कास्कीको वीरेठाँटीदेखि मुक्तिनाथसम्म केवलकार बन्ने

२८ भाद्र २०७५, बिहीबार

काठमाडौँ । कास्कीको वीरेठाँडीदेखि मुस्ताङसम्म केवलकार निर्माण हुने भएको छ । सो केवलकार निर्माणका लागि लगानी बोर्ड र मुक्तिनाथ केवलकार दर्शन प्रालिबीच आज समझदारीपत्रमा हस्ताक्षर भएको छ । बोर्डका प्रमुख कार्यकारी अधिकृत महाप्रसाद अधिकारी र कम्पनीका तर्फबाट अध्यक्ष अरुणकुमार सुवेदीले समझदारीपत्रमा हस्ताक्षर गरे । सो केवलकारको लम्बाइ ८३ दशमलव ६५ किलोमिटर हुनेछ । सो केवलकारमा […]

राष्ट्रपति भण्डारीले गरिन् पशुपतिमा पूजा एवं दर्शन

२८ भाद्र २०७५, बिहीबार

काठमाडौँ । नेपाली महिलाको महत्वपूर्ण पर्व हरितालिका (तीज)का अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारीले पशुपतिनाथ मन्दिरमा पूजा एवं दर्शन गरेकी छन् । भाद्र शुक्ल तृतीयाका दिन मनाइने तीज पर्वमा राष्ट्रपति भण्डारीले पशुपतिनाथ मन्दिरमा पूजा एवं दर्शन गर्न जाँदा उनलाई पशुपति क्षेत्र विकास कोषका सदस्यसचिव डा प्रदीप ढकाल, कोषाध्यक्ष डा मिलनकुमार थापालगायत कोष सञ्चालक परिषद्का सदस्य एवं कर्मचारीले […]

डोटीको रुवसकाँडामा बस दुर्घटना

२८ भाद्र २०७५, बिहीबार

धनगढी — दार्चुलाबाट महेन्द्रनगरतर्फ आउँदै गरेको ना ५ख ९११४ नं को बस आज बिहान भीमदत्त राजमार्गअन्तर्गत पर्ने डोटीको रुवसकाँडा सडक खण्डमा दुर्घटना हुँदा २४ जना घाइते भएका छन् । कैलालीस्थित क्षेत्रीय ट्राफिक प्रहरी कार्यालयका अनुसार सडकबाट झण्डै १०० मिटर तल भीरमा उक्त बस खसेर भएको दुर्घटनामा परी घाइते भएकामध्ये चारजनाको स्थिति गम्भीर भएको र उनीहरूलाई […]

पहिरोमा परेका दुईको मृत्यु

२८ भाद्र २०७५, बिहीबार

लमजुङ — मस्र्याङ्दी गाउँपालिका–३ खुदी पल्लोटारीमा पहिरोमा परेका दुई जनाको मृत्यु भएको छ । पहिरोमा पुरिका एर एकै परिवारका ६० वर्षीया अभिरुपा थापा र १० वर्षीय सिरक थापालाई उद्धार गरेर उपचार गराउने क्रममा उनीहरूको मृत्यु भएको हो । वर्षाका कारण ठाउँ–ठाउँमा सडक अवरोध हुँदा उनीहरुलाई थप उपचारका लागि सदरमुकामसम्म पनि ल्याउन सकिएको थिएन । पहिरो […]

तीन नयाँ आइफोन लञ्च, दुईमा डुअल सिमको विशेषताः नयाँ एप्पल वाचले ३० सेकेन्डमा मुटुको इसिजी गर्न सक्ने

२८ भाद्र २०७५, बिहीबार

एप्पलले बुधबार आफ्नो वार्षिक लञ्चिङ इभेन्टमा पहिलो पटक दुईवटा सिम राख्न मिल्ने आइफोन सार्वजनिक गरेको छ । कम्पनीले यो फिचर्स आइफोन एक्सएस  र एक्सएस म्याक्समा दिएको छ । यस्तै, तेस्रो आइफोन अक्सआर ले  एउटा सिममात्र सपोर्ट गर्नेछ । एप्पल वाचको चौथो सिरिजमा निकै ठूलो परिवर्तन गर्दै कम्पनीले नयाँ हेल्थ फिचर दिएको छ । यसमा ३० सेकेन्डभित्र […]