धर्मका बारेमा काङ्ग्रेसको धारणा स्पष्ट छ– सिटौला

१२ पुष २०७५, बिहीबार

नेपाली काङ्ग्रेसका नेता कृष्णप्रसाद सिटौलाले धर्मका बारेमा काङ्ग्रेसले नेपालको संविधानमा भएको व्यवस्थालाई अपनत्व लिएको भन्दै यसमा कसैले चिन्ता लिनुपर्ने बताउनुभएको छ । सञ्चारकर्मीसँग आज यहाँ अन्तरक्रिया गर्दै उहाँले भन्नुभयो, “हाम्रै नेतृत्वमा संविधान जारी भएको संविधानमा धर्मका बारेमा जे छ त्यही हाम्रो धारणा हो ।” मुलुकमा यतिखेर अनेक अतिवादीहरू सक्रिय हुन खोजेको उल्लेख गर्दै काङ्ग्रेसका पूर्वमहामन्त्रीसमेत […]

राष्ट्रिय अभिभारा पूरा गर्न बैठक महत्वपूर्ण ःअध्यक्ष दाहाल

११ पुष २०७५, बुधबार

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) स्थायी कमिटीका बैठकमा प्रस्तुत गरिएको राजनीतिक प्रतिवेदनमा विभिन्न सदस्यले राख्नुभएका विचार तथा जिज्ञासाको अध्यक्ष पुष्पकमल दाहाल‘प्रचण्ड’ ले आज जवाफ दिनुभएको छ । गत मङ्सिर २९ गतेदेखि शुरु भएको उक्त बैठक अध्यक्षद्वयले प्रस्तुत गर्नुभएको राजनीतिक प्रतिवेदनमाथिको छलफल सकिएपछि अध्यक्ष दाहालले उक्त बैठकमा भएको बहसले आपसमा एकताबद्ध भई राष्ट्रिय अभिभारा पूरा गर्न सहयोग […]

नेकपामा अध्यक्षविरुद्ध चार शीर्ष नेता

११ पुष २०७५, बुधबार

काठमाण्डौं, नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को स्थायी कमिटी बैठकमा दुई अध्यक्षविरुद्ध चार शीर्ष नेता उभिएका छन् । पार्टी र सरकार सञ्चालनमा अध्यक्षद्वयको भूमिका चित्तबुझ्दो नभएको आरोप लगाउँदै चार शीर्ष नेता एक ठाउँमा उभिएका हुन् । प्रधानमन्त्रीसमेत रहेका पार्टी अध्यक्ष केपी शर्मा ओलीले सरकार र पार्टी सञ्चालन एकलौटी ढंगबाट गरेको र अर्का अध्यक्ष पुष्पकमल दाहालले मौन […]

बैठकपछि पार्टी र सरकार अझै सशक्त रुपमा अघि बढ्ने :(नेकपा) का प्रवक्ता श्रेष्ठ

११ पुष २०७५, बुधबार

पोखरा । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का प्रवक्ता नारायणकाजी श्रेष्ठले पार्टीको जारी स्थायी कमिटीको बैठकपछि पार्टी र सरकार अझै सशक्त रुपमा अघि बढ्ने बताएका छन् । सरकारको कामप्रति अहिलेसम्म सन्तुष्ट हुन नसकेका प्रवक्ता श्रेष्ठले प्रेस सङ्गठन नेपाल कास्कीद्वारा  आयोजित पत्रकार सम्मेलनमा भने पार्टी एकिकरणपछिका बाँकी काम, पार्टी नेतृत्व र सरकारका गतिविधि लगायतमा बैठकमा गम्भीर छलफल […]

मदन भण्डारीको हत्यारा पत्ता नलगाउने पार्टीको सरकारले निर्मलाको हत्यारा पत्ता लगाउन सक्दैन : हिसिला यामी

१० पुष २०७५, मंगलवार

चाँदनी आचार्य कैलाली ,नयाशक्ति पार्टि नेपालका नेतृ तथा पुर्व मन्त्रि हिसिला यामीले राष्ट्रपति विधा देवि भन्डारीका श्रीमान तथा तत्कालिन नेकपा एमालेका नेता मदन भण्डारिको हत्यारा अहिले सम्म पत्ता नलागेका अवस्थामा सामान्य गरिव परिवारका निर्मला पन्तको हत्यारा पत्ता लाग्ला भन्नेमा आफु विश्वस्त नभएको वताएकी छन । देश ब्यापि पार्टि विस्तार अभियान स्वरुप सुदुरपश्चिमका विभिन्न जिल्ला हुँदै […]

