मिस ई–कलेज काजल तामाङ (मोडल फोटोफिचर)

२८ भाद्र २०७५, बिहीबार

काजल तामाङ सिजन मिडियाले हरेक वर्ष आयोजना गर्ने मिस ई–कलेजको सन् २०१७ को संस्करणको विजेता हुन् । धरानकी स्थायी वासिन्दा रहेकी उनी ब्रिटिस कलेजमा स्नातक दोस्रो वर्षमा अध्ययनरत छिन् । हाल उनी बानेश्वरमा बस्दै आएकी छिन् । उनले विधागत तर्फको ‘मिस पर्सनालीटी’को टाइटल अवार्ड पनि आफ्नो पोल्टामा पारेकी थिइन् । उपाधिसँगै उपहार स्वरुप १ लाख […]

तीज पहिरनमा पूर्व मिस नेपाल उषा खड्गी (फोटो)

२८ भाद्र २०७५, बिहीबार

काठमाडौँ । आज हरितालिका तीज । नेपाली महिलाहरुका लागि विशेष पर्व । तीजको ब्रत बसी महिलाहरूले पतिको निमित्त निराहार रहेर भगवान शिव तथा आद्य शक्ति पार्वतीसँग प्रार्थना गर्दछन् । यस महिला बिहान सबेरै उठी नुहाइधुवाइ गरेर दिनभर जल, अन्न ग्रहण नगरी ब्रत बस्ने र साँझ पूजाका सामान तथा मण्डप तयार गरी भगवान शिवको आराधना गर्ने […]

उर्जामन्त्री पुनसँग माओवादी लडाकुका हतियारबारे जिज्ञासा

२८ भाद्र २०७५, बिहीबार

काठमाडौं– नेपालको शान्तिप्रकियाको मोडल अध्ययन गर्न काठमाडौं आएको अफगानी टोलीले उर्जा,जलस्रोत तथा सिञ्चाईमन्त्री बर्षमान पुनसँग भेटवार्ता गरेको छ । अफगानस्तानको उच्च शान्ति परिषदकी उपप्रमुख हबिबा साराबी नेतृत्वको टोलीले तत्कालिन जनमुक्ति सेनाका डेपुटी कमाण्डर समेत रहेका उर्जामन्त्री पुनसँग शान्ति प्रक्रियामा नेपालले अवलम्बन गरेको बाटोका बारेमा छलफल गरेको हो । हबिबा अफगानिस्तानकी पूर्वमन्त्री समेत हुन् । भेटमा […]

महिला आयोगलाई मन्त्रालय मातहत नराख्न सरकारसँग आग्रह

२८ भाद्र २०७५, बिहीबार

काठमाडौं । सांसदहरुले राष्ट्रिय महिला आयोगलाई स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको मातहत राख्ने प्रयास नगर्न सरकारसँग आग्रह गरेका छन । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का सांसद योगेश भट्टराईले राष्ट्रिय महिला आयोग संवैधानिक निकाय भएकाले यसलाई सरकारको मातहत ल्याउने प्रयास गर्न नहुनेतर्फ सरकारको गम्भिर ध्यानाकर्षण गराएका हुन् । बुधबार प्रतिनिधिसभा शिक्षा तथा स्वास्थ्य समितिको बैठकमा ‘सुरक्षित […]

नेपाल निर्माण व्यवसायी संघको अध्यक्षमा ४ जनाको उम्मेदवारी घोषणा, कसको एजेण्डा के ?

२८ भाद्र २०७५, बिहीबार

काठमाडौं । नेपाल निर्माण व्यवसायी संघको २० औं अधिवेशनमा अध्यक्षका लागि ४ जनाले आज उम्मेदवारी घोषणा गरेका छन् । रवी सिंह : अध्यक्षका प्रत्यासी बुधबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै महासंघको १९ औं महाधिवेशनमा अध्यक्षका प्रत्यासी रवी सिंहले पुनः अध्यक्षको लागि उम्मेदवारी घोषणा गरेका छन् । ‘जसको नेतृत्व, उसैको नीति’ भन्ने नारा लिएर अध्यक्षको […]

