निर्वाचन आयोगले गलत नजिर बसाल्यो’

१० कार्तिक २०७५, शनिबार

  काठमाडौँ,  नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष ऋषि कट्टेलले निर्वाचन आयोगले नेपाल कम्युनिष्ट पार्टी ९नेकपा०लाई वैधानिकता दिएर गलत नजिर बसाल्न लागेको बताउनुभएको छ । आज रिपोर्टस् क्लबमा आयोजित पत्रकार भेटघाटमा उहाँले गलत नजिर बस्दा पछि अफ्ठेरो पर्ने भन्दै आयोगको निर्णय विरुद्ध सर्वोच्च अदालत जाने बताउनुभयो । आधिकारिक पत्र आफूहरुलाई नआएको मिडियाबाट मात्रै थाहा पाएको बताउँदै उहाँले […]

भाषणले मात्र समृद्धि आउँदैन, सहमहामन्त्री डा प्रकाशशरण महत

९ कार्तिक २०७५, शुक्रबार

सरिता तिम्सिना पगेनी पोखरा, नेपाली काँग्रेसका सहमहामन्त्री डा प्रकाशशरण महतले  भाषणले मात्र समृद्धि नआउने बताउनुभएको छ । । नेपाली काँग्रेसको आर्थिक नीति सुझाव संकलनका लागि पोखरामा आयोजित गण्डकी प्रदेशस्तरीय गोष्ठीलाई शुक्रबार सम्बोधन गर्दै उहाँले भन्नुभयो– भाषणले समृद्धि आउँदैन, बोलेर मात्र हुने भए कम्युनिष्टहरुले देशमा उहिलेदेखि नै ठूला ठूला आश्वासन दिएका छन्, धेरै बोलेका छन् । […]

अध्यक्ष प्रचण्ड नयाँदिल्ली प्रस्थान

९ कार्तिक २०७५, शुक्रबार

  काठमाडौँ,  नेपाल कम्युनिष्ट पार्टी ९नेकपा०का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ इन्डिया फाउण्डेशनले आयोजना गर्ने कार्यक्रममा भाग लिन आज भारतको नयाँदिल्ली प्रस्थान गर्नुभएको छ । कार्यक्रममा अध्यक्ष प्रचण्डले प्रमुख अतिथिका रूपमा पार्टीको अवधारणा प्रस्तुत गर्नुका साथै नेपाल–भारतबीचको सम्बन्धका बारेमा मन्तव्य दिनुहुनेछ । अध्यक्ष प्रचण्डको अन्य कुनै राजनीतिक भेटघाट नरहेको बताइएको छ । फाउण्डेशनले दक्षिण एशियाका साथै […]

खानेपानी मन्त्री बिना मगरलाई आफ्नै क्षेत्रमा कालो झण्डा

८ कार्तिक २०७५, बिहीबार

दीपेन्द्र बस्नेत बेलौरी, कञ्चनपुरको दक्षिणी क्षेत्र स्थित बेलौरीमा आयोजित पर्यटन महोत्सव तथा कृषि औद्योगिक व्यापार मेलाको उद्घाटन कार्यक्रममा आउदै गर्दा खानेपानी तथा सरसफाई मन्त्री बिना मगरलाई प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसका कार्यकर्ताहरुले बिहीवार कालो झण्डा देखाएर बिरोध प्रदर्शन गरेका छन् । बेलौरी उद्योग बाणिज्य संघले आयोजना गरेको पर्यटन तथा कृषि औद्योगिक व्यापार मेलाको उद्घाटन गर्न […]

६५ बर्षको भयो तरूण दल, शनिवार स्थापना दिवस मनाउँदै

८ कार्तिक २०७५, बिहीबार

  काठमाडौं । नेपाल तरुण दलले ६५ औं स्थापना दिवस यही शनिबार मनाउँदैछ । शनिबार बिहान ८ बजे विपी स्मृति भवन सानेपामा कार्यक्रम आयोजना हुने तरुण दलका अध्यक्ष जीतजंग बस्नेतले बताए । बस्नेतका अनुसार स्थापना दिवसको प्रमुख आतिथ्यता नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले गर्नेछन् । समारोहमा काँग्रेसका सबै नेताका साथसाथै विभिन्न भातृ संस्थाका प्रमुखहरुलाई बोलाइएको […]

