नेकपाका नेता भण्डारी बुधबार बिहानदेखि सम्पर्कविहीन

५ पुष २०७५, बिहीबार

भद्रपुर । नेकपाका मेचीनगर नेता दीपक भण्डारी बुधबार बिहानदेखि सम्पर्कविहीन भएपछि खोजी शुरु भएको छ । तत्कालीन नेकपा एमालेको मेचीनगर अध्यक्ष, धुलावारी जेसिसका पूर्वअध्यक्ष, हिमालयन मल्टिपल कलेजका निर्देशकलगायत थुप्रै जिम्मेवारीमा रहेका भण्डारी मेचीनगर–१० स्थित आफ्नै घर नजिकबाट बुधबार बिहान करीब साढे ९ बजेदेखि सम्पर्कविहीन भएको उनकी पत्नी गीता भण्डारीले बताइन् । “हिजो बिहान साढे ९ […]

फेवा आइडलको फाइनलमा पाल्पाको दशअबतार बालन नाच

४ पुष २०७५, बुधबार

सीता डोटेल पोखरामा जारी फेवा आइडल २०७५मा पाल्पाको लोक नाटक बालन नाच फाइनलमा प्रबेश गरेको छ । झण्डै ५ बर्षअघिसम्म लोप हुने अबस्थामा पुगेको धर्माेदय दशअवतार सांस्कृतिक बालन लोकनाटक कालीगण्डकी बेशी क्षेत्र रामपुर उपत्यकाका स्थानीय जगर्नामा लागेपछि पुनः यसले जीवन पाएको थियो । फेवा टेलिभिजन पोखराले आयोजना गरेको प्रदेश स्तरीय फेवा आइडल अन्तर्गत सामुहिक लोक […]

श्रीयाको बलत्कारपछि हत्या गर्ने कुसुम पौडेललाई जन्मकैदको सजाय

४ पुष २०७५, बुधबार

पोखराकी १० वर्षीय बालिका श्रीया सुनारको बलात्कार प्रयासपछि हत्या गर्ने कुसुम पौडेललाई जन्मकैदको सजाय सुनाइएको छ । पोखरा– २२ पुम्दीभुम्दीका २७ वर्षीय कुसुमलाई जिल्ला अदालत कास्कीले आजीवन कैदको फैसला सुनाएको हो । श्रीयाको गत असोज ७ गते बलात्कारपछि हत्या भएको थियो । जिल्ला न्यायाधीश योगेन्द्रप्रसाद साहको इजलासबाट मंसिर १७ गते कसुर ठहर भइ बुधबार सजाय […]

भोलिदेखि लेखनाथ महोत्सव,अर्थ मन्त्री युबराज खतिवडाले उद्घाटन गर्ने

४ पुष २०७५, बुधबार

महोत्सवको पनि महोत्सब भनेर चिनिएको लेखनाथ महोत्सवको सम्पुर्ण तयारी पुरा भएको छ । भोली बिहिबार  देखि शुरु हुन लागेको १५औं लेखनाथ महोत्सब  पुस १६ गतेसम्म संचालन हुनेछ।  लेखनाथ उद्योग वाणिज्य संघ साथै  विभिन्न सामाजिक संघसंस्थाको सहकार्यमा हुन लागेको गण्डकी प्रदेशकै गौरव  लेखनाथ महोत्सवको  अर्थ मन्त्री युबराज खतिवडाले बिहिबार उद्घाटन गर्ने   संघका अध्यक्ष कृष्णहरि भण्डारीले जानकारी […]

मंगलबार बिहान स्कुल गएका बालक बुधबार स्कुलको सेफ्टी ट्यांकीमा मृत भेटिए

४ पुष २०७५, बुधबार

दैलेख : दैलेख सदरमुकामस्थित सनराईज बोर्डिङ स्कुलमा युकेजीमा पढ्दै गरेका ६ वर्षीय हिक्मत शाहीको शव बुधबार बिहान सोही स्कुलको सेफ्टी ट्याङ्कीमा फेला परेको प्रहरीले जनाएको छ। बुधबार बिहान उनको शव भेटिएको हो। मंगलबार बिहान स्कुल गएका बालक घर नफर्केपछि खोजीकार्य तीव्र पारिएको थियो। जिल्ला प्रहरी प्रमुख डीएसपी ठाकुरप्रसाद पोखरेलले खोजीकार्य जारी रहेको बेला बालकको शव उनी […]

