लेखनाथ स्थित तालहरुको सीमांकन एव मापदण्ड सम्बन्धि छलफल

१८ फाल्गुन २०७७, मंगलवार

कास्की ।   बेगनास ताल पोखरा आउने पर्यटकको लागि एउटा लोकप्रिय गन्तब्यको रूपमा रहेको छ ।यस तालको पानीलाई सिंचाईको लागि प्रयोग गर्ने गरिन्छ र तालको केहि हिस्सामा माछा पालन गरेर सो क्षेत्रको उपयोग गर्ने गरिएको छ । बेगनास तालको कयौ क्षेत्रमा दलदल रहेको हुनाले सो क्षेत्रमा हाल धानको खेति गर्ने गरिन्छ । बेगनास ताल पोखरा शहरको एक प्रमुख पर्यटकिय आकर्षणको गन्तब्य हो ।

फेवा ताल पछि सबै भन्दा धेरै पयर्टक आउने तालको रुपमा रहेको बेगनास ताल ,कास्कीको पूर्वी आकर्षक बनेको रुपा ताल क्षेत्र ,मुहार फेर्दै गरेको दिपांग ताल ,खास्टे ,न्युरेनी ,गुदे ,मैदी तालहरु पोखरा महानगरका थप गहना हुन । तर यिनै तालहरुको संरक्षणको लागि दिर्घकालिन योजना नबनेको सम्बन्धमा बेला बेला आवाज उठ्दै आइरहेको छ ।
पोखरा महानगरपालिकाले साविक लेखनाथ स्थित तालहरुको सिमाकन तथा नक्सांकन ,तथा मापदण्ड सम्बन्धि अध्ययन गरि सिफारिस गर्न दुइ महिना अघि समितिको गठन गरेको हो । तालहरुको  सिमाकन तथा नक्सांकन ,तथा मापदण्ड सम्बन्धि अध्ययन गरि सिफारिस गर्न बनेको समितिको आयोजनामा आज विज्ञहरु एव सरोकारवालाहरु सहित छलफल कार्यक्रम सम्पन्न गरेको छ ।

पोखरा महानगरपालिकाले फेवातालको संरक्षणको लागि सिल्ट्रेसन दयाम निर्माण गर्नुको साथै नापी कार्यालय कास्की प्राविधिक सहयोगमा फेवातालको सीमांकन तथा नक्सांकन प्रतिवेदन तयार पारि नेपाल सरकार समक्ष पेश गरिसकेको थियो ।

फेवातालको  जस्तै साविक लेखनाथ स्थित तालहरुको मापदण्ड सम्बन्धमा पोखरा म न पा वडा न २६ देखि ३१ सम्मका नागरिकले संरक्षणको लागि आवाज उठाउदै आएका थिए ।  ्रयसै क्रममा पोखरा महानगरले ताल संरक्षण तथा मापदण्ड सम्बन्धमा अध्ययनको लागि समिति नै बनाएर अध्ययन कार्य आगाडी बडाएको हो ।

छलफल कार्यक्रममा बोल्दै कार्यक्रमका प्रमुख अतिथि एव प्रतिनिधि सभा सदस्य माननीय खगराज अधिकारीले कार्यक्रममा बोल्दै पोखरा महानगरपालिकाको शान बनेका तालहरुको संरक्षण आजको आवश्यकता भएकोले गर्दा ताल सम्रक्षणको लागि एकिकृत ताल संरक्षण आयोजना निर्माण गरि अगाडी बढाउनुको साथै जनतालाई असहज नहुने गरि मापदण्ड निर्धारण गरि अगाडी बढाउनु पर्ने कुरामा जोड दिएका थिए ।

पोखरा महानगरपालिकाको नगर प्रमुख मान बहादुर जिसीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा साविक लेखनाथमा अवस्थित तालहरुको सिमाकन तथा नक्सांकन ,तथा मापदण्ड सम्बन्धि अध्ययन गरि सिफारिस गर्न बनेको समितिका संयोजक डा . सोमनाथ सापकोटाले हालको अवस्था एव अध्ययनको प्रगतिबारे ,बेगनास तालको अवस्था बारे नापी कार्यालय कास्कीका प्रमुख खिमलाल गौतम ,रुपा तालको अवस्था र रुपा एकिकृत परियोजनाको बारेमा आयोजना प्रमुख इ. तुलसी भट्टराइ ले प्रस्तुति गरेका थिए भने कार्यक्रमको संचालन पोखरामहानगरपालिकाको प्रमुख प्रशासकीय अधिकृत महेश कुमार बरालले गरेका थिए ।

तालहरुको सिमाकन तथा नक्सांकन ,तथा मापदण्ड सम्बन्धि अध्ययन गरि सिफारिस गर्न बनेको समितिले समितीले अध्ययनको लागि तिन महिनाको समय प्राप्त गरेको र अध्ययन एव सुझाव संकलनको कार्य द्रुत रुपमा अगाडी बढाइएको समितिका सदस्य सचिव अशोक कुमार सुनारले जानकारी गराए  ।

समितिमा नापी कार्यालय कास्कीका प्रमुख खिमलाल गौतम ,गण्डकी ताल बिकास प्राधिकरणको कार्यकारी प्रमुख डा .अनुप गुरुङ ,मालपोत कार्यालय लेखनाथको प्रमुख हरि भुजेल ,पोखरा महानगरपालिकाको इन्जिनियर जगन्नाथ कोइराला सदस्य रहेका छन ।

Leave a Reply