पोखरामा सफल एक्सपो पोखरा तथा तेस्रो मोवाइल मेला २०७५ सुरु

१३ मंसिर २०७५, बिहीबार

  पोखरा,  पोखरा उद्योग वाणिज्य संघको आयोजनामा   पोखरामा  सफल एक्सपो पोखरा तथा तेस्रो मोवाइल मेला २०७५ सुरु भएको छ । एक्सपोको  गण्डकी प्रदेशका मूख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले उद्घाटन गरे । प्रदेशलाई सम्वृद्ध बनाउने अभियानमा  निजी क्षेत्रले साथ दिनु पर्ने मुख्य मन्त्री गुरुङको भनाई थियो । ,‘प्रदेश सरकार उद्योग स्थापना र संचालनको लागि वातावरण बनाउन तयार रहेको […]

आफ्नै मालिकाको ८ वर्षीय छोराको अपहरण गरी हत्या

१३ मंसिर २०७५, बिहीबार

  गाडी चलाउन राखेकै व्यक्तिबाट आफ्नो सन्तानको हत्या होला भनेर प्रविण कुवरले कहिल्यै सोचेका थिएनन् । तर अपसोच उनीमाथि सोच्दै नसोचेको घटना भएको छ । प्रविणका ८ वर्षीय छोरा प्रयास कुँवरलाई उनकै गाडी चलाउने ड्राइभरले अपहरण गरेर हत्या समेत गरेका छन् । प्रविणले काठमाण्डौको मित्रनगरस्थित त्रिवेणी गेस्ट हाउस सञ्चालन गर्दै आएका थिए । त्रिवेणी गेस्ट […]

स्वतन्त्र प्रेसको सम्मान गर्ने प्रतिबद्धता सहित गायक पराजुलीले पत्रकार अथक सँग माफी मागे

१३ मंसिर २०७५, बिहीबार

पोखरा , मिटर व्याजको समाचार सम्प्रेषण गरेको विषयलाइ लिएर पत्रकार महासंघ कास्कीका कार्यसमिति सदस्य एवं रेडियो सराङकोटका समाचार प्रमुख कमल पौडेल अथकलाई धम्की सहित दुव्र्यवहार गर्ने पोखरा ३ नदीपुर वस्ने गायक प्रजापति पराजुलीले विहिवार माफी मागेका छन् । निवेदक पौडेलले शान्ति सुरक्षा पाउँ भनी जिल्ला प्रहरी कार्यलय कास्कीमा दिएको निवेदनका आधारमा  वुधवार दिउसो पत्रकार पौडेल […]

सुकीबाट नेपाल र म्यान्मा व्यापारमा जोड

१३ मंसिर २०७५, बिहीबार

  काठमाडौँ,  म्यान्माका स्टेट काउन्सिलर आङसाङ सुकीले नेपाल र म्यान्माबीच व्यापार सम्बन्धलाई प्रवद्र्धन गर्नुपर्ने बताउनुभएको छ । नेपाल चेम्बर्स अफ कमर्शले स्थानीय भृकुटीमण्डपमा आयोजना गरेको ‘नेपाल चेम्बर एक्स्पो–१८’लाई विशिष्ट अतिथिका रुपमा सम्बोधन गर्दै उहाँले दुवै मुलुकमा मानव संसाधनको उपयोग गरी आर्थिक विकास र समृद्धिका गतिविधि सञ्चालन गर्न सकिने बताउनुभयो । नेत्री सुकीले नेपाली उद्यमीलाई म्यान्मामा […]

काङ्ग्रेस बैठक शुरु

१३ मंसिर २०७५, बिहीबार

विधान संशोधन मस्यौदामाथि छलफल गर्न प्रमुख प्रतिपक्षी दल नेपाली काङ्ग्रेस केन्द्रीय कार्यसमितिको बैठक शुरु भएको छ । पार्टी केन्द्रीय कार्यालय सानेपामा आज अपराह्न शुरु भएको बैठकमा पार्टीको विधान संशोधन मस्यौदामाथि छलफल शुरु भएको पार्टी कार्यालयले जनाएको छ । यसअघि मङ्सिर ९ गते बसेको पार्टीको बैठकले विधान संशोधन मस्यौदा समितिले तयार गरेको प्रतिवेदन अध्ययनका लागि तीन […]