बुधबार नेकपाको पुनः बैठक बस्दै

१० पुष २०७५, मंगलवार

    काठमाडौँ, नेपाल कम्युनिष्ट पार्टी (नेकपा) स्थायी कमिटीका ४६ सदस्यले पार्टी र सरकार सञ्चालनबारे राखेका सुझावलाई समेटेर बुधबार बस्ने बैठकमा पार्टी अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रतिउत्तर दिनुहुने भएको छ । गत मङ्सिर २९ गतेदेखि शुरु भएको उक्त बैठक अध्यक्षद्वयले प्रस्तुत गर्नुभएको राजनीतिक प्रतिवेदनमाथिको छलफलमा हालसम्म ४६ […]

सरकार संचालनको मेसो नपाएर प्रधानमन्त्री कुहिरोको काग बन्नुभयो : वरिष्ठ नेता पौडेल

१० पुष २०७५, मंगलवार

वनेपा । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले प्रधानमन्त्री केपी ओली दुई तिहाईको सरकार हुँदा पनि सरकार संचालनको मेसो नपाएर कुहिरोको काग जस्तो भएको बताउनुभएको छ । काभ्रेको बनेपामा रेडियो अरनीको ९६.३ मेघाहर्जको शुभारम्भ गर्दै उहाँ सरकार गतिहिन बन्दा मुलुकको विकास पछाडि परेको बताउनुभयो । उहाँले भन्नुभयो–‘ओली सरकारलाई हेर्दा नै कम्युनिष्टहरुसंग काम गर्ने ढंग हुँदैन […]

कांग्रेस महासमितिको बैठकद्धारा गणतन्त्र,संघियता र धर्म निरपेक्षता अनुमोदित

१० पुष २०७५, मंगलवार

काठमाडौं । गत मंसिर २८ गतेदेखि आरम्भ भएको नेपाली कांग्रेसको ऐतिहासिक महासमितिको बैठक सकिएको छ  । पार्टीलाई सबै कोणबाट नयाँ दिशा दिन सफल भएकाले महासमितिको आसन्न बैठक ऐतिहासिक भएको दाबी गरिएको छ । एक हप्ताभन्दा बढी चलेको कांग्रेस महासमिति बैठक विधान परिमार्जन र संशोधनको विषयमै किचलो उत्पन्न हुने अनुमान केही राजनीतिक दलले गरेका थिए । […]

सरकार लम्पसारवादी र अधिनायकवादी भएको काँग्रेसको आरोप

८ पुष २०७५, आईतवार

काठमाडौँ । नेपाली कांग्रेसका सहमहामन्त्री डा प्रकाशशरण महतले जारी महासमिति बैठकको समापन सत्रमा पार्टीको तर्फबाट समसामयिक विषयको १५ बुँदे प्रस्ताव पेश गर्नुभएको छ । सो बैठकमा उहाँले प्रस्तुत गरेको उक्त प्रस्तावलाई महासमिति बैठकले सर्वसम्मतिले पारित गरेको छ । उक्त प्रस्तावमा उहाँले लोकतन्त्रको संस्थागत विकासमा सत्ताधारी दलको सरकारसँगै विपक्षी दलको स्थान र भूमिका अत्यन्त महत्वपूर्ण हुने […]

नेकपा स्थायी कमिटी बैठक स्थगन

८ पुष २०७५, आईतवार

सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को स्थायी कमिटीको आजको बैठक अन्तिम समयमा आएर स्थगन भएको छ । अध्यक्ष केपी शर्मा ओलीको व्यस्तताका कारण आज अपराह्न ४ः३० बजे बोलाइएको बैठक स्थगन भएको केन्द्रीय कार्यालय सचिव कृष्णगोपाल श्रेष्ठले जानकारी दिनुभयो । अर्काे बैठक पुस ११ गते बस्ने उहाँले जानकारी दिनुभयो । प्रतिवेदनमाथि उठेका प्रश्नको विषयमा आज अपराह्न […]