८८ वर्षीया वृद्धालाई १६ वर्षे किशोरद्धारा करणी

४ पुष २०७५, बुधबार

गुल्मी  जिल्लाको मालिका गाउँपालिका ५ छापहिलेकी ८८ बर्षिया वृद्धालाई १६ बर्षिय किशोरले करणी गरेको जिल्ला प्रहरी कार्यलय गुल्मीले जनाएको छ ।  दिउँसो घरमै बसिरहेका बेला बलात्कार भएको प्रहरीले जनाएको छ । पीडित पक्षले जिल्ला प्रहरी कार्यालयमा दिएको उजुरीका आधारमा आरोपितलाई प्रहरीको हिरासतमा राखी अनुसन्धान भईरहेको प्रहरी निरीक्षक रबिन्द्र खडकाले जानकारी दिए । मंगलबार जिल्ला अदालत […]

नेपाल–अमेरिका सम्बन्धमा नयाँ आयाम : परराष्ट्रमन्त्री ज्ञवाली

४ पुष २०७५, बुधबार

    वाशिङ्टन डिसी,  नेपाल र अमेरिकाबीच सात दशक लामो सम्बन्धलाई व्यापक र विस्तृत बनाएर पारस्परिक हितका आधारमा अगाडि बढ्न परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली र अमेरिकाका विदेशमन्त्री माइक पम्पेओबीच मङ्गलबार वाशिङ्टन डिसीमा सहमति भएको छ । छलफलपश्चात रासससँग कुरा गर्दै परराष्ट्रमन्त्री ज्ञवालीले भन्नुभयो, “अमेरिका र नेपालबीचको सम्बन्धलाई साझा अठोटका साथ अझ फराकिलो बनाउँदै लगेर पारस्परिक हितमा […]

पेट्रोलियम पदार्थको मूल्य घट्यो

४ पुष २०७५, बुधबार

    काठमाडौँ, सरकारले राति १२ बजेदेखि लागू हुने गरी पेट्रोलियम पदार्थमा मूल्य समायोजन गरेको छ । नेपाल आयल निगमको  बैठकले पेट्रोल, डिजेल र मट्टीतेलमा प्रतिलिटर रु दुई÷ दुई का दरले घटाई समायोजन गरिएको निगमका प्रवक्ता वीरेन्द्र गोइतले जानकारी दिनुभयो । नयाँ मूल्यअनुसार पेट्रोल रु ११२ प्रतिलिटर, डिजेल र मट्टीतेल रु ९९ प्रतिलिटर रहेको छ […]

सात बर्षीया बालिका बलात्कृत

४ पुष २०७५, बुधबार

धनुषाको गणेशमान चारनाथ नगरपालिका सढियामा सात बर्षीया बालिका बलात्कृत भएकी छन ।घरमै रहेकी उनलाई सोमबार राति स्थिानीय २५ बर्षीय रोशन बस्नेतले चकलेट दिने बाहानामा उखुबारीमा लगेर बलात्कार गरेको प्रहरीले जनाएको छ । स्थानीयका अनुसार बलात्कृत बालिकाकी आमा दृष्टिविहीन छन । रत्ताम्य एबं गम्भीर अबस्थामा नांगै उखुबारीमा भेटिएकी बालिकाको  बीपी कोइराला स्वास्थ्य बिज्ञान प्रतिष्ठान धरान पठाएको […]

शिक्षा नीति समयसापेक्ष बनाउन जोड

३ पुष २०७५, मंगलवार

    खस्यौली, शिक्षा ऐन तथा नियमावलीलाई समयसापेक्ष बनाउन सरोकारवालाले जोड दिएका छन् । रिपोर्टर्स क्लब प्रदेश नं ५ ले आज बुटवलमा आयोजना गरेको प्रदेशस्तरीय शैक्षिक बहसमा सरोकारवालाले शिक्षाले मुलुकलाई आवश्यक हुने दक्ष जनशक्ति उत्पादन गर्नुपर्ने बताएका छन् । प्रदेश नं ५ का सामाजिक विकासमन्त्री सुदर्शन बरालले मुलुक शिक्षा निःशुल्क वा सशुल्क गर्ने भन्ने अनावश्यक […]

