सुनामीसम्बन्धी समवेदना सन्देश तयार पार्ने कर्मचारीलाई कारवाही गरिने

१३ पुष २०७५, शुक्रबार

  काठमाडौँ, परराष्ट्र मन्त्रालयले इण्डोनेसियामा गएको सुनामीसम्बन्धी समवेदना सन्देश तयार गर्दा गल्ती गर्ने सम्बन्धित कर्मचारीमाथि कारवाही गर्ने भएको छ । आज परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीको निजी सचिवालयले जारी गरेको विज्ञप्तिमा समवेदना सन्देशमा त्रुटि कसरी हुन गएको हो भन्नेबारे सम्बन्धित अधिकारीलाई स्पष्टीकरण सोधिएको र तथ्य पत्ता लागेपछि संलग्न कर्मचारीलाई उचित कारवाही गरिने जानकारी गराउनुभएको छ । सचिवालयले […]

राप्रपा प्रजातान्त्रिकले पृथ्वीजयन्ती मनाउने

१३ पुष २०७५, शुक्रबार

    काठमाडौँ, राप्रपा (प्रजातान्त्रिक)ले पृथ्वीजयन्ती तथा राष्ट्रिय एकता दिवस मनाउने निर्णय गरेको छ । पार्टीका अध्यक्ष पशुपति शम्शेर जबराको सभापतित्वमा बसेको उच्चस्तरीय कार्य सम्पादन समितिको बैठकले यही पुस २७ गते देशभरि नै पृथ्वीजयन्ती तथा एकता दिवस मनाउने निर्णय गरेको प्रजातान्त्रिकका प्रवक्ता राजेन्द्र गुरुङले जानकारी दिनुभयो । बैठकले पार्टीका वरिष्ठ उपाध्यक्ष दीपक बोहरा, उपाध्यक्ष विक्रम […]

लेखनाथ पत्रकारिता पुरस्कार कान्तिपुर टेलिभिजनका पत्रकार अधिकारीलाई

१३ पुष २०७५, शुक्रबार

लेखनाथ, लेखनाथ पत्रकार मञ्चले प्रत्येक वर्ष प्रदान गर्दै आईरहेको लेखनाथ पत्रकारिता पुरस्कार यस बर्ष कान्तिपुर टेलिभिजनका पत्रकार बसन्तराज अधिकारीलाई प्रदान गरिने भएको छ । पुरस्कार छनोट समितिको विहिवार बसेको बैठकले कान्तिपुर टेलिभिजनका गण्डकी प्रदेश ब्युरो प्रमुख अधिकारीलाई दिने निर्णय गरेको हो । कान्तिपुर टेलिभिजनबाट पत्रकारीता सुरु गरेका अधिकारी विगत १२ वर्ष देखि निरन्तर रुपमा पत्रकारीता […]

लेखनाथ महोत्सवमा अबलोकनकर्ता बढ्दै , आर्थिक कारोबारमा पनि बृद्धि

१२ पुष २०७५, बिहीबार

  लेखनाथको तालचोकमा १५औं संस्करणको लेखनाथ महोत्सव जारी छ ।  पुस ५ गते सुरु भएको महोत्सवमा दिन प्रतिदिन दर्शकको चाँपसँगै आर्थिक कारोबारमा पनि बृद्धि हुँदै गएपछि आयोजक,दर्शक र स्टल संचालक सबै खुशी देखिएका छन । पछिल्लो समय पोखरामै आयोजना गरिएका कतिपय मेला महोतसवले सन्तोषजनक परिणाम हात नपारेको परिस्थितिमा लेखनाथ महोत्सब पनि कतै सोचे जस्तो नहुने […]

नक्कलि प्रहरी बनेर झण्डै एक करोड रुपैयाँ ठगी

१२ पुष २०७५, बिहीबार

कास्कीमा नक्कलि प्रहरी बनेर एक ब्यक्तिले  हालसम्म २९ जनाबाट ८१ लाख ८५ हजार रुपैयाँ उठाएको खुलेको छ   । कास्की र आसपासका विभिन्न जिल्लाका ब्यक्तिहरुलाई सादा पोशाकको प्रहरी बनी उनले ठगी गरेका हुन् । ठगीको आरोपमा प्रहरीले लमजुङको मस्र्याङदी गाउँपालिका घर भई पोखरा १५ काजीपोखरी बस्ने २८ बर्षिय जीवन गुरुङलाई काठमाण्डौंको गोंगवु बसपार्कबाट पक्राउ गरेको हो […]

देश बाहिर क्रिकेटमा चम्किँदै सन्दीप

१२ पुष २०७५, बिहीबार

– कुमार चौलागाईं दुई वर्षअघि अष्ट्रेलियाली क्रिकेट खेलाडी माइकल क्लार्कसँगै उभिएर नेपाली युवा बलर सन्दीप लामिछानेले भनेका थिए, “बिग ब्यास खेल्ने सपना देखेको छु ।” अहिले तिनै १८ वर्षीय सन्दीपले अष्ट्रेलियाको ‘बिग ब्यास’ लिगमा मेलबर्न स्टार्सबाट खेल्दै नेपालबाट बिग ब्यास लिगमा खेल्ने पहिलो खेलाडी बनेर इतिहास रचेका मात्र छैनन, डेब्यू खेलमै सनसनी मच्चाएका छन् । […]

बमजन आश्रम यौन शोषण, हत्या-हिंसाको दुष्चक्र

१२ पुष २०७५, बिहीबार

रौतहटकी १८ वर्षीया गंगामाया तामाङले भदौ ३० गते शनिबार ललितपुरस्थित सामुदायिक रेडियोको कार्यालयमा पत्रकार सम्मेलन गरिन्। उनले ‘लिटिल बुद्ध’ भनेर संसारभर चिनिएका रामबहादुर बमजनले आफूमाथि बलात्कार गरेको आरोप लगाइन्। चार वर्ष बमजनको आश्रममा बस्दा देखेका र भोगेका दुर्व्यवहारबारे बोलिन्। गंगामाया बोलिरहँदा त्यहाँ उपस्थित बमजन पक्षधरले उनको भनाइ प्रतिवाद गर्यो। पूर्व स्वास्थ्य राज्यमन्त्री तथा बमजन निकट रहेर काम […]

नेपाल प्राध्यापक सङ्घ विन्ध्यवासिनी संस्कृत विद्यापीठ पोखरा, एकाईको सभापतिमा अम्बिकाप्रसाद भट्टराई निर्विरोध निर्वाचित

१२ पुष २०७५, बिहीबार

    पोखरा, नेपाल प्राध्यापक सङ्घ विन्ध्यवासिनी संस्कृत विद्यापीठ पोखरा, एकाईको सभापतिमा अम्बिकाप्रसाद भट्टराई निर्विरोध निर्वाचित हुनुभएको छ । उपसभापतिमा श्यामप्रसाद पौडेल, सचिवमा डा काशीनाथ कँडेल, सहसचिवमा डा भोलानाथ रेग्मी, कोषाध्यक्षमा रविभक्त बराल एवम् सदस्यद्वयमा रविभक्त बराल र भानुभक्त आचार्य रहनुभएको छ । अधिवेशनले नेपाल संस्कृत विश्वविद्यालय प्राध्यापक सङ्घका लागि डा भोलानाथ रेग्मी र आनन्दमणि […]

प्राज्ञ नियुक्तिप्रति असन्तुष्टि

१२ पुष २०७५, बिहीबार

    काठमाडौँ, जनसांस्कृतिक महासङ्घ, नेपाल सहित सात सङ्गठनले नेपाल प्रज्ञा–प्रतिष्ठानको नियुक्तिप्रति असन्तुष्टि जनाएका छन् । महासङ्घका अध्यक्ष सरल सहयात्रीसहित अखिल नेपाल लेखक सङ्घ, अखिल नेपाल जनकलाकार सङ्घ, अखिल नेपाल ललितकला सङ्घ, अखिल नेपाल चलचित्रकर्मी सङ्घ, अखिल नेपाल नाट्यकर्मी सङ्घ, लोकवार्ता परिषद्, नेपाल र इतिहास तथा समाज अध्ययन परिषद्का पदाधिकारीले संयुक्तरुपमा विज्ञप्ति निकाल्दै उक्त प्रतिष्ठानमा […]

नेपाल दूरसञ्चार प्राधिकरणका अध्यक्ष दीगम्बर झाद्वारा राजीनामा

१२ पुष २०७५, बिहीबार

    काठमाडौँ, नेपाल दूरसञ्चार प्राधिकरणका अध्यक्ष दीगम्बर झाले राजीनामा दिनुभएको छ । आज सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटालाई राजीनामा बुझाएको झाले जानकारी गराउनुभयो । झाले सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)बाट नै आफ्नो राजीनामा माग भएकाले नैतिकताका आधारमा राजीनामा दिएको रासससँग बताउनुभयो । झालाई अध्यक्ष पदबाट हटाउन नेकपाभित्रबाट सरकारलाई दबाब दिइएको थियो । […]