धार्मिक स्थलहरु मंसिर १ देखि खुल्ने

२३ कार्तिक २०७७, आईतवार

पोखरा  । सरकारले  सम्पूर्ण धार्मिक गतिविधि मंसिर १ देखि खुला गर्ने भएको छ । ११ चैतदेखि कोरोना संक्रमणका कारण बन्द गरिएको धार्मिक गतिविधिलाई ८ महिनापछि खुला गर्न लागेको हो ।   देशैभरको धार्मिक गतिविधि एकैपटक खुलाउने गरी प्रक्रिया अगाडि बढाइएको संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका प्रवक्ता कमलप्रसाद भट्टराईले बताए ।   पर्यटन मन्त्रालयले मन्त्रिपरिषद्मा पर्यटन र […]

पोखराबाट प्याराग्लाइडिङ व्यवसाय बिस्थापित भए पर्यटन क्षेत्रमा असर पर्छ सांसद बराल

२२ कार्तिक २०७७, शनिबार

पोखरा । गण्डकी प्रदेशका सांसद रामजी प्रसाद बराल (जीवन) ले पोखराबाट सहासिक खेल प्याराग्लाईडिङ विस्थापित भए पोखरा क्षेत्रको पर्यटन व्यवसायमा ठुलो असर पर्ने बताएका छन्। सांसद बरालले प्याराग्लाईडिङ पोखरा क्षेत्रको ब्राण्ड नै भएको र पर्यटकहरुको पहिलो रोजाईको सहासिक खेल प्याराग्लाईडिङ भएकोले यसलाई बचाई राख्न नसके यसबाट पोखरा र पोखरा आसपासको पर्यटन क्षेत्रमा ठुलो असर पर्ने […]

कवि शिरोमणी लेखनाथ पौड्यालको गाउँमा “थुम्को रिसोर्ट” खुल्दै

९ आश्विन २०७७, शुक्रबार

लेखनाथ  – कवि शिरोमणी लेखनाथ पौड्यालको गाउँमा “थुम्को रिसोर्ट” खुल्दैछ । ७६ सालको दशैं तिहारलाई बिट मारेर मंसिरको धान थन्क्याउने बेला देखि पुसको जाडो सम्म धमाधम बाटो खन्ने र सम्म्याउने काम भयो। रुख झाडी हरुलाई हटाउदै सम्म्याउदै रिसोर्टको लागि उपयुक्त जग्गा तयार भयो पोखरा महानगर पालिका-२७ अर्घौं अर्चलेमा। ‘थुम्को रिसोर्ट’ स्थानीय नामलाई प्राथमिकता दिंदै सो […]

पाेखराकाे सराङकोटमा रू २ करोडको लागतमा भ्यू–टावर निर्माण शुरु

२८ जेष्ठ २०७७, बुधबार

पाेखरा। पर्यटकीय स्थलको रूपमा परिचित सराङकोटमा आधुनिक भ्यू–टावर निर्माण शुरु गरिएकोछ । सराङकोट धार्मिक पर्यटक क्षेत्र विकास समितिको वृहत्तर गुरु योजना अन्तर्गत प्रदेशसरकारको सहयोगमा निर्माण गरिन लागिएको हो ।सो को औपचारिक शुभारम्भ गर्दा गण्डकी प्रदेश वन उद्योग तथा पर्यटन मन्त्री विकासलम्सालले प्रदेशभित्र रहेको पर्यटकीय गन्तव्य स्थललाई थप व्यवस्थित गराउने योजना अनुसारसराङकोटमा भ्यू–टावर निर्माण गरिन लागिएको […]

फेवाताल र हिमाल हेर्दै केबलकारमा सरर सराङकोट

२६ बैशाख २०७७, शुक्रबार

  –कृष्ण दवाडी कास्की । पोखरामा पाइला टेकेपछि आन्तरिक तथा बाह्य पर्यटकको  पहिलो गन्तव्य बन्ने गरेको छ फेवाताल ।  तालको दृश्यावलोकन गर्दै डुङ्गा सयर गरेर आनन्द लिएपछि अधिकांशको गन्तव्य सराङकोटतर्फ मोडिन्छ । आँखै अगाडि टाँसिन आइपुग्ने सुन्दर हिमशृङ्खला, सूर्योदय र सूर्यास्त, पोखरा शहरसहित तालतलैयाको एकैपटकमा नजर डुलाउनका लागि पर्यटक सराङकोट डाँडामा उक्लने गर्छन् । अब […]

भ्रमण वर्ष २०२० स्थगित

१९ फाल्गुन २०७६, सोमबार

काठमाडौं ।  सरकारले भ्रमण वर्ष २०२० लाई स्थगित गरेको छ । छिमेकी राष्ट्र चीनबाट सुरुभइ विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरसको प्रकोपलाई ध्यानमा राख्दै सरकारले भ्रमण वर्ष स्थगित गरेको हो । आइतबार बसेको मन्त्री परिषद् बैठकले भ्रमण वर्ष २०२० लाई स्थगित गर्ने निर्णय गर्दै २०२२ लाई भ्रमण वर्ष घोषणा गर्ने प्रस्ताव गरिएको एक मन्त्रीले जानकारी दिए […]

रु ७ करोडको लागतमा पोखरामा खस आर्य संग्राहलय बन्दै

१ फाल्गुन २०७६, बिहीबार

पोखरा ।  खस आर्य संग्राहलयको निमार्ण कार्यको शुरुवात भएको छ । क्षत्री समाज नेपाल केन्द्रीय कार्यलयको परिसरमा निर्माण शुरु गर्न लगिएको संग्राहलय शिलन्यास गण्डकी प्रदेश आर्थिक मामिला मन्त्री किरण गुरुङ्गले गरेका छन् । सो अवसरमा मन्त्री गुरुङ्गले नेपालको भौगोलिक अवस्था अनुसार जातजातीको धर्म, संस्कृति परम्परालाई आम नेपालीले सम्मान गनुपर्ने र यसमा कुनै राजनितिक रुपमा नलिई संघीयतालाई […]

१४ औं सफल पोखरा अन्तराष्ट्रिय म्याराथनलाई पोखराका १७ वडाले सघाउँदै

२२ माघ २०७६, बुधबार

आरजू विष्ट सल्यानी पोखरा । भूतपूर्व खेलाडी मञ्च नेपालले फागुन ३ गते पोखरामा आयोजना गर्न लागेको १४ औं संस्करणको सफल पोखरा अन्तराष्ट्रिय म्याराथन प्रतियोगिताका लागि म्याथनको रुटमा परेका १७ वडाका वडावासिले विशेष सघाउने भएका छन् । वुधवार मञ्चले म्याराथनलाई सफल बनाउनपोखरा ११ फूलवारीमा जनप्रतिनिधि र स्थानियसंग, पोखरा १५ रामवजारका जनप्रतिनिधि र स्थानिय तथा पोखराका युवासंग […]

पोखरामा माघ १ गते गोरखनाथ साधना शिविर हुने

२७ पुष २०७६, आईतवार

पोखरा ।यही माघ १ गते पोखराको विन्ध्यवासिनी मन्दिरमा वृहत गोरखनाथ प्रत्यक्षीकरण साधना शिविर हुने भएको छ । शिविरको लागि सवै तयारी पुरा भएको शिविर मुल आयोजक समितिका सदस्य सचिव सुदिपमोहन भटट्राईले जानकारी दिनुभयो । सद्गुरुदेव राहुलेश्वरानन्दको समुउपस्थितीमा पोखराका विभिन्न साधकहरुलाई दिउँसो २ वजेदेखि ६ वजेसम्म दिक्षा दिने तथा गोरखनाथ प्रत्यक्षीकरण साधना दिने कार्यक्रम रहेको उहाँले […]

रुपा -६ भिरचोकमा पुस २८ देखि माघ १ सम्म रुपा मेला हुने

२५ पुष २०७६, शुक्रबार

सरिता तिम्सिना पगेनी पोखरा ।कास्कीको रुपा गाउँपालिका स्थित रुपा-६ भिरचोकमा रुपा मेला २०७६ हुने भएको छ । ध्रुबतारा क्लब भिरचोकको आयोजना एबं रुपा गाउँपालिकाको संयोजनमा मेला हुन लागेको हो । ध्रुबतारा क्लबको २०औ वार्षिक उत्सवको अवसरमा हुन लागेको मेला यस बर्ष पौष २८ देखि माघ १ गते सम्म सन्चालन हुँदैछ। रुपा गाउँपालिकाको बृहत पर्यटन बिकासका […]