पोखरा सडक महोत्सवको पूर्वाद्धमा ‘स्वास्थ्य र पर्यटनका लागि हाइकिङ’
पोखरा । रेवान पोखराले आउन लागेको पोखरा सडक महोत्सवको पूर्वाद्धमा पोखरादेखि धम्पुससम्मको एक दिवसिय हाइकिङ कार्यक्रम सम्पन्न गरेको छ । कार्यक्रममा पोखरामा क्रियाशिल झण्डै दुई दर्जन पत्रकार सहित आयोजक रेवान पोखराको टोली सहभागि थिए । टोलीले पोखराको लेकसाइडबाट काँडेसम्म बस यात्रा तथा काँडेबाट अष्ट्रेलियन बवेस क्याम्पहुँदै धम्पुससम्म ३ घण्टाको पैदल यात्रा गरे । अंग्रेजी नयाँ वर्ष […]
एघारौ पोखरा महोत्सवबाट सेती नदी एक साहसिक पर्यटकीय गन्तब्य निर्माणमा पहलकदमी थाल्ने
पोखरा । शिक्षा, स्वास्थ्य, खेलकुद र पर्यटन प्रवद्र्धनका लागि खुल्ला चिडियाखाना निर्माणमा पहलकदमी संगै सेती नदी संरक्षणमा काम गर्दै आइरहेको युनाईटेड क्लवले एघारौं पोखरा महोत्सवबाट सेती नदी एक पर्यटकीय गन्तब्य निर्माणमा पहलकदमी थाल्ने भएको छ । महोत्सवकै आयोजना गरी प्रति टिकटबाट एक रुपैया छुट्याउदै आएको युनाईटेड क्लवले अगामी पुष २७ देखी माघ ९ गते सम्म […]
फेवाताल सरसफाइ महाअभियानमा २ सय बढी ट्रक फोहोर सङ्कलन
पोखरा ।पोखरा महानगरपालिकाको नेतृत्वमा शुभारम्भ गरिएको फेवाताल सरसफाइ महाअभियानमा हजारौँ स्वयंसेवी अभियान्ताहरुले सक्रियता पूर्वक सहभागिता जनाएका छन् । विभिन्न ३३ स्थानबाट शुभारम्भ गरिएको यस महाअभियानमा पोखरा महानगरपालिकाका ३३ वटै वडाका जनप्रतिनिधि सहित ५ हजार बढी अभियान्ताहरुले सक्रिय सहभागिता जनाएका हुन् । यो फेवाताल सरसफाइका क्रममा भएको नागरिक सहभागिता मध्ये अहिले सम्म कै सबैभन्दा धेरै हो […]
पोखरामा धार्मिक पर्यटनको विकास गर्न सकिन्छ : मन्त्री श्रेष्ठ
पोखरा ।कृष्णजन्माष्टमीको अवसरमा पोखरा – ८ रत्नचोकस्थित श्री कृष्ण प्रणामी मन्दिरमा शुक्रबार श्रीकृष्ण जन्माष्टमी प्राकट्य महोत्सव गरिएको छ । महोत्सवको उद्घाटन गर्दै प्रमुख अतिथि शिक्षा, संस्कृति, विज्ञान प्रविधि तथा सामाजिक विकास मन्त्री मेखलाल श्रेष्ठले समाज परिवर्तनको अभियान हरेकले आफैबाट र आफ्नै घर भित्रबाट शुरु गर्नुपर्ने बताउनुभयो । उहाँले सामाजिक विकृति विसंगति अन्त्यका लागि सबै एकजुट […]
रेवान पोखराको अध्यक्षमा नरेश भट्टराई
पोखरा । रेवान पोखराको अध्यक्षमा नरेश भट्टराई निर्विरोध निर्वाचित हुनुभएको छ । पोखरामा आज सम्पन्न २८ औं वार्षिक साधारण सभा तथा १५ औ अधिवेसनले समितिको निवर्तमान अध्यक्षमा लक्ष्मण बराल, प्रथम उपाध्यक्षमा विश्वराज पौडेल, द्वितीय उपाध्यक्षमा वसन्त गौतम, महासचिवमा विकास भट्टराई, कोषध्यक्षमा रोशन जङ कार्की, सचिवमा भीस्मराज पौडेल, सह कोषध्यक्षमा बैभव पौडेललाई चयन गरेको छ […]
