२२औँ राष्ट्रिय महिला भलिबल प्रतियोगितामा तीन विभागीय टोली सेमिफाइनलमा

२६ आश्विन २०७५, शुक्रबार

बलेवा, बागलुङको गलकोटमा जारी २२औँ राष्ट्रिय महिला भलिबल प्रतियोगितामा तीन विभागीय टोली सेमिफाइनल प्रवेश गरेका छन् । नेपाली सेनाको त्रिभुवन आर्मी क्लब, नेपाल पुलिस क्लब र सशस्त्र प्रहरीको एपिएफ क्लबले प्रतियोगितामा आफ्नो स्थान पक्का गरेका छन् । यस्तै प्रदेश नं ५ पनि सेमिफाइनल प्रवेश गरेको छ । बिहीवार सम्पन्न खेलमा त्रिभवन आर्मी क्लबले सुदूरपश्चिम प्रदेशलाई […]

पोखराको फेवातालमा पौडी प्रतियोगिता हुने

२५ आश्विन २०७५, बिहीबार

कास्की, पोखराको फेवातालमा पौडी प्रतियोगिता हुने भएको छ । नेपाल पौडी सङ्घ र कास्की जिल्ला पौडी सङ्घको आयोजनामा असोज २६ गते फेवातालको दुई दशमलब पाँच किमी दूरीमा आठौँ खुल्ला पौडी प्रतियोगिता गरिने पत्रकार सम्मेलनमा जानकारी दिइयो । पौडी खेलको विकास र विस्तार गरी खेल पर्यटनको विकासका लागि उक्त प्रतियोगिता आयोजना गर्न लागिएको नेपाल पौडी सङ्घका […]

मछिन्द्र र च्यासलबीच खेल हुँदै

२४ आश्विन २०७५, बुधबार

शहीद स्मारक ‘ए’ डिभिजन लिग फुटबल प्रतियोगिताअन्तर्गत आज मछिन्द्र क्लब र च्यासल युथ क्लबबीच खेल हुँदैछ । यही असोज १३ गतेदेखि शुरु भएर बङ्गबन्धु गोल्डकप अवधिका लागि रोकिएको लिग आजदेखि पुनः सञ्चालन हुन लागेको हो । अखिल नेपाल फुटबल सङ्घ (एन्फा) मैदान सातदोबाटोमा आज दिउँसो ३ बजे मछिन्द्र र च्यासलबीच खेल हुने लिग निर्देशक सञ्जीव […]

नेपाल १० विकेटले विजयी

२४ आश्विन २०७५, बुधबार

आइसिसी विश्व टी–२० एशिया छनोट समूह ‘बी’ मा नेपालले लगातार पाँचौँ जित निकालेको छ । आज मलेसियाको राजधानी क्वालालम्पुरस्थित वायुमस ओभल क्रिकेट मैदानमा भएको खेलमा चीनलाई १० विकेटले पराजित गर्दै लगातार पाँचाँै जित निकालेको हो । टस हारेर पहिले ब्याटिङ गरेको चीनले १३ ओभरमा पूरै विकेट गुमाउँदै २६ रन मात्र जोड्न सक्यो । चीनका होङ […]

बुधबारदेखि लिग पुनः शुरु हुँदै

२३ आश्विन २०७५, मंगलवार

–कुमार चौलागाई काठमाडौँ, २३ असोज असोज १३ गतेदेखि औपचारिकरुपमा शुरु भएर बङ्गबन्धु गोल्डकप अवधिका लागि रोकिएको शहीद स्मारक ‘ए’ डिभिजन लिग फुटबल प्रतियोगिता बुधबारदेखि पुनः शुरु हुँदैछ । ए डिभिजन लिग निर्देशक सञ्जिव मिश्रका अनुसार २४ गते लिग शुरु हुने र २७ गतेदेखि पुनः एक महिनाका लागि लिग स्थगित हुनेछ । एन्फाले २४, २५ र […]