आधारभूत स्वास्थ्य सेवा पु¥याउन सरकार प्रतिवद्धः उपप्रधानमन्त्री यादव

२८ भाद्र २०७५, बिहीबार

भक्तपुर । उपप्रधान एवंम् स्वास्थ्य तथा जनसङ्यामन्त्री उपेन्द्र यादवले गाउँगाउँमा स्वास्थ्य सेवा पु¥याउन सरकारले यस वर्ष मुलुकभर एक हजार दुई सय वटा प्राथमिक स्वास्थ्य केन्द्र निर्माण गर्ने बताएका छन् । शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रले आजदेखि सञ्चालनमा ल्याएको अत्याधुनिक सीटी स्क्यान तथा क्याथ ल्याब सेवाको उद्घाटन गर्दै उनले सबै नेपालीलाई आधारभूत स्वास्थ्य सेवा पु¥याउनका लागि […]

भेट्टाएको दुई लाख चौधरीद्धारा धनीलाई फिर्ता, पुरस्कार पनि लिएनन्

२८ भाद्र २०७५, बिहीबार

परासी । पश्चिम नवलपरासीका लालचन चौधरीले आफूले बाटोमा भेट्टाएको रु दुई लाख धनीलाई नै फिर्ता दिएका छन् । उनले यति धेरै इमान्दारिता प्रदर्शन गरेको भन्दै चौतर्फी प्रशंसा पाएका छन् । पश्चिम नवलपरासीको रामग्राम नगरपालिका–१६ की पावित्री थारूले सोही ठाउँ सवुनीका ओमप्रकाश सहानीसँग ऋण मागेर रामग्राम–१० लक्ष्मीपुर जाने क्रममा सो रकम हराएको थियो । पैसा हराएपछि […]

तीनवटा पेट्रोल पम्पमा सिलबन्दी

२८ भाद्र २०७५, बिहीबार

भैरहवा । ओमसतिया र रोहिणी गाउँपालिकामा पर्ने हुलाकी राजमार्गका तीनवटा पेट्रोल पम्पमा सिलबन्दी गरिएको छ । सीमाक्षेत्रमा पेट्रोलियम पदार्थको अपचलनबाट नेपाली सवारीसाधनलाई डिजल र पेट्रोल अभाव भएपछि संयुक्त बजार अनुगमन टोली रुपन्देहीले आज छड्के अनुगमन शुरु गरेको हो । ओमसतिया गाउँपालिका पर्ने सुरज आयल डिस्ट्रिब्युटर्स, रोहिणी गाउँपालिकामा पर्ने जय माँ दुर्गे आयल स्टोर्स धकधई र […]

‘राजधानीको नाम चाँडै टुङ्गिन्छ’ : मन्त्री कार्की

२८ भाद्र २०७५, बिहीबार

दमक । प्रदेश १ का आन्तरिक मामिला तथा कानूनमन्त्री हिक्मत कार्कीले प्रदेशको नाम र स्थायी राजधानी चाँडै टुङ्गिने बताएका छन् । झापाको गौरादहमा आज पत्रकारसँग कुरा गर्दै मन्त्री कार्कीले प्रदेशले चाँडै नाम र राजधानीको स्थान पाउने बताए । प्रदेशको नामका लागि कोशी, सगरमाथा, कञ्चनजङ्घा, किरात, मेचे, लिम्बुवान्लगायत नाम प्रस्तावित भएकाले नाम छनोट गरी निर्णयमा पुग्न […]

कास्कीको वीरेठाँटीदेखि मुक्तिनाथसम्म केवलकार बन्ने

२८ भाद्र २०७५, बिहीबार

काठमाडौँ । कास्कीको वीरेठाँडीदेखि मुस्ताङसम्म केवलकार निर्माण हुने भएको छ । सो केवलकार निर्माणका लागि लगानी बोर्ड र मुक्तिनाथ केवलकार दर्शन प्रालिबीच आज समझदारीपत्रमा हस्ताक्षर भएको छ । बोर्डका प्रमुख कार्यकारी अधिकृत महाप्रसाद अधिकारी र कम्पनीका तर्फबाट अध्यक्ष अरुणकुमार सुवेदीले समझदारीपत्रमा हस्ताक्षर गरे । सो केवलकारको लम्बाइ ८३ दशमलव ६५ किलोमिटर हुनेछ । सो केवलकारमा […]