नगर प्रमुखहरूको विश्व संसदमा न्यौपाने निर्वाचित

८ कार्तिक २०७५, बिहीबार

व्यास नगरपालिकाका प्रमुख बैकुण्ठ न्यौपाने नगर प्रमुखहरूको विश्व संसद्को कार्यकारी सदस्यमा निर्वाचित हुनुभएको छ । बेलायतको व्रिष्टोल शहरमा सम्पन्न नगर प्रमुखहरूको सम्मेलनबाट न्यौपाने कार्यकारी सदस्यमा निर्वाचित हुनुभएको हो । उक्त सम्मेलनमा व्यास नगर प्रमुख न्यौपाने उपस्थित नभए पनि कार्यकारी सदस्यका लागि उम्मेदवारी दिनुभएको थियो । उक्त सम्मेलनले न्यौपानेसहित आठ जनालाई कार्यकारी सदस्यमा निर्वाचित गरेको छ […]

नेकपा सचिवालय बैठक बस्दै

७ कार्तिक २०७५, बुधबार

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को सचिवालय बैठक आज पनि बस्दैछ । प्रचण्डको सचिवालयले दिएको जानकारी अनुसार बैठक दिउँसो ३ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने तय भएको छ । बैठकमा पार्टी एकता, जिम्मेवारी बाँडफाँट, सरकारको कामकारबाहीलगायत झण्डै दर्जन एजेण्डामा छलफल हुने नेताहरुले बताएका छन् । यसअघि पटक–पटक सचिवालय बैठक बसे पनि पार्टी एकतालगायत विषय टुंगिन सकेको […]

उपप्रधानमन्त्री पोखरेल चीन भ्रमणमा

६ कार्तिक २०७५, मंगलवार

प्रधानमन्त्री एवं रक्षामन्त्री ईश्वर पोखरेल चीनको बेइजिङमा हुने अन्तर्राष्ट्रिय सैन्य सम्मेलनमा भाग लिन मंगलबार त्यसतर्फ प्रस्थान गरेका छन । चीनका रक्षामन्त्री वेइ फेङहेको निमन्त्रणमा आठौँ बेइजिङ सियाङग्स्ट्यान फोरममा भाग लिन र साताव्यापी चीन भ्रमणका लागि मंगलबार उनी त्यसतर्फ प्रस्थान गरेका हुन । उपप्रधानमन्त्री पोखरेलले नेपाली सेनाले संयुक्त राष्ट्रसङ्घको शान्ति मिसनमा खटिएर गरेको योगदान र भावी […]

काङ्ग्रेसको चियापान कात्तिक १६ मा

६ कार्तिक २०७५, मंगलवार

नेपाली काङ्ग्रेसले विजयादशमी, शुभ दिपावली, नेपाल सम्वत् ११३९, छठलगायत पर्वका अवसरमा आयोजना गर्ने चियापान कार्यक्रम कात्तिक १६ गते शुक्रबार गर्ने भएको छ । कात्तिक ७ गते कोजाग्रत पूर्णिमाका दिन केन्द्र र सबै जिल्लामा आयोजना गर्ने भनिएको शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रम कात्तिक १६ गते शुक्रबारका दिन गर्ने गरी मिति परिवर्तन गरिएको पार्टीका मुख्य सचिव कृष्णप्रसाद […]

प्रतिपक्षमा भए पनि काङ्ग्रेसले जनताको पक्षमा काम गर्छ , नेता साउद

५ कार्तिक २०७५, सोमबार

  कालीकोट,  नेपाली काङ्ग्रेसका केन्द्रीय सदस्य एवं पूर्वमन्त्री एनपी साउदले स्थानीय, प्रदेश र सङ्घमा काङ्ग्रेसले सशक्त प्रतिपक्षको भूमिका खेल्ने बताउनुभएको छ । काङ्ग्रेस कालीकोटद्वारा आज यहाँ आयोजित अगुवा कार्यकर्ता भेटघाट कार्यक्रममा उहाँले भन्नुभयो, “मुलुकमा दुई तिहाइ बहुमतको सरकारबाट जनताले अपेक्षा गरेअनुसार काम हुन सकेको छैन्, सरकारका गलत क्रियाकलापका विरुद्ध काङ्ग्रेस सशक्त प्रतिपक्षको भूमिका खेल्छ ।” […]