कतारमा ज्यान गुमाएका सार्कीको परिवारलाई १४ लाख बीमा रकम

८ पुष २०७५, आईतवार

  खोटाङ, वैदेशिक रोजगारीको सिलसिलामा कतारमा ज्यान गुमाएका दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–८ दोवेलाका ५३ वर्षीय खगेन्द्रबहादुर सार्कीको परिवारलाई बीमावापतको रकम उपलब्ध गराइएको छ । गत असोज ७ गते कतारको कनेक्टिङ कम्पनीमा काम गर्दै गर्दा ज्यान गुमाएका सार्कीको परिवारलाई आइएमइ लाइफ इन्स्योरेन्स कम्पनीले शनिबार रु १४ लाख बीमावापतको रकम उपलब्ध गराएको हो । इन्स्योरेन्स कम्पनीमा बीमा […]

सिन्धुपाल्चोक केन्द्रबिन्दु भएर ४.७ रेक्टर स्केलको परकम्प

८ पुष २०७५, आईतवार

सिन्धुपाल्चोक केन्द्रबिन्दु भएर ४.७ रेक्टर स्केलको परकम्प गएको छ। आइतबार बिहान ५ बजेर ६ मिनेटमा सिन्धुपाल्चोक पराकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ ।  यसअघि कात्तिक ८ गते सिन्धुपाल्चोक र दोलखाको सिमानामा ४ रेक्टर स्केलको परकम्प गएको थियो। आइतरबार गएको पराकम्प काठमाडौं उपत्यकामा पनि महसुस गरिएको थियो। भूकम्प मापन केन्द्रले यो २०७२ साल बैशाख […]

सराङकोटमा ट्याक्सी पल्टिँदा ४ जना घाईते

७ पुष २०७५, शनिबार

पोखरा १८ सराङकोटमा ट्याक्सी पल्टिँदा ४ जना घाईते भएका छन् । ग १ च ३३५३ नम्बरको ट्याक्सी दुर्घटना भएको हो । दुर्घटनामा गाडी चालक रोहित गुरुङ सहित अन्य ३ जना घाईते छन् । उनीहरुको पहिचान भैसकेको छैन । सराङको घुम्तीबाट झर्दै गर्दा नमोडिईकन भीरमा खसेको प्रहरीले जनाएको छ । घाईतेहरुको उपचारका लागि पोखरातर्फ ल्याउने काम भैरहेको […]

लेखनाथ महोत्सवमा उर्लियो जनसागर, शनिबार मात्र करीब ७० हजार दर्शकको उपस्थिति

७ पुष २०७५, शनिबार

लेखनाथ । लेखनाथ उद्योग वाणिज्य संघद्वारा आयोजित १५ औं संस्करणको लेखनाथ महोत्सवको तेश्रो दिन  जनसागर उर्लिएको  छ ।शनिबार परेकाले जनसागर नै उर्लिएको आयोजकको दावी रहेको छ  । शनिबार विदाको दिन भएकाले कर्मचारी, विद्यार्थीहरु लगायतका दर्शकको उल्लेख्य उपस्थिति रहेको हो । महोत्सव लेखनाथको संस्कृति, स्थानीय उत्पादन, विकास र समृद्धि भन्ने मुल नाराका साथ बिहिबारदेखि सुरु भएको महोत्सवको […]

कांग्रेसले युवालाई प्राथमिकता दिएर अघि बढ्नु पर्छ : ने.बि संघ नेता बिपिन पौडेल

७ पुष २०७५, शनिबार

नेपाली कांग्रेस बर्तमान स्थितिमा कम्जोर देखिएको छ। यसका पछाडी थुप्रै कुराहरुको हात छ तर नेपाली कांग्रेसले नेपाली युवाहरुको चाहाना उनिहरुको इच्छालाई राम्रोसँग पुरा गर्न नसक्नु एक महत्त्वपूर्ण कारणमा पर्छ। देश बिकास गर्ने युवाहरुले हो। जब युवाहरु नै वैदेशिक रोजगारको नाममा खाडी मुलुक गएर आफ्नो रगत र पसिना चुहाउछ्न त तब  देशमा बिकास कसरी हुन्छ। आफ्नो […]

बाल बागिश्वरी माविको ३५ औं वार्षिकोत्सब सम्पन्न : प्र अ बराल र शिक्षिका घिमिरे सम्मानित

