झाँकी प्रदर्शन प्रतियोगिता, माला प्रतियोगिता गर्न लागेको शुक्रबार आयोजित पत्रकार सम्मेलनमा गाउँ पालिकाका अध्यक्ष नवराज ओझाले जानकारी दिनुभयो । युवाहरुलाई खेलकुदको माध्यमद्वारा शारिरिक, मानसिक […]
राष्ट्रपति रनिङ सिल्ड तथा तेस्रो मेयर कप सुरू
पोखरा । पोखरा महानगरपालिका खेलकुद विकास समितिको आयोजनामा राष्ट्रपति रनिङ सिल्ड तथा तेस्रो मेयर कप विद्यालय खेलकुद प्रतियोगिता–२०७९ सुरू भएको छ । पोखरा रंगशालामा आइतबार प्रतियोगिताको महानगरपालिका प्रमुख धनराज आचार्यले उद्घाटन गरे । मंगलबारसम्म चल्ने प्रतियोगिताको उद्घाटन समारोहमा बोल्दै प्रमुख आचार्यले खेलकुद मानव जीवनका लागि निकै आवश्यक भएको बताए । उनले प्रतियोगितामार्फत छनोट हुनेले जिल्ला […]
१७ औं पोखरा अन्तर्राष्ट्रिय म्याराथनको तयारी पुरा
पोखरा । नेपाल भुतपूर्व खेलाडी मञ्चको आयोजनामा फागुन ६ गते शनिबार हुने १७ औं सफल पोखरा अन्तर्राष्ट्रिय म्याराथनको तयारी पूरा भएको छ । नेपाली अग्रज खेलाडीहरुको संस्था नेपाल भुतपूर्व खेलाडी मञ्चको आयोजनामा शनिबार हुने सो प्रतियोगिताको तयारी पूरा भएको मञ्चले आज (बिहीबार) पोखरामा पत्रकार सम्मेलन गरि जनाएको हो । आगमी शनिबार पोखरा रंगशालामा बिहान ६ […]
महाशिवरात्रिको अवसरमा फागुन ९ देखि पोखराको नदीपुरमा भलिवल प्रतियोगिता हुने
पोखरा । फागुन ९ देखि पोखराको नदीपुरमा तीन वटा विधामा भलिवल प्रतियोगिता हुने भएको छ । स्थानिय पुन एकता क्लबको आयोजनामा आठौं संस्करणको नदिपुर भलिवल प्रतियोगिता अन्र्तगत पुरुष, महिला र ४० बर्ष माथि पौढ गरी तीन बिधामा उक्त प्रतियोगिता फागुन १३ गतेसम्म नदीपुरमा आयोजना हुने भएको आइतबार पोखरामा आयोजित पत्रकार सम्मेलनमा जानकारी गराइएको हो । […]
आहा ! रारा पाेखरा गाेल्डकप: लाेकल खेलाडी चम्कदा संकटा च्याम्पियन
सुरज श्रेष्ठ पोखरा । आज पोखरा रंगशालामा सम्पन्न २२ औं आहा रारा पोखरा गोल्डकपको फाइनल खेल संकटाले बाजी मारेको छ । संकटाले अमेरिकाको भूटनिज यूथ स्पोर्टस क्लब (बिवाइएससी) लाई ३-२ गोल अन्तरले जित्दै दोस्रो पटक च्याम्पियन बनेको हो । यस अघि २०७७ सालमा आहा रारा गोल्डकपको च्याम्पियन भएको थियो । समयमा दुबै टिमले समान […]