पोखरामा फेवा नव बर्ष महोत्सव सुरु

२९ चैत्र २०८०, बिहीबार

पोखरा । होटल संघ पोखरा नेपालको आयोजनामा तीन दिने १९ औं फेवा नव बर्ष महोत्सव विहीबार सुरु भएको छ । पंचै बाजा र विभिन्न जातजातिका झाँकीसहित फेवा तालको किनारमा महोत्सवको उद्घाटन गरिएको हो । पर्यटन, संस्कृति र खानालाई विशेष जोड दिएर आयोजना गरिएको महोत्सवको पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले लेकसाइड स्थित अम्मटमा आयोजित विशेष समारोहकाविच […]

बलियो संघीयता र विकासका लागि सरकारका तीनै तहबीच समन्वय आवश्यकः प्रदेश प्रमुख भट्ट

२८ चैत्र २०८०, बुधबार

  पोखरा । गण्डकी प्रदेशका प्रदेश प्रमुख डिल्ली राज भट्टले तीनै तहका सरकारबीच समन्वय र सहकार्य आवश्यक रहेको बताएका छन् । स्थानीय, प्रदेश र केन्द्र सरकारबीच हुने सहकार्य सहअस्तित्व र साझेदारीले सङ्घीयता कार्यान्वयनमा महत्वपूर्ण योगदान गर्ने प्रदेश प्रमुख भट्टको विश्वास छ । जिल्ला समन्वय समिति, कास्कीको सातौं जिल्ला सभाका प्रमुख अतिथि भट्टले मुलुक गणतन्त्र र […]

पोखरा घुम्न आउने पाहुनालाई लक्षित गरी बन्यो नानी अपार्टमेण्ट

२१ चैत्र २०८०, बुधबार

पोखरा  ।  पोखरामा केही समयको लागि घुम्न आउने तथा आफन्तको शुभकार्यमा पाहुनाललाई लक्षित गरेर पोखरा १६ सेदीमार्गमा नानी अपार्टमेण्ट निर्माण भएको छ । नानी अपार्टमेण्ट प्रा.लि.ले उक्त अपार्टमेण्ट बनाएको हो । ‘हप्ता १० दिन वा त्यो भन्दा बढी समय पोखरा घुम्न आउने पाहुनाका लागि लक्षित गरेर यो अपार्टमेण्ट बनाईएको हो ।’ नानी अपार्टमेण्ट प्रा.लि.की सञ्चालक […]

चैत २५ गतेदेखि बैशाख ५  सम्म १२ औं संस्करणको राष्ट्रिय हेमजा आलु महोत्सव हुने

१७ चैत्र २०८०, शनिबार

    पोखरा।यहि चैत २५ गतेदेखि बैशाख ५ गतेसम्म हुने १२ औं संस्करणको राष्ट्रिय हेमजा आलु महोत्सवको तयारी अन्तिम चरणमा पुगेको छ । आयोजक विष्णुपादुका क्लवले शनिवार आज पत्रकार सम्मेलन आयोजना गरी महोत्सवको तयारी अन्तिम चरणमा पुगेको जनाएको हो । क्लव अध्यक्ष समेत रहेका मूल आयोजक समितिका अध्यक्ष सुविन श्रेष्ठले महोत्सव किसानको चाड भएको उल्लेख […]

पोखरा पर्यटन राजधानी घोषणा

४ चैत्र २०८०, आईतवार

पोखरा नेपालको पर्यटन राजधानी घोषणा भएको छ ।  प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बाराहीघाटमा आयोजित विशेष समारोहका बिच पोखरालाई नेपालको पर्यटन राजधानी घोषणा गर्नुभएको हो । घोषणाको पूर्व सन्ध्यामा सांस्कृतिक झाँकी सहितको र्‍याली गरिएको थियो । उक्त र्‍यालीमा सयौँ सांस्कृतिक समूहहरूले सहभागिता जनाएका छन् । र्‍यालीमा सहभागी थामलाम्जा तोँहोदी मादी प्रथम हुँदै नगद रु.२५ हजार पुरस्कार […]

