घोडाघोडी महोत्सव सोमबार देखी कैलालिको सुखडमा सुरु

१४ माघ २०७५, सोमबार

कला, संस्कृति, कृषि, पर्यटन र व्यापार, समृद्द घोडाघोडी विकासको आधार भन्ने मुल नाराका साथ घोडाघोडी उद्योग वाणिज्य संघको आयोजनामा  घोडाघोडी महोत्सव सोमबार देखी कैलालिको सुखडमा सुरु भएको छ । माघ २३ गते सम्म चल्ने महोत्सवको उद्घाटन सुदुरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले गर्नु भएको हो । घोडाघोडी उद्योग वाणिज्य संघका अध्यक्ष जियालाल आचार्यको सभापतित्वमा भएको महोत्सवको […]

नेपाललाई ऐतिहासिक एक दिवसीय सिरिज

१४ माघ २०७५, सोमबार

    –कुमार चौलागाईं नेपालले पहिलो पटक एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेट सिरिज जित्दै इतिहास कायम गर्न सफल भएको छ । घरेलु टोली संयुक्त अरब इमिरेट्स (युएई) विरुद्धको तीन खेलको एकदिवसीय क्रिकेट सिरिज जित्दै नेपालले ऐतिहासिक सफलता प्राप्त गरेको हो । दुबईस्थित आइसिसी क्रिकेट एकेडेमीमा आज भएको तेस्रो तथा अन्तिम एकदिवसीयमा युएईलाई चार विकेटले हराउँदै नेपालले पहिलो […]

दीपक मनाङेले सपथ लिए,मंगलबारको संसद बैठकमा सहभागी हुने

१४ माघ २०७५, सोमबार

        पोखरा, मनाङ (ख) बाट बिजयी राजीव गुरुङ उर्फ दीपक मनाङेले सपथ लिएका छन् । कर्तब्य ज्यान मुद्धामा जेलमा रहेका उनलाई अघिल्लो महिना थुनामुक्त गरिएको थियो । थुनामुक्त हुने वित्तिकै सपथका लागि प्रदेशसभामा निवेदन दिएका उनलाई निर्वाचित भएको १४ महिनापछि सपथ गराईएको हो । सोमबार गण्डकी प्रदेशसभा भवनमा उनले सभामुख नेत्रनाथ अधिकारी […]

देशभरका चिकित्सक तथा स्वास्थ्यकर्मी रिले अनसन बस्दै, स्वास्थ्य सेवा प्रभावित हुनसक्ने

१४ माघ २०७५, सोमबार

सरकारले डा गोविन्द केसीको जीवनरक्षाका लागि कुनै पनि पहल नचालेको भन्दै देशभरका चिकित्सक तथा स्वास्थ्यकर्मी आज रिले अनसन बस्दैछन्। नेपाल चिकित्सक संघकाे आह्वानमा सोमबार बिहान १० देखि साँझ ५ बजेसम्म रिले अनसन बस्न लागिएकाे हाे। सरकारलाई दिएको ७२ घन्टाको समयसीमा सकिएपछि संघले आइतबार रिले अनसन सुरु गर्ने निर्णय गरेको हो। संघको आह्वानमा आइतबार त्रिवि शिक्षण अस्पतालमा भेला […]

निर्मला हत्या प्रकरण : मानव अधिकार आयोगले दियो सरकारलाई २४ बुँदे निर्देशन, ४ बुँदे सिफारिस

१४ माघ २०७५, सोमबार

कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्तको बलात्कारपछि हत्या प्रकरण घटना सम्बन्धमा अनुसन्धान गरेको राष्ट्रिय मानव अधिकार आयोगको टोलीले आज सरकारलाई प्रतिवेदन बुझाएको छ। गत कात्तिक २७ गते आयोगले घटनाको अनुसन्धान गर्न विज्ञसहितको एउटा टोली गठन गरेको थियो। पूर्वमहान्यायधीवक्ता नरेन्द्र पाठकको संयोजकत्वोमा गठन भएको टोलीमा पूर्व एआइजी विज्ञानराज शर्मा, फरेन्सिक विज्ञ डा हरिहर वस्ती, डिएनए विशेषज्ञ […]

कांग्रेस सांसद्को अवरोधपछि राष्ट्रियसभा बैठक १५ मिनेटका लागि स्थगित

१४ माघ २०७५, सोमबार

 कांग्रेस सांसद्को अवरोधका कारण राष्ट्रियसभाको बैठक १५ मिनेटका लागि स्थगित भएको छ। गत शुक्रबार संघीय संसदकाे प्रतिनिधिसभाबाट पारित ‘राष्ट्रिय चिकित्सा शिक्षा विधेयक, २०७५’ राष्ट्रियसभामा आज पेस हुने कार्यसूची छ। बैठक सुरु हुनासाथ कांग्रेस सांसदले उठेर विरोध जनाएपछि राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले १५ मिनेटका लागि बैठक स्थगित गरेका हुन्। विधेयक राष्ट्रियसभाबाट पनि पारित भएमा र साेपश्चात् राष्ट्रपतिले […]

नेविसङ्घ नेता कार्यकर्ता घाइते

१४ माघ २०७५, सोमबार

  संसद्ले चिकित्सा शिक्षा विधेयक जबर्जस्तीरूपमा पारित गरेको भन्दै त्यसको विरोधमा आज भएको प्रदर्शनमा महामन्त्री कपिलेश्वर यादवसहितका नेता कार्यकर्ता घाइते भएको नेपाल विद्यार्थी सङ्घले जनाएको छ । सङ्घका उपसभापति रामप्रसाद अधिकारीका अनुसार प्रदर्शनका क्रममा यादवसहित सुशील भट्ट, नीरञ्जन थापा, भीम महतलगायतका नेता कार्यकर्ता घाइते भएका छन् । अनशनरत डा गोविन्द केसीको मागलाई सम्बोधन नगरी चिकित्सा […]

क्रिकेटमा इतिहास कायम गर्ने मौका

१४ माघ २०७५, सोमबार

  –कुमारप्रसाद चौलागाईं अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसिसी) बाट चार वर्षका लागि एक दिवसीय मान्यता पाएको नेपालका लागि आज एक दिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा इतिहास कायम गर्ने मौका छ । गत वर्ष एक दिवसीय अन्तर्राष्टिय मान्यता पाएपछिको दोस्रो एक दिवसीय शृङ्खला खेलिरहेको नेपालका लागि पहिलो पटक एक दिवसीय शृङ्खला जित्ने अवसर मिलेको हो । संयुक्त अरब इमिरेट्स […]

कम्युनिष्ट सरकार अधिनायकवादी हुन सक्दैन : वरिष्ठ नेता नेपाल

१३ माघ २०७५, आईतवार

  दमौली,  नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का वरिष्ठ नेता माधवकुमार नेपालले कम्युनिष्ट सरकार अधिनायकवादी हुन नसक्ने बताउनुभएको छ । कम्युनिष्ट नेता एकदेव आलेको ५०औँ स्मृति दिवसका अवसरमा एकदेव आले स्मृति तथा चिन्तन प्रतिष्ठान तनहुँको भवन उद्घाटन र स्मारिका विमोचन कार्यक्रमलाई आज यहाँ सम्बोधन गर्दै उहाँले वर्तमान सरकार प्रमुख प्रतिपक्षी दलले भने जस्तो अधिनायकवादी हुन नसक्ने बताउनुभयो […]

गण्डकी प्रदेशमा पाँचको मृत्यु

१३ माघ २०७५, आईतवार

  पोखरा,  गण्डकी प्रदेशमा आज विभिन्न घटनामा परी पाँचको मृत्यु भएको छ । प्रदेश प्रहरी कार्यालयका अनुसार चार्जमा राखेको मोबाइलबाट भिडियो हेर्दै गर्दा अचानक चट्याङ परी मोबाइलबाट करेन्ट लाग्दा तनहुँको रिशिङ गाउँपालिका–१ काहुँशिव सेताङ घर भई वडा नं २ रिशिङ लिमाश्वाँरा माइती घर आएकी २० वर्षीय मिनामाया थापाको मृत्यु भएको छ । करेन्ट लागेर घाइते […]