माछापुच्छ्रे गाउँपालिका अध्यक्ष कप पौष २६ गते देखि २८ गते सम्म

२८ मंसिर २०८०, बिहीबार

हेमजा । दोस्रो माछापुच्छ्रे गाउँपालिका अध्यक्ष कप २०८० पौष २६ गते देखि २८ गते सम्म आयोजना हुने भएको छ । “स्वास्थ्यको लागि खेलकुद,राष्ट्रको लागि खेलकुद” भन्ने मुल नाराका साथ माछापुच्छ्रे गाउँपालिका खेलकुद विकास समितिको आयोजना साथै ३ न. वडा कार्यालय घाचोकका समन्वय र भलिबल सघ माछापुच्छ्रेकोे व्यवस्थापनमा माछापुच्छ्रे–३, घाचोक मेधराज मा.विको प्राङ्गणमा प्रतियोगिता आयोजना हुने भएको हो । युवाहरुलाई खेलप्रति आकर्षित गर्ने र खेलकुदको माध्यमबाट गाउँपालिकालाई चिनाउने उदेश्यले प्रतियोगिता आयोजना गर्न लागिएको विहिवार आयोजित पत्रकार सम्मेलनमा गाउँपालिका उपाध्यक्ष सीता अधिकारीले जानकारी दिइन् ।

खेलकुदलाई प्राथमिकतामा राखेर गाउँपालिकाले ९ लाख विनियोजन गरेको र गण्डकी प्रदेश अन्तर पालिका स्तरीय पुरुष भलिबल प्रतियोगितामा गण्डकी प्रदेशका ११ वटा जिल्लाका ८५ वटै पालिकाबाट खेलाडीहरुको सहभागिता रहने गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत गोपिककृष्ण अर्यालले बताए ।

गाउँपालिका सामाजिक विकास समिति संयोजक हरि ब.क्षेत्रीले खेल अवधिका लागि आयोजकले सहभागी खेलाडीहरुको विमा गर्ने उल्लेख गरे । प्रथम हुने टिमले नगद ३ लाख र दोस्रो हुने टिमले नगद रु २ लाख साथमा ट्रफी,मेडल र प्रमाणपत्र प्राप्त गर्ने माछापुच्छ्रे भलिबल सघंका अध्यक्ष राम पुनले जानकारी दिए । त्यस्तै सेमिफाइनलमा उपविजेता (२ टिम ) लाई रु ५०÷५० हजारका साथ ट्रफी, मेडल र प्रमाणपत्र पप्त गर्ने छन् ।

विधागत तर्फ उल्कृष्ट स्पाइकर,मिडल ब्लकर,डिफेन्डर, सेटर,सर्भर खेलाडीलाई नगद रु ७÷७ हजार प्रदान गरिने छ । प्रतियोगिता सञ्चालनका लागि १२ लाख ८३ हजार लाग्ने आयोजकको अनुमान छ । टिम दर्ता शुल्क नगद रु ५ हजार रुपैया रहेको छ । पौष २३ गते दिनको ठिक ४ बजे भित्र टिम दर्ता गरिसक्नु पर्ने साथै पौष २५ गते खेल तालिका सार्वजनिक गरिने आयोजकले बताएको छ ।

Leave a Reply