निवासको कप्तानीमा साफ यू–१५ टोली घोषणा

२३ आश्विन २०७५, मंगलवार

काठमाडौँ, २३ असोज ः आगामी कात्तिक ८ गतेदेखि १७ गतेसम्म काठमाडौँमा हुने साफ यू–१५ च्याम्पियनसिपका लागि २३ सदस्यीय नेपाली राष्ट्रिय फुटबल टोलीको घोषणा गरिएको छ । अखिल नेपाल फुटबल सङ्घ ९एन्फा०ले आज साफ यू–१५ का लागि निवास फुयालको कप्तानीमा २३ सदस्यीय टोली घोषणा गरेको हो । टोलीमा जान लिम्बु, प्रमेश गुरुङ, रोशन थापा, श्रीजन दानी, […]

विश्व टी–२० छनोट नेपाल र भूटान मङ्गलबार प्रतिष्पर्धा गर्ने

२२ आश्विन २०७५, सोमबार

काठमाडौँ, २२ असोज आइसिसी विश्व टी–२० क्रिकेट अन्तर्गत एशिया छनोट समूह ‘बी’को चौथो खेलमा मङ्गलबार नेपालले भूटासँग खेल्नेछ । यसअघिका तीन खेलमा लगातार जित निकालेको नेपाल चौथो खेलमा उच्च मनोबलका साथ मैदान उत्रनेछ । खेल मलेसियाको राजधानी क्वालालम्पुरमा मङ्गलबार बिहन शुरु हुनेछ । यसअघि नेपालले म्यानमार, आयोजक मलेसिया र थाइल्याण्डलाई पराजित गरिसकेको छ । असोज […]

पोखरा प्रिमियर लिगलाई आइसिसीको मान्यता

२२ आश्विन २०७५, सोमबार

काठमाडौँ, २२ असोज आगामी कात्तिक ९ देखि २० गतेसम्म पोखरा क्रिकेट मैदानमा हुने पोखरा प्रिमियर लिग (पिपिएल) टि–२० क्रिकेट प्रतियोगितालाई आज अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आइसिसी)ले मान्यता दिएको छ । पिपिएल आयोजक क्वीन्स इभेन्ट म्यानेजमेन्टका प्रबन्ध निर्देशक छुम्मी लामाले आवश्यक प्रक्रिया पूरा गरेपछि आइसिसीले पिपीएललाई मान्यता दिएको जानकारी दिनुभयो । आइसिसीको मान्यता पाएपछि अब पिपीएलको आयोजकले […]

नेपाल को लगातार तेश्रो जित

२१ आश्विन २०७५, आईतवार

काठमाडौँ, २२ असोज आइसिसी टी–२० विश्व कप क्रिकेट प्रतियोगिताको एशिया छनोट ‘बी’अन्तर्गत नेपालले थाइल्याण्डलाई १४० रनले पराजित गरेको छ । मलेसियाको क्वालालम्पुरस्थित वायुमास ओभल क्रिकेट मैदानमा टस हारेर ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा सात विकेटको क्षतिमा १७२ रन बनायो । एक सय ७३ रनको लक्ष्य पछ्याएको थाइलैण्डले ८ दशमलव ५ ओभरमा नौ विकेट गुमाएँदै […]

साफ यू-१८ वुमन्स च्याम्पियनसिप फाइनल आज

२१ आश्विन २०७५, आईतवार

साफ यू-१८ वुमन्स च्याम्पियनसिप फुटबलको उपाधि जित्ने लक्ष्यसहित भुटान पुगेको नेपाली महिला टोली त्यसबाट अब एक कदम मात्र टाढा छ। त्यो लक्ष्य प्राप्त गर्नका लागि नेपालले फाइनलमा आज अपराजित रहेको बंगलादेशसंग प्रतिस्पर्धा गर्दैछ। भुटानको थिम्पुस्थित चाङलिमिथाङ स्टेडियममा हुने उक्त फाइनल खेल नेपाली समयअनुसार बेलुका ६:४५ बजे सुरु हुनेछ। दुवै टोलीको लक्ष्य फाइनल जित्दै उपाधि उचाल्नु […]