७ पुष २०७५, शनिबार

दीपेन्द्र बस्नेत पुनर्वास ,कञ्चनपुरको दक्षिणी क्षेत्रको पुनर्वास स्थित बाल बागेश्वरी माविले आफ्नो ३५ औं वार्षिकोत्सब तथा अभिभावक दिवसको अबसरमा  पारेर आयोजना गरिएको कार्यक्रममा प्रधानाध्यापक राजेन्द्रप्रसाद बराल र शिक्षिका गोमा घिमिरेलाई शनिबार सम्मानित गरिएको छ । बिधालयको शैक्षिक र भौतिक बिकासमा उल्लेखनीय योगदान गरेको भन्दै प्रधानाध्यापक बराललाई सम्मान गरिएको हो । शैक्षिक बिकासका लागि निरन्तर लागेको […]

“ANTIDRUG CAMPIGN” मा युबा

७ पुष २०७५, शनिबार

पोखरा महानगरपालिका -२७ खोलाकोडिल मा अबस्थित सृजनसिल युबा क्लब द्वारा आयोजित “ANTIDRUG CAMPIGN” भब्यताका साथ सम्पन्न भयेको छ। Getwill foundation को सहयोगमा सम्पन्न उक्त कार्यक्रम मा प्रमुख बक्ता जनक गुरुङ थिए भने कार्यक्रमको अध्यक्षता महेश अधिकारीले गरेका थिए। कार्यक्रममा विभिन्न संघ सस्थाहरुबाट अतिथि साथसाथै थुप्रै स्थानिय बासिन्दाहरुको पनि बाक्लो उपस्थिती रहेको थियो ।समाजमा लागू पदार्थको […]

पोखराको फेवा किनारमा साहित्य महोत्सव सुरु

७ पुष २०७५, शनिबार

सातौं नेपाल साहित्य महोत्सव शनिबारदेखि पोखरामा सुरु भएको छ । बुकवर्म फाउन्डेसनले आयोजना गरेको  ‘सौन्दर्यको सहरमा शब्दहरुको संकथन’ ट्यागलाइन दिइएको महोत्सवमा विभिन्न देशका ख्यातिप्राप्त लेखक साहित्यकार वक्ताका रुपमा सहभागी भएका छन् । महोत्सवको शिक्षासेबी   जर्ज जोन र एलियाम्मा जोनको प्रमुख आतिथ्यतामा उद्घाटन गरियो  । कार्यक्रममा बोल्दै आईएमई समूहका अध्यक्ष हेमराज ढकालले नेपाली साहित्य र सिर्जनाको […]

क्रिश्चियन धर्मको प्रचारमा बालबालिका

७ पुष २०७५, शनिबार

    काभ्रेपलाञ्चोक, काभ्रेपलाञ्चोकमा पछिल्लो समय धर्म प्रचारमा बालबालिकाकोे प्रयोग बढ्दै गएको पाइएको छ । विद्यालय उमेरका बालबालिकालाई बनेपा नपा–८ स्थित बेतानी चर्चले क्रिश्चियन धर्मको प्रचारमा प्रयोग गरेको हो । आधा दर्जन बालबालिका आज बिहान बजारका पसल तथा बाटो हिँडिरहेका व्यक्तिलाई क्रिश्चियन धर्मसम्बन्धी प्रचारका विभिन्न पुस्तक बाँड्दै हिँडेका देखिन्थे । १० देखि १३ वर्षसम्मका बालबालिका […]

पार्टी पङ्क्तिलाई उत्साहित ढङ्गले अघि बढाउन नेकपाको जोड

७ पुष २०७५, शनिबार

    काठमाडौँ, नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को स्थायी कमिटी तेस्रो बैठकमा नेताहरुले धारणा राख्नेक्रम आज पनि जारी रह्यो । पार्र्टी केन्द्रीय कार्यालय धूम्रवाराहीमा बसेको बैठकमा राजनीतिक प्रतिवेदनमाथिको छलफलमा हालसम्म ४६ स्थायी कमिटी सदस्यले विचार राखेका छन् । आजको बैठकमा नेता माधवकुमार नेपाल, झलनाथ खानाल, विष्णु पौडेल, रामबहादुर थापा र गिरिराजमणि पोखरेलले धारणा राख्नुभएको नेकपाका […]