संगम सहकारीको साधारणसभा सम्पन्न

पोखरा । संगम बचत तथा ऋण सहकारी संस्था पोखरा १५ ले  साधारणसभा  सम्पन्न गरेको छ ।

साधारणसभाको उद्घाटन गर्दै पोखरा १५ का वडा अध्यक्ष एवम् संस्थाका शेयर सदस्य तोरण बहादुर बानियाँले वडा १५ कै पहिलो र ठुलो सहकारी संस्थाले गरेको प्रगतिले आफुलाई खुसी लागेको बताए ।

संगम बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष नबराज तिवारीले सबैको साथ सहयोगले गर्दा नै आज संगम गण्डकी प्रदेशकै उत्कृष्ट सहकारी बन्न सफल भएको भन्दै सबैलाई धन्यवाद व्यक्त गरे ।

लेखा सुपरिवेक्षण समिति संयोजक भोबिन्द्र गिरीले ऋण सुरक्षण कोषमा शतप्रतिशत रकमको ब्यवस्थापनले संस्थालाई मजबुत बनाउने भएकोले सबैले ढुक्कसँग कारोबार गर्न अनुरोध गरे ।

कार्यालय प्रमुख बृहस्पति अधिकारीको संस्थागत प्रस्तुति रहेको सभामा कानुनी सल्लाहकार दयाराम गौतम , उपाध्यक्ष बुद्धिमान थापा , सचिव धनराज पुरी , अक्षयकोषदाता सन्ध्या कुँवर , विद्यार्थी तुमिन थापा , शेयर सदस्यहरु ई. आनन्द सापकोटा , टकदेवी पुन लगायतले मन्तव्य राखेका थिए ।

सभालाई उद्घाटन र बन्द सत्र गरि दुई भागमा नगरिकन एकैपटकको बसाइमा विभिन्न विषय उपर छलफल समेत गरि सम्पन्न गरिएको हो ।

सभामा सचिव धनराज पुरीले पेस गरेको प्रगति प्रतिवेदन सहित भरत बहादुर थापाले पेस गरेको कोषाध्यक्षको प्रतिवेदन र भोविन्द्र गिरीले पेस गरेको लेखा सुपरिवेक्षण समितिको प्रतिवेदन पारित गरेको छ ।

यसैगरी २०८०/८१ को लेखा परिक्षकको प्रतिवेदन पनि पास भएको छ ।

सभाले गत आर्थिक वर्षको लाभांश तथा संरक्षित पुँजी फिर्ता कोषको रकम बितरण सम्बन्धी प्रस्ताव पनि पेस गरिएकोमा पारित भएको छ ।

सभामा संगम योग केसी स्मृति पुरस्कार र संगम सिद्धान्त कुँवर स्मृति छात्रवृत्ति पनि बितरण गरियो ।

सेयर सदस्यका परिवार मध्ये बाट कक्षा १२ मा उत्कृष्ट हुने दुई जनालाई दिइने संगम योग केसी स्मृति पुरस्कार बाट तुमिन थापा र कृतिका पुरीले नगद सहित सम्मान पत्र प्राप्त गरे ।

उनीहरुलाई अक्षयकोषदाता लक्ष्मी केसी र उनका परिवारले पुरस्कार प्रदान गरेका हुन् । यसैगरी सिद्ध माध्यमिक बिद्यालय पोखरा १५ मा कक्षा ९ र ११ मा अध्ययनरत विद्यार्थीहरु क्रमशः आयुस्मा पुन र एलिना श्रेष्ठले यस वर्षको संगम सिद्धान्त कुँवर स्मृति छात्रवृत्ति पाउन सफल भए ।

उनिहरुलाई पनि अक्षयकोषदाता सन्ध्या कुँवरले नगद र सम्मान पत्र सहित छात्रवृत्ति प्रदान गरिन् । सात करोड ५० लाख शेयर पुँजी , ४५ करोड ५२ लाख बचत , ४६ करोड ५८ लाख ऋण लगानी रहेको संस्थाको ६२ करोड ९२ लाख वासलात रहेको छ । यसैगरी जगेडा तथा अन्य कोषमा छ करोड ६७ लाख रहेको संस्थामा १२ करोड ७६ लाख तरलता रहेको छ ।

कास्की जिल्ला कार्यक्षेत्र भएको संस्थामा २९३३ जना शेयर सदस्य रहेका छन् । यसैगरी संस्थाले ऋण सुरक्षण कोषमा आवश्यक पर्ने शतप्रतिशत रकम रु. १,७६,४४,२३२/४५ ब्यवस्था गरेको छ ।

जिल्ला प्रशासन कार्यालय  कास्कीमा  ज्येष्ठ नागरिक विश्राम कक्ष एवम् स्वास्थ्य सहायता केन्द्रको स्थापना

 

 