रुपाताल किनारमा सिष्ठेनी मेला

३ चैत्र २०८०, शनिबार

कविराज खनाल लेखनाथ । कास्कीको तेस्रो ठुलो रुपाताल किनारमा २०८१ सालको वैशाख २ गतेदेखि ५ गतेसम्म सिष्ठेनी मेला लाग्ने भएको छ । करिब ६ सय वर्ष अघिदेखी सुरु भएको सिष्ठेनी मेलालाई समयानुकुल परिस्कृत गर्दै स्थानिय रुपा युवा क्लब र अन्य सामाजिक संघ सस्थाको सहकार्यमा पोखरा ३२ को रुपाताल छेउमा छैटौं रुपा सिष्ठेनी मेला गर्न लागिएको […]

रमदान ब्रतमा रुपाका   विपन्न वर्गका  परिवारलाई खाद्यान्न वितरण

२६ फाल्गुन २०८०, शनिबार

पोखरा । मुस्लिम समुदायको महान संस्कृति एक महिने रमदान(ब्रत) मा सहयोग पुु¥याउने लक्ष्यका साथ समाजसेवी जमिर हुुसेन र सफर नेपाल ट्राभल्स एण्ड टुर प्रा.लि.का तर्फबाट खाद्यान्न सहयोग गरिएको छ । रुपा गाउँपालिका वडा नं ६ रुपाकोट मुस्लिम समाजमा बसोबास गर्ने विपन्न वर्गका ४० घर परिवारलाई खाद्यान्न वितरण गरिएको हो । सामाजिक उत्तरदायित्व बहन गर्दै मुस्लिम […]

नेपाल एयरलाइन्सको जहाजले सातामा एक दिन सुनथराली विमानस्थलमा उडान भर्ने

१४ फाल्गुन २०८०, सोमबार

उपप्रधानमन्त्री तथा रक्षामन्त्री पूर्णबहादुर खड्काले निर्वाचनका बेला कर्णालीमा भएका चुनावीसभाहरूमा व्यक्त गरेका प्रतिवद्धताहरू पूरा हुँदै गएको बताउनु भएको छ । उहाँले निर्वाचनका बेला प्रधानमन्त्री पुष्पकमल दाहाल र आफूले कालिकोटमा सम्बोधन गर्ने क्रममा बोलेको कुरामध्ये एउटा काम पुरा भएको बताउनुभयो । सोमबार कालिकोटको सुनथराली विमानस्थल उद्घाटन कार्यक्रममा खड्काले प्रतिबद्धता अनुसार नेपाल एयरलाइन्सको जहाजले सातामा एक दिन […]

गण्डकीका पर्यटकीय स्थलको ब्रान्डिङ ,बजारीकरण तथा सञ्चार रणनीति  निर्माण तथा कार्यान्वयनका विषयमा  पालिकास्तरीय छलफल  

१३ माघ २०८०, शनिबार

    पोखरा  ।  नेपाल पर्यटन बोर्ड र संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रमको सहलगानीमा संचालित जीविकोपार्जन पूनरुत्थानका लागि दिगो पर्यटन परियोजना (एसटीएलआरपी) एवं संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको आयोजना तथा उद्योग, पर्यटन तथा वातावरण मन्त्रालय- गण्डकी प्रदेशको समन्वयमा गण्डकी प्रदेशको राजधानी पोखरामा “स्थानीय सरकारको पर्यटन प्रवद्र्धन रणनीति र कार्ययोजना तर्जुमा कार्यशाला ” शुरु भएको छ […]

भोली देखि पर्यटकीय गाउँ सिक्लेसमा हुने सिनेमा संवाद कार्यक्रमको  तयारी पूरा

५ माघ २०८०, शुक्रबार

पोखरा  ।  चलचित्र पत्रकार संघ कास्कीले सिक्लेसमा ‘सिनेमा संवाद’ कार्यक्रमको आयोजना गर्ने भएको छ । माघ ६, ७ र ८ गते पर्यटकीय गाउँ सिक्लेसमा हुने कार्यक्रमको तयारी पूरा भएको चलचित्र पत्रकार संघ कास्कीका अध्यक्ष प्रभु अधिकारीले जानकारी दिए । उनले पर्यटकीय गाउँ सिक्लेसको प्रचारप्रसार र चलचित्र क्षेत्रको गतिविधि बढाउने उद्देश्यले कार्यक्रमको आयोजना गरिएको जनाए । […]