पोखराको अमरसिहं चोकमा माछापुच्छ्रे मिनि मार्ट संचालनमा
पोखरा । पोखराको अमरसिहं चोकमा माछापुच्छ्रे मिनि मार्ट संचालनमा आएको छ । पोखरामा रहेर विगत दुई दशक देखि सुन व्यवसायमा आवद्ध तीन दाजुभाई दुर्गा सुनार , गणेश सुनार र शिव सुनारको सयुक्त लगानीम उक्त मार्ट संचालनमा आएको हो । मार्टको उद्घाटन गर्दै पोखरा महानगर पालिका वडा नं. १२ का वडा अध्यक्षले सन्तोष बास्तोलाले प्रतिकुल समयमा […]
पर्यटकीय बसपार्क उपत्यका नगरविकास समितिलाई हस्तान्तरण
पोखरा।पोखरामा निर्माण भएको पर्यटकीय बसपार्क पर्यटन विभागले पोखरा उपत्यका नगरविकास समितिलाई हस्तान्तरण गरेको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा एक कार्यक्रमको आयोना गरि विभागले बुधबार उपत्यका नगरविकास समितिलाई बसपार्क हस्तान्तरण गरेको हो । बसपार्कको स्वामित्व हस्तान्तरण गर्दै संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री जीवनराम श्रेष्ठले पर्यटकीय सहर पोखरामा पर्यटकीय बसपार्क निर्माणले पर्यटकीय क्षेत्रमा […]
साहित्य, संगीत, कला र संस्कृति क्षेत्रका पाँच जनालाई गण्डकी प्रज्ञा सम्मान
राजाराम पौडेल पोखरा । गण्डकी प्रज्ञा सम्मानबाट साहित्य, संगीत, कला र संस्कृति क्षेत्रका पाँच जना व्यक्ति सम्मानित हुनुभएको छ । गण्डकी प्रज्ञा प्रतिष्ठानको प्रथम वार्षिक उत्सवको अवसरमा आयोजित गण्डकी प्रज्ञा उत्सवको अन्तिम दिन शनिबार उहाँहरुलाई सम्मान समर्पण गरिएको हो । जस अनुसार गण्डकी प्रज्ञा संगीत सम्मानबाट गोरखाका आलोक श्री, गण्डकी प्रज्ञा कला सम्मानबाट […]
टेसा पोखराको २४ औं वार्षिक साधारणसभा सम्पन्न
पोखरा । ट्रेकिङ इक्युपमेन्ट्स सप एशोसिएसन(टेसा) पोखराको २४ औं वार्षिक साधारणसभा पोखरा महानगरपालिका वडा नं २५ हेमजा सुइखेतस्थित रिभर भ्याली रिसोर्टमा आज सम्पन्न भएको छ । साधारणसभामा टेसा आवद्ध पर्यटन व्यवसायी, विभिन्न पर्यटन सम्बद्ध संघसंस्थाका अध्यक्ष एवम् पदाधिकारीको सहभागिता थियो । कार्यक्रममा पोखरा पर्यटन परिषद्का अध्यक्ष गोपिबहादुर भट्टराईले कोरोना प्रभावित पर्यटन क्षेत्रको पुर्नरुत्थानका लागि तीनवटै […]
फेवाताल अतिक्रमणका विषयमा फागुन २ गते बृहत बहस हुने
पोखरा । फेवाताल अतिक्रमणका विषयमा यहि फागुन २ गते बृहत बहसमूलक कार्यक्रम हुने भएको छ । पटक पटक भएको ताल अतिक्रमणलाई स्थायी समाधान खोज्नुपर्ने भन्दै सरोकारवालाहरुसँग पर्यटन बोर्डको कार्यालयमा वृहत बहस कार्यक्रम हुने भएको हो । ‘फेवातालमाथि गन्थन’ नामक उक्त कार्यक्रममा गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेल, उर्जा जलश्रोत तथा खानेपानी मन्त्री हरिशरण आचार्य, […]