घरबास चलाउन कस्सिए गाउँले

३ पुष २०७५, मंगलवार

    बागलुङ, : काठेखोला गाउँपालिका–७ रेशमा सामुदायिक घरबास (होमस्टे) चलाउन गाउँले कस्सिएका छन् । घुमफिर, खानपान र संस्कृतिका हिसाबले रेश घरबासका लागि उपयुक्तस्थल हो । पर्यटन प्रवद्र्धनको उद्देश्यले घरबास योजना ल्याइएको हो । बौर, डोटा देउराली र रेश सामुदायिक घरबास गरी तीन घरबास सञ्चालनको तयारीमा छन् । “गाउँपालिकामा दर्ता गरी काम अघि बढाएका छौँ”, […]

कास्कीको मादी गाउँपालिकामा चिप्ली होमस्टे संचालन

२ पुष २०७५, सोमबार

कास्कीको मादी गाउँपालिका स्थित प्रख्यात गुरुङ्ग गाउँ चिप्लीमा होम स्टे संचालन गरिएको छ  ।  होमस्टेको माध्यमबाट स्थानियस्तरमा स्वरोजगारको अवसर सिर्जन गर्न, स्थानिय कला र संस्कृतिको जगेर्ना  र प्रचारप्रसार गर्ने उदेश्यले होमस्टे संचालन गरिएको होमस्टे ब्यबस्थापन समितिका अध्यक्ष धन कुमारी गुरुङ्गले जानकारी दिइन । असला माछाको स्वाद संगै अर्गाननिक खानाका साथमा सस्तो ,स्वच्छ शान्त वाताबरणमा रमाउनका […]

अबको दशक विकास र समृद्धिमा विताउने :पुष्पकमल दाहाल

१ पुष २०७५, आईतवार

सीता डोटेल पूर्वप्रधानमन्त्री तथा नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले राजनैतिक शक्तिहरुले अबको एक दशक विकास र समृद्धिमा विताउने संकल्प गरेको बताएका छन् । दशक–दशकमा नेपालमा ठूला परिवर्तन हुने गरेको भन्दै दहालले राजनैतिक दलहरुले अबको दशकलाई विकास र समृद्धिको रुपमा लिएको बताएका हुन् । पाल्पाको रामपुरमा आइतबार रामतुल्सी माविको स्वर्ण महोत्सवको उद्घाटन गर्दै उहाँले अब छिट्टै […]

पोखराअन्तराष्ट्रिय क्षेत्रीय विमानस्थल तोकिएको समय भन्दा छ महिना अघि निर्माण सम्पन्न हुने

२८ मंसिर २०७५, शुक्रबार

पोखरा,। पोखराको काहुँडाँडामा शुक्रवार काहुँ धरहरा महोत्सवको  उद्घाटन  गरिएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री रविन्द्र अधिकारीले पोखरा अन्तराष्ट्रिय क्षेत्रीय विमानस्थल तोकिएको समय भन्दा छ महिना अघि निर्माण सम्पन्न हुने बताउनु भएको छ ।महोत्सवको आज उद्घाटन गर्दै उहाँले विमानस्थल निर्माण कार्य तिब्र गतिमा भएको कारण सन २०२१ को शुरुदेखिनै सञ्चालनमा आउने विश्वास व्यक्त […]

काहुँ महोत्सवको सम्पूर्ण तयारी पूरा ,मन्त्री रवीन्द्र अधिकारीले उद्घाटन गर्ने

२७ मंसिर २०७५, बिहीबार

  हुन त काँहु आफैमा राम्रो छ , तर यतिबेला काँहुबासीले दुलहि झै चिटिक्क सिँगारेका छन । पोखराको काहुँडाँडालाई पर्यटकीय केन्द्र बनाउने उद्धेश्यले भोली देखि शुरु हुन लागेको   काहुँ महोत्सवको अबसरमा स्थानीयले काँहुलाई दुलही झै चिटिक्क सिँगारेका हुन । महोत्सबको सम्पुर्ण तयारी पुरा भएको छ ।  महोत्सवको संघीय सरकारका संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री रवीन्द्र […]