महिलापीडित पुरुष धाउन थाले अदालत,

१३ मंसिर २०७५, बिहीबार

    रोल्पा, रोल्पा जिल्ला अदालतमा गत भदौ १ गते यता आठ पुरुषले सम्बन्धविच्छेदको मुद्दा दर्ता गराएका छन् । नयाँ मुलुकी संहिता जारी भएसँगै जिल्ला अदालतमा यस्ता मुद्दा आउन थालेको रोल्पा जिल्ला अदालतले जनाएको छ । वैदेशिक रोजगारीबाट पठाएको पैसा दुरुपयोग गरेको, घर व्यवहार राम्रोसँग नचलाएको, लामो समयसम्म माइत बसेको जस्ता आरोपसहित ती पुरुषले सम्बन्धविच्छेदका […]

कांग्रेस जिल्ला सभापतिहरुले भेला आज ककनी घोषणा पत्र जारी गर्दै सकिने

१३ मंसिर २०७५, बिहीबार

नुवाकोटको ककनीमा भेला भएका नेपाली कांग्रेसका जिल्ला सभापतिहरुले  आज कांग्रेस केन्द्रिय समितिको  विधानकाबारे छलफल गर्दे छन । विधानका विषयलाइ नै केन्द्रित गरेर कांग्रेसका जिल्ला सभापतिहरु भेलामा सहभागी भएका हुन ।  नेपाली कांग्रेसको विधान मस्यौदा समितिले विधानको मस्यौदाको प्रतिवेदन पार्टीलाई बुझाइसकेको छ । नुवाकोटको ककनीमा बुधबारबाट सुरु जिल्ला सभापतिहरुको भेलामा ६४ जिल्लाका सभापतिहरु सहभागी भएका छन […]

कास्की ल्वाङघलेलको होमस्टेमा १४ बर्षिया किशोरीमाथी हात र खुट्टा बाँधेर बलात्कार

१३ मंसिर २०७५, बिहीबार

कास्की  लैंगिक हिंसा बिरुद्धको १६दिने अभियान चलिरहेका बेला यता कास्कीको  ल्वाङघलेलमा १४ बर्षिया किशोरीमाथी  बलात्कार भएको छ । माछापुच्छ«े गाउँपालिका ८ ल्वाङको होमस्टेमा १४ बर्षिया किशोरीमाथी हात र  खुट्टा बाँधेर बलात्कार भएको हो  । गत शनिबार किशोरी सुतिरहेको कोठामा पसेर बगरका २५ बर्षिय सुरज गुरुङले बलात्कार गरेको प्रहरी अनुसन्धानबाट खुलेको छ ।किशोरी बसेको कोठाको चुक्कल […]

गण्डकी प्रदेश समन्वय परिषद्को बैठक विभिन्न २६ बुँदे निर्णय गर्दै सम्पन्न

१३ मंसिर २०७५, बिहीबार

    पोखरा, गण्डकी प्रदेश समन्वय परिषद्को बैठक विभिन्न २६ बुँदे निर्णय गर्दै  सम्पन्न भएको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयद्वारा पोखरामा आयोजित बैठकले प्रदेश र स्थानीय सरकारका लागि आवश्यक कानून यथाशीघ्र तर्जुमा गर्न सङ्घीय सरकारसँग माग गरेको छ । स्थानीय तहले उत्पादनमुखी कार्यक्रममार्फत रोजगारी सिर्जना गरी गरीबी न्यूनीकरणमा सहयोग पुग्ने खालका योजनातर्जुमा गर्ने निर्णय […]

नेकपा सचिवालय बैठक : प्रदेश कमिटी सदस्यको नाम टुङ्गो लाग्यो

१३ मंसिर २०७५, बिहीबार

    नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को सचिवालय बैठकले लामो समयपछि सातै प्रदेश कमिटीका सदस्यको नाम टुङ्गो लगाएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आज बसेको बैठकले सातै प्रदेश कमिटी एकीकरणको टुङ्गो लगाएको र नामावली भने बिहीबार सार्वजनिक हुने प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिनुभयो । बैठकले यसअघि नै प्रदेश कमिटीका अध्यक्ष, सचिव, इञ्चार्ज र सहइञ्चार्ज तोकिसकेको छ […]