भिटोफ गण्डकीको अध्यक्षमा नवराज अधिकारी

२५ पुष २०७६, शुक्रबार

गाउँ पर्यटन प्रबद्र्धन मञ्च-नेपाल (भिटोफ) गण्डकी प्रदेशले नवराज अधिकारीको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको छ। गण्डकी प्रदेशको पाँचौ बार्षिक साधारण सभा तथा तेस्रो अबिधेशनले भिटोफका सक्रिय युवा नवराज अधिकारीको अध्यक्षतामा ९ कार्यसमिति सर्वसहमतले चयन गरेको छ यसै गरी मञ्चको उपाध्यक्षमा सूर्यनाथ पहारी, सचिवमा माधव पनेरु, कोषाध्यक्षमा शुसिला भण्डारी चयन भएका छन् । यसै गरी सदस्यहरुमा […]

दशौ पोखरा महोत्सवलाई सुरक्षित वातावरणमा सम्पन्न गराउन सुरक्षा निकाय प्रतिवद्ध

२४ पुष २०७६, बिहीबार

दशौ पोखरा महोत्सवलाई सुरक्षित वातावरणमा भब्य र सभ्य तरिकाले सम्पन्न गराउन कास्कीमा रहेका सम्पूर्ण सुरक्षा निकायले सहयोग गर्ने प्रतिवद्धता जनाएका छन । महोत्सव आयोजक युनाईटेड क्लवका पदाधिकारीहरु संगको अन्तरक्रियामा सहभागी कास्कीका सुरक्षा निकायका प्रमुखहरुले पोखरा महोत्सवमा शान्ति सुरक्षा अमन चयन गर्नका लागी कुनै कसुर बांकी नरहने गरीे काम गर्नेे वताएका हुन । अन्तरक्रिया कार्यक्रममा वोल्दै […]

एमसीसी को बिषयमा संसदले नै टुंगो लगाउछ : उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेल

२४ पुष २०७६, बिहीबार

पोखरा । उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलले मिलिनियम च्यालेन्ज परियोजना(एमसीसी )को बिषयमा संसदमा छलफल हुने र संसदले नै टुंगो लगाउने बताउनु भएको छ । प्रेस संगठन कास्कीले बिहिवार पोखरामा आयोजना गरेको पत्रकार भेटघाटमा बोल्दै उहाँले राष्ट्रिय हित विपरित हुने गरी अमेरिकाले दिने सहयोग सरकारले कुनै हालतमा स्वीकार नगर्ने बताउनु भयो। राष्ट्रिय हित विपरित हुने गरी […]

पोखरा लेकसाइडको फियुल बार एण्ड ग्रिलमा दि एज् व्याण्डको प्रस्तुती हुदैँ

२१ पुष २०७६, सोमबार

पोखरा ।पोखराको लेकसाइडमा अवस्थित फियुल बार एण्ड ग्रिलमा दि एज् व्याण्डको २० औँ बर्ष पार गरेको लास्ट सेलिब्रेसनको उपलक्ष्यमा विशेष सांगीतिक कार्यक्रम गर्ने भएको छ । अत्याधुनिक फियुल बार एण्ड ग्रिलमा शुक्रबार पुस २५ गते विशेष सांगीतिक कार्यक्रमको आयोजना हुन लागेको हो । साझँ ६ बजेबाट शुरु हुने कार्यक्रममा ख्याती प्राप्त दि एज् व्याण्डले राति […]

नेपाल भ्रमण वर्ष २०२० ः ‘नेपाल घुम्नैपर्ने देश रहेछ’

१६ पुष २०७६, बुधबार

–विक्रम गिरी वियन लुओङ भियतनामबाट नौ दिनअघि नेपाल घुम्न आउनुभएको हो । उहाँको नेपाल बसाई अझै एक साता बाँकी छ । स्नातक तहमा अध्यनरत लुओङ तीन साथीसँगै काठमाडौँ घुम्न आउनुभएको हो । काठमाडौँ उपत्यका दुई दिनमै घुमी भ्याएकी लुओङ टोलीको ध्यान एक्कासी रसुवाको लाङटाङ राष्ट्रिय निकुञ्जतर्फ मोडियो । “नेपाल घुम्नैपर्ने देश रहेछ”, नेपाल भ्रमण वर्ष […]

