सिकाई केन्द्रकारुपमा स्थापित हुँदै वालिङको सरसफाई केन्द्र
तोलाकान्त बगाले वालिङ । स्याङ्जाको वालिङ नगरपालिकाले सञ्चालनमा ल्याएको सरसफाई केन्द्र अहिले सिकाई केन्द्रकोरुपमा स्थापित हुँदै गएको छ । स्मार्ट सिटीको अवधारणा अनुरुप अगाडि बढ्दै गरेको वालिङ नगरपालिकाले फोहोर मैलाको उचित ब्यवस्थापन गरेर आम्दानीको स्रोतमा रुपान्तरण गरेसँगै देशका विभिन्न पालिकाहरु, फोहोर मैलाका क्षेत्रमा कार्य गर्ने विभिन्न संघ संस्थाहरुको अध्ययन गर्ने थलोकोरुपमा विकसित हुँदै गएको हो […]
पोखरा उपत्यकामा जलपंक्षी गणना शुरु
पोखरा । पोखरा उपत्यकामा आजदेखि जलपंक्षी गणना शुरु भएको छ । सन् १९८७ देखि वर्षेनि नियमित रूपमा गरिँदै आएको जलपंछी गणना कार्यक्रम आजदेखि पोखरा उपत्यकामा रहेका तालहरुबाट शुरु गरिएको हो । । सन् २००४ बाट पोखरा उपत्यकामा नियमित आधिकारिक गणना र अभिलेख राखिएको छ । यो गणना भोलीसम्म जारी रहनेछ । प्रत्येक वर्ष अङ्ग्रेजी महिना […]
लेखनाथ महोत्सवको १७ औं संस्करण आगामी माघ १३ गतेबाट २४ गतेसम्म हुने
कास्की। लेखनाथ उद्योग वाणिज्य संघको आयोजनामा बिगत १८ वर्षदेखि कास्कीको लेखनाथमा हुँदै आएको लेखनाथ महोत्सवको १७ औं संस्करण आगामी माघ १३ गतेबाट २४ गतेसम्म हुने भएको छ । ‘महोत्सव लेखनाथको संस्कृति, स्थानीय उत्पादन, विकास र संबृद्धि’ भन्ने नाराका साथ आयोजना हुने महोत्सव गत वर्ष कोरोना महामारीका कारण स्थगीत भएको थियो । समग्र गण्डकी प्रदेशको […]
रोटरी क्लव पोखरा लेकसाइडको होमस्टे (घरबास) कार्यक्रम सम्पन्न
पोखरा । रोटरी क्लव अफ पोखरा लेकसाइडको आयोजनामा होमस्टे (घरबास) कार्यक्रम २०७८ सम्पन्न गरेको छ । ग्रामीण पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले क्लवले तनहुको ब्यास नगरपालिका वडा नम्बर १४ मा रहेको केशवटार होमस्टेमा घरबास कार्यक्रम सम्पन्न गरेको हो । ग्रामीण भेगमा स्थापित होमस्टेहरुको प्रवद्र्धनका लागी क्लवले प्रत्येक वर्ष होमस्टे (घरबास) कार्यक्रमको आयोजना गर्ने गरेको र जस […]
पर्यटकीय गन्तव्य आलमदेवि
अमृत पाण्डेय । नेपाल पर्यटकीय गन्तव्यका लागी उपयुक्त मुलुक मानिन्छ विश्वका धेरै देशवाट नेपाल मा विदेशीहरु घुम्न र केही कुरा सिक्नका लागी आउने गर्दछन् । नेपाल मा भएका पर्यटकीय गन्तव्य हरु मध्ये सम्भावना वोकेको ठाउं आलमदेवी मन्दिर क्षेत्र पनी एक हो । महत्वपुर्ण ठांउ भएर पनी राज्यवाट पछाडी परेको यस क्षेत्र पर्यटनका लगी निकै […]
पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल अनुगमनमा मुख्यमन्त्री पोखरेल
पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलसहित प्रदेशका मन्त्रीहरुले बुधबार पोखरामा निर्माणाधीन पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल अवलोकन गरेका छन् । निर्माणको अवस्था, विमानस्थल सञ्चालन गर्न लाग्ने समय, स्थानीय सरोकारवालाले उठाएका समस्या आदिका बारेमा बुझ्न मुख्यमन्त्री सहितको टोली विमानस्थल पुगेको हो । उक्त अवसरमा मुख्यमन्त्री पोखरेलले प्रदेश र मुलुककै गौरवको आयोजना समयमै निर्धारित समयमै सम्पन्न […]
सराङ्गकोटको पर्यटन विकासमा निजी क्षेत्रको भूमिका अब्बल : मन्त्री थापा
पोखरा ।गण्डकी प्रदेश सरकारका कानुन, सञ्चार तथा प्रदेश सभा मामिला मन्त्री विन्दुकुमार थापाले सराङ्गकोटको पर्यटन विकासमा निजी क्षेत्रको भूमिका अब्बल रहेको बताउनुभएको छ । आइतबार सराङ्गकोट धार्मिक एंव पर्यटन विकास समितिले बनाउँदै गरेको भ्यूटावर र शिवमन्दिरको अवलोकन गर्दै मन्त्री थापाले सो क्षेत्रमा पर्यटकको आकर्षण बढाउनका लागि निजी क्षेत्रबाट ठूलो लगानी भइरहेको उल्लेख गर्नुभयो । […]
पर्यटन र कृषि प्रदेश समृद्धिका आधार : मुख्यमन्त्री पोखरेल
पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले गण्डकीमा धार्मिक पर्यटनको सम्भावना अत्यधिक भएको भन्दै यसको प्रवद्र्धनका लागि सरकार क्रियाशील हुने बताएका छन् । पुम्दीकोट विकास समितिले पोखरा २२ मा बनाउँदै गरेको विशाल महादेव मुर्ति अवलोकनपछि सोमबार उनले पर्यटन र कृषि नै प्रदेश समृद्धिको आधार भएकाले त्यसै अनुसारको योजना बनाएर अगाडि बढ्ने भनाइ राखे । […]
पर्यटन व्यवसायी र मजदुरलाई खोप, एक करोडको राहत प्याकेज विनियोजन गर्ने मन्त्री शर्माको निर्णय
पोखरा । गण्डकी प्रदेशका पर्यटन, उद्योग, वाणिज्य तथा आपÒर्ति मन्त्री मणिभद्र शर्माले आइतबार पदभार ग्रहण गर्नुभएको छ । पदभार ग्रहणका लागि मन्त्रालय पुग्नु भएका मन्त्री शर्मालाई मन्त्रायलका सचिव डा महेश्वर ढकाल, महाशाखा प्रमख उमा गौतम कोइराला ,इमनाथ कँडेल, गोकुल शर्मा पौडेल लगायत कर्मचारीहरुले स्वागत गर्नुभएको थियो । पदभार ग्रहणसँगै उहाँले दुइ वटा महत्वपूर्ण निर्णयहरु […]
महिला पर्यटन व्यवसाय लक्षित कार्यक्रम ल्याउन गण्डकी सरकारसंग टेवानको माग
पोखरा । पोखरा पर्यटन व्यवसायी महिला संघ नेपाल (टेवान)ले कोरोना प्रभावित पर्यटन व्यवसायको पुनरुत्थानका सम्बन्धमा छ बुँदे माग सहित गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलको ध्यानाकर्षण गराएको छ । टेवानका तर्फबाट मुख्यमन्त्री पोखरेललाई आज ध्यानाकर्षण पत्र बुझाउँदै अध्यक्ष रेनु थापाले पर्यटकीय गन्तव्य पोखरा र यसलाई केन्द्रविन्दु मानी समग्र गण्डकी प्रदेशमा पर्यटन क्षेत्रमा गरिएको […]