कांग्रेस केन्द्रिय समितिको बैठक स्थगित ,बेलुका ६ बजे फेरि सुरु हुने

४ पुष २०७५, बुधबार

काठमाडौं । कांग्रेस केन्द्रिय समितिको बैठक स्थगित भएको छ । केन्द्रिय समिति बैठकमा बोल्नेक्रममा केन्द्रिय सदस्यहरुले बुधवार शीर्ष नेताहरु विच भएको सहमति मान्न नसकिने धारणा राखेपछि बैठक स्थगित भएको हो । बिहीवार भएको बैठकमा कांग्रेस केन्द्रिय सदस्य मिन विश्वकर्मा, बीरबहादुर बलायर लगायतले समावेशीताको आधारमा  मनोनित हुनुपर्ने भन्दै शीर्ष नेता विचको सहमति मान्न नसकिने धारणा राखेका थिए […]

शारीरिक, मानसिक, यौनजन्य हिंसा भोगेर स्वदेश फर्किएका छन् महिला कामदार

४ पुष २०७५, बुधबार

  काठमाडौँ, दुई सन्तानलाई राम्रोसँग पाल्न पैसा कमाउन कुवेत पुगेकी मनमाया (परिवर्तित नाम) फर्कदा पैसा होइन साथमा छोरा लिएर फर्कनुभयो । सानैमा बिहे गर्नुभएकी उहाँ श्रीमान्ले मदिरापान गरेर दुःख दिएपछि सन्तानको सुखी भविष्यका लागि कुवेत जानुभएको थियो । दलालले धेरै महिला कामदारलाई जस्तै घुमाउरो बाटो हुँदै उहाँलाई खाडी पु¥यायो । श्रीलङ्का हुँदै कतार पुग्नुभएकी उहाँ […]

कांग्रेस विधानमा सहमतिको सूत्रधार सिटौला

४ पुष २०७५, बुधबार

        कांग्रेस विधानमा सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षधर नेताहरु पदाधिकारीको विषयमा आ आफ्नो अडानमा अडिग रहेको बेला नेता सिटौलाले नै पदाधिकारीसम्बन्धी गाँठो फुकाउने काम गरेको बताइएको छ। महासमिति सुरु भएपछि समेत नेताहरू करिब आधा दर्जनपटक विधानमाथि छलफल गर्न भन्दै बन्दसत्र रोकेरै छलफलमा बसेका थिए । छलफलका क्रममा पदाधिकारीको […]

कञ्चनपुरका तत्कालीन प्रहरी एसपी डिल्लीराज बिष्टसहित ८ जनाविरुद्ध मुद्दा दर्ता

४ पुष २०७५, बुधबार

  दीपेन्द्र बस्नेत पुनर्वास किशोरी निर्मला पन्तलाई बलात्कारपछि हत्या गरिएको घटनामा संलग्न अपराधिको प्रमाण मेटाउने काममा प्रहरी सक्रिय देखिएकोले कारवाहीको माग गर्दै बालिका पन्तकी आमा दुर्गादेवी पन्तले कञ्चनपुरका तत्कालीन प्रहरी एसपी डिल्लीराज बिष्टसहित ८ जनाविरुद्ध मुद्दा दर्ता गराएकी छिन् । बलात्कार पछि भएको हत्या काण्ड घटनाको अनुसन्धानमा खटिएका कञ्चनपुरका तत्कालीन प्रहरी उपरीक्षक बिष्ट, डीएसपी सहित […]

कांग्रेस पदाधिकारी संख्या आठ : कम्तीमा ३३ प्रतिशत महिला कार्यसमितिमा रहने, उपसभापती र सहमहामन्त्रीमा महिला आरक्षण

४ पुष २०७५, बुधबार

      काठमाडौँ । नेपाली कांग्रेसका शीर्ष नेताहरूबीच पार्टीको केन्द्रीय कार्यसमितिका कोषाध्यक्ष बाहेक सबै पदाधिकारी निर्वाचित गर्ने सहमति भएको छ । सिंहदरबारस्थित नेपाली कांग्रेस संसदीय दलको कार्यालयमा मङ्गलबार साँझ अबेरसम्म बसेको शीर्ष नेताहरुको बैठकले यस्तो सहमति जुटाएको हो । यो सहमतिसँगै जारी महासहमतिको बैठक कम्तीमा दुई दिन लम्बिने भएको छ । मङ्गलबारको महासमिति बैठकमा निकै […]