पोखरा सडक महोत्सव जारी: सडकमै खाऔ, सडकमै नाँचौ, सडकमै रमाऔ

१४ पुष २०७६, सोमबार

रेष्टुरेण्ट एण्ड बार एसोसियसन (रेबान) पोखराको आयोजनामा पोखरामा सडक महोत्सवमा जारी छ । महोत्सवमा नेपालका विभिन्न ठाउँ र विदेशी पर्यटकहरु पोखरा आउने क्रम चलिरहेकै छ । सडकमै खाऔ, सडकमै नाँचौ, सडकमै रमाऔ भन्ने मूलनाराका विगत २१ वर्ष देखी हुदै आएको महोत्सवमा पोखरा र यस क्षेत्रको कला, सँस्कृति, भेषभूषाले सबैको मन तानेको छ । साँस्कृतिको संरक्षण […]

१४ औं सफल पोखरा अन्तराष्ट्रिय म्याराथन फागुन ३ मा

१४ पुष २०७६, सोमबार

भूतपूर्व खेलाडी मञ्च नेपालको आयोजनामा आगामी फागुन ३ गते १४ औं सफल पोखरा अन्तराष्ट्रिय म्याराथन प्रतियोगिता हुने भएको छ । मञ्चले सोमबार पोखरामा पत्रकार सम्मेलनको आयोजना गरी १४ औं सफल पोखरा अन्तराष्ट्रिय म्याराथन प्रतियोगिताको आयोजना गर्न लागेको जानकारी दिएको हो । पत्रकार सम्मेलनमा बोल्दै मञ्चका अध्यक्ष तेज बहादूर गुरुङ्गले वर्तमान विश्व परिवेशमा चर्चित शहरको नाममा […]

पोखराको फेवा किनारमा रहेको रत्नमन्दिर भ्रमण वर्षका अवसरमा सर्वसाधारणका लागि खुला

१० पुष २०७६, बिहीबार

–जमुना वर्षाशर्मा पर्यटकीय राजधानी पोखराको फेवा किनारमा रहेको रत्नमन्दिर भ्रमण वर्ष २०२० का अवसरमा सर्वसाधारणका लागि खुला गरिने भएको छ । गण्डकी प्रदेशका वन, पर्यटन, उद्योग तथा वातावरणमन्त्री विकास लम्सालले नेपाल ट्रष्टसँग सहमति भएको र भ्रमण वर्ष २०२० मा सर्वसाधारणका लागि खुला गरिने रासससँगको कुराकानीमा बताउनुभयो । उहाँले भन्नुभयो , “नेपाल ट्रष्टका सचिव गजेन्द्र ठाकुरसँगको […]

पोखरामा पुष १८ गतेदेखि २८ गतेसम्म समृद्धि स्टिल्स औद्योगिक व्यापार मेला हुने

९ पुष २०७६, बुधबार

सरिता तिम्सिना पगेनी पोखरा । लगानीको सम्वर्दन :उद्योग व्यवसायको प्रवद्र्धन भन्ने उद्घोष सहित यहि पुष १८ गतेदेखि २८ गतेसम्म पोखरामा समृद्धि स्टिल्स औद्योगिक व्यापार मेला हुने भएको छ । पोखरा उद्योग बाणिज्य संघ, नेपाल उद्योग महासंघ, गण्डकी प्रदेश तथा उद्योग बाणिज्य महासंघको आयोजना, पोखरा महानगरको सहयोग तथा नेपाल पर्यटन बोर्ड र राष्ट्रिय बाणिज्य बैंकको प्रवद्र्धनमा […]

बागलुङ महोत्सवको अवसरमा ,उज्यालो बागलुङ, समृद्ध बागलुङ’ विषयक आर्थिक बहस हुने

८ पुष २०७६, मंगलवार

‘उज्यालो बागलुङ, समृद्ध बागलुङ’ विषयक आर्थिक बहस हुने भएको छ । यही पुस १० गते बागलुङ महोत्सवको अवसरमा आयोजना हुने सो बहसमा नीति निर्माता तथा उद्योग व्यवसायी सहभागी हुनेछन् । जिल्लामा लगानीका सम्भावना औँल्याउन आर्थिक बहसको आयोजना गरिएको आयोजक बागलुङ उद्योग वाणिज्य सङ्घले जनाएको छ । बहसमा नेपाल उद्योण वाणिज्य महासङ्घका वरिष्ठ उपाध्यक्ष शेखर गोल्छा, […]