निर्वाचन हार्दैमा सिद्धान्त समाप्त भएको छैन :कमल थापा

३ पुष २०७५, मंगलवार

    राँझा, राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले निर्वाचनमा पराजित भए पनि पार्टीको सिद्धान्त र औचित्य समाप्त नभएको बताउनुभएको छ । आज नेपालगञ्जमा आयोजित प्रदेश नं ५ स्तरीय प्रशिक्षणलाई सम्बोधन गर्दै अध्यक्ष थापाले राष्ट्रिय प्रजातन्त्र पार्टीले अँगालेको धर्म र राजतन्त्रको एजेण्डा बलियो हुँदै गएको दाबी गर्नुभयो । उहाँले पार्टी पटक–पटक सरकारमा जाँदा जनतामा सिद्धान्त […]

कांग्रेसमा कोषाध्यक्ष बाहेक सबै पदाधिकारीको चुनाव हुने,

३ पुष २०७५, मंगलवार

काठमाडौं। नेपाली कांग्रेसको केन्द्रीय समितिमा सहमति जुट्न नसकेको पार्टी पदाधिकारीको संख्या र  निर्वाचित हुने पद्धतीको बारेमा नेताहरु सहमतिमा पुगेका छन् ।  विभिन्न विकल्पहरु माथि भएको छलफलपछि  सभापतिसहित २ उपसभापति, २ महामन्त्री र २ सहमहामन्त्री निर्वाचनबाट चयन हुने सहमति भएको छ । यसअघि निर्वाचनबाट चयन हुने कोषाध्यक्ष पद भने सहमति अनुसार पार्टी सभापतिले मनोनयन गर्ने ब्यवस्था […]

नेपाल टेलिकमले लाभांश दिने

३ पुष २०७५, मंगलवार

    काठमाडौँ,  नेपाल टेलिकमले आफ्ना शेयरधनीलाई प्रतिशेयर रु ५५ का दरले नगद लाभांश दिने भएको छ । नेपाल दूरसञ्चार कम्पनीको सोमबार बसेको सञ्चालक समिति बैठकले सो निर्णय गरेको हो । आर्थिक वर्ष २०७४÷७५ को नाफाबाट नगद लाभांश वितरण गर्ने निर्णय गरेको हो । कम्पनीको ऐनको दफा १८२ को उपदफा २ बमोजिम लाभांश वितरणका लागि […]

महासमिति बैठक लम्बिने

३ पुष २०७५, मंगलवार

मङ्सिर २९ गतेदेखि शुरु भएको महासमितिबैठक लम्बिने भएको छ   , विधान मस्यौदामाथिको विवादले एकातिर बैठक लम्बिने भएको छ भने अर्काेतिर यसअघि नै पेश भएका अन्य चार प्रतिवेदनमाथिको छलफलसमेत ओझेलमा परेको छ । बैठकको शुरुदेखि नै शीर्ष नेताहरुको ध्यान यसैमा केन्द्रित छ भने महासमिति बैठकसमेत दैनिक केही समय प्रभावित हुँदै आएको छ । मङ्सिर २९ गतेदेखि शुरु […]

पार्टीमा गुट उपगुट र भागबण्डा अन्त्य गर्न सुझाव

३ पुष २०७५, मंगलवार

  काठमाडौँ, नेपाली काङ्ग्रेसको जारी महासमिति बैठकमा बोल्ने सहभागीले पार्टीमा गुट उपगुट र भागबण्डा अन्त्य गरी सशक्त पार्टी बनाउन नेतृत्वलाई सुझाव दिएका छन् । महासमिति बैठकको आज चौथो दिन राजनीतिक, साङ्गठनिक, समग्र आर्थिक नीति र पार्टीको आन्तरिक आर्थिक प्रतिवेदनमाथिको छलफल जारी छ । विधान मस्यौदा प्रतिवेदनमा पदाधिकारीको सङ्ख्या र चयन प्रक्रियाको विवादले सो प्रतिवेदन अझै […]