११ महीनामा १० लाख भन्दा बढि पर्यटकद्धारा नेपाल भ्रमण

२७ मंसिर २०७५, बिहीबार

  नेपाल भ्रमण गर्ने विदेशी पर्यटकको संख्या ११ महीनामा १० लाख नाघेको छ । सन् २०१८ को जनवरीदेखि नोबेम्बरसम्मको पर्यटन आागमन तथ्याङ्क अनुसार १० लाख भन्दा बढि पर्यटकले नेपाल भ्रमण गरेका छन् । यो सङ्ख्या गत वर्षको तुलनामा १७ प्रतिशतले बृद्धि भएको नेपाल पर्यटन बोर्डले जानकारी दिएको छ । यो संख्यामा गत एक महिनायता स्थलमार्ग […]

सेल्फी खिच्ने क्रममा पोखराको फेवातालमा एक बेपत्ता

२४ मंसिर २०७५, सोमबार

पोखराको फेवातालमा सेल्फी खिच्ने क्रममा तालमा खसेर एक जना बेपत्ता भएका छन ।काठमाडौंबाट पोखरा घुम्न आएका रोशन श्रेष्ठ डुङ्गामा सयर गर्ने क्रममा सेल्फी खिच्दै गर्दा बेपत्ता भएको कास्की प्रहरीले जनाएको छ  ।सिंगल प्याडल बोटमा बसेर डुङ्गा सयर गरेका श्रेष्ठले फोटो खिच्नकै लागि  तालको बिचमा पुगेपछि ज्याकेट उतारे र मोवाईलबाट सेल्फी खिच्न लाग्दा उनी डुङ्गा बाट खसेर    […]

रारा तालमा साइकल मार्ग

२३ मंसिर २०७५, आईतवार

कर्णाली प्रदेश सरकारले देशको सबैभन्दा ठूलो ‘रारा ताल’ आसपास क्षेत्रमा साइकल मार्ग निर्माण गर्ने भएको छ । रारा तालमा पछिल्लो समय स्वदेशी तथा विदेशी पर्यटकको आकर्षण बढेसँगै उनीहरुलाई भ्रमणमा सहजता ल्याउन उक्त मार्गको परियोजना ल्याइएको छ । साइकल मार्ग निर्माण भएपछि रारालाई साइकलबाट परिक्रमा गरी पर्यटकले त्यहाँको मनमोहक दृष्यलाई अवलोकन गर्न सक्नेछन् । रारा राष्ट्रिय […]

बुद्धका विचार विश्वभरि नै लोकप्रिय : राष्ट्रपति भण्डारी

२२ मंसिर २०७५, शनिबार

  बुटवल,  राष्ट्रपति विद्यादेवी भण्डारीले गौतम बुद्धका विचारले अहिंसा, सद्भाव, मानव कल्याण र मानव जीवनमा शान्तिको बाटो देखाएकाले उहाँका विचार विश्वभरि नै लोकप्रिय हुन सकेको बताउनुभएको छ । राष्ट्रपति भण्डारीले गौतम बुद्धले मानव कल्याण र शान्तिका लागि दिनुभएको योगदानकै कारण उहाँप्रति सम्पूर्ण नेपालीले गर्व गर्ने भएकाले उहाँको उपदेश र मार्गदर्शनलाई स्वीकार गरी अगाडि बढ्न सकेमा […]

हिमालको चौँरी एक्स्पो पोखरामा

१६ मंसिर २०७५, आईतवार

  चौँरी हिमाली क्षेत्रमा पाइन्छ । हिमालतिर नउक्लेकाहरुले चौँरी देख्ने कुरै भएन । तर, अवसर न हो ! हिमाली क्षेत्रमा पाइने चौँरी यतिबेला पोखरा झरेको छ । माथि जाडो भएर हैन, पोखराको नयाँबजारमा जारी ‘सफल एक्स्पो पोखरा साथमा तेस्रो मोवाइल मेला २०७५’को अवसरमा चौँरी नदेखेका पोखरेलीलाई हिमाली जनावरबारे जानकारी दिन चाँरी पोखरा झारिएको हो । […]