रुपा मेला २०७५ आजदेखि शुरु भएको छ ।मेलाको प्रतिनिधि सभा सदस्य खगराज अधिकारीले उद्घाटन गरे । गाउँपर्यटनको बिकासमा मेलाले महत्वपुर्ण भुमिका खेल्ने उनको भनाई थियो ।रुपाको बृहत पर्यटन बिकासका लागि ध्रुब्र तारा क्लबले हरेक बर्ष देखि गर्दै आएको मेला यस बर्ष पौष २९ देखि माघ १ गते सम्म सन्चालन हुँदैछ। मेलाको पहिलो दिन झाकी प्रर्दशनी प्रतियोगिता सम्पन्न भयो ।प्रतियोगितामा तमु ह्युला धि तालबेसी प्रथम शान्ती रुपा बराहथोक तमु समाज दितिय, मोहोरिया गाउँ तृतिय भए ।
यसै गरि प्रा बि स्तरिय खुल्ला हाजिरजवाफ प्रतियोगितामा श्री बिश्व शान्ती मा बि रुपा ५ प्रथम, श्री चन्द्रप्रभा मा बि रुपा ६ द्वितीय र श्री रुपा ज्योती मा बि रुपा ६ तृतीय हुन सफल भएका छ्न साथै सान्त्वना पुरस्कार श्री देउराली आ बि रुपा ७ ले प्राप्त गरेका छ्न। प्रतियोगितामा ११ बिद्यालयले भाग लिएको क्लबका अध्यक्ष प्रेम खड्काले पोखरा पोष्टलाई जानकारी दिए ।यसै बिच १५ औ ध्रुब तारा भलिबल प्रतियोगिताको उद्घाटन विशेष अतिथी प्रदेश सभा सदस्य दिपक कोइरालाले गरे । भोलि भलिबलका खेलहरु, नृत्य प्रतियोगिता, लोक दोहोरी, हाँस्य प्रहर्सन, पप कन्सर्टका लगाएतका कार्यक्रम हरु रहेको आयोजकले जनाएका छन ।