पोखरा ।गण्डकी प्रदेश सरकारका सामाजिक विकास तथा स्वास्थ्य मन्त्री विन्दु कुमार थापाले ज्येष्ठ नागरिकलाई सहज र सरल सेवा उपलब्ध गराउनु  पर्नेमा  जाेड दिएका छन् । जिल्ला प्रशासन कार्यालय कास्लेकीले आइतबारबाट स्थापना गरेको ज्येष्ठ नागरिक विश्राम कक्ष एवम् स्वास्थ्य सहायता केन्द्रको स्थापना कार्यक्रममा बोल्दै मन्त्री थापाले यस्तो बताएका हुुन् ।
ज्येष्ठ नागरिकलाई लक्षित गर्दै स्थापना गरेको स्वास्थ्य सहायत केन्द्र  प्रभावकारी रुपमा स‌‌ञ्चालन  हुनु पर्ने  उनकाे भनाइ छ। गण्डकीको स्वास्थ्य मन्त्रालयले स्टाफ नर्स, बेड र निशुल्क औषधि उपलब्ध गराएको जानकारी  दिदै  मन्त्री थापाले  ज्येष्ठ नागरिकको सेवामा समर्पित हुनु सरकारको कर्तव्य भएको भनाई बताए     ।ज्येष्ठ नागरिक मैत्री कानून निर्माणमा प्रदेश सरकार  सचेत भएको उनले भनाइ छ ।

कार्यक्रममा बाेल्दै जिल्ला प्रशासन कार्यालय कास्कीका प्रमुख जिल्ला अधिकारी भरतमणी पाण्डेले कार्यालयमा ज्येष्ठ नागरिकको भीड देखेर उनीहरुको स्वास्थ्य सुरक्षाका लागि सहायता केन्द्रको स्थापना गरिएको बताए ।

राष्ट्रिय परिचयपत्र लिन आएका ज्येष्ठ नागरिकको भीड हुन थालेपछि कार्यालयले विश्राम कक्षको व्यवस्था गरेको उनले बताए । प्रशासन कार्यालयले सेवाग्राहीलाई विश्राम कक्षमा नै पुगेर सेवा प्रवाह गर्ने गरी काम गरिने प्रमुख जिल्ला अधिकारी  पाण्डेकाे भनाइ छ    । ज्येष्ठ नागरिकहरुलाई लाइन लााग्ने वातावरण नबनाउन तर्फ जिल्ला प्रशासन कार्यालय कास्की  सचेत रहेकाे  उनको भनाई    छ ।

टेवानले तीज सांस्कृतिक महोत्सव गर्ने

पोखरा ।  पर्यटन व्यवसायी महिला संघ नेपाल (टेवान) आयोजनामा पोखरामा ‘तीज सांस्कृतिक महोत्सव–२०८१’ हुने भएको छ ।
‘दिगो पर्यटनका लागि समान सहभागिता’ मूल नारासहित महिलाहरुको महान् पर्व हरितालिका तीज अवसरमा टेवानले दोस्रो संस्करणको रुपमा उक्त महोत्सव आयोजना गर्न लागेको हो ।
आइतबार पत्रकार सम्मेलनमा टेवान अध्यक्ष कमला गिरीले नेपालको संस्कार, संस्कृति, कला, धर्म कसरी पर्यटनमा जोड्न सकिन्छ भन्ने उद्देश्यले गत वर्षदेखि तीज सांस्कृतिक महोत्सव आयोजना गरेकोमा यसपालि पनि निरन्तरता दिइएको बताइन् । उनका अनुसार यही भदौ २१ र २२ गते लेकसाइडको वाराहीघाटमा उक्त महोत्सव हुनेछ । सो अवसरमा सांस्कृतिक तीज गीत प्रतियोगिता, खेलकुदका कार्यक्रम, बहस लगायत कार्यक्रम हुने छन् ।
महोत्सवको पहिलो दिन तीज पर्व नै भएकाले बिहान १० बजे वाराहीचोकदेखि सांस्कृतिक झाँकीसहितको ¥याली हुनेछ । वाराहीघाटस्थित नेपाल ट्रष्टको चौरमा बिहान ११ बजे औपचारिक उद्घाटन हुनेछ । साथै, सांस्कृतिक कार्यक्रम एवं तीज गीत प्रतियोगिता सुरु हुनेछ ।
दोस्रो दिन बिहानैदेखि खेलकुदका कार्यक्रम हुनेछन् । त्यसपछि तीज सन्दर्भमा महिला सशक्तीकरण, पर्यटन तथा संस्कृति विषयमा प्यानल डिस्कसन हुनेछ । संस्कृतिकर्मी तीर्थ श्रेष्ठ, राप्रपानेतृ खुश्वु ओली र डा.राजुराज अधिकारी वक्ता रहनेछन् । सहजीकरण पत्रकार दुर्गा अधिकारीले गर्ने छिन् ।
कार्यक्रम संयोजक शान्ता तिमिल्सिनाले तीज गीत प्रतियोगिताका लागि हालसम्म १६ टिमले दर्ता गरिसकेको र महोत्सव सुरु हुँदासम्म करिब ३० टिम पुग्न सक्ने बताइन् । ‘पर्यटन प्रवद्र्धनसम्बन्धी र महिला उद्यमशीलता विषयमा प्रतियोगीले तीज गीत प्रस्तुत गर्नुपर्नेछ । प्रथमले ३० हजार, दोस्रोले ३० हजार, तेस्रोले १५ हजार सान्त्वना १० टिमलाई ५÷५ हजार पुरस्कार र प्रमाणपत्र प्रदान गरिनेछ । उत्कृष्ट नृत्य र भेषभूषासहित झाँकी प्रदर्शन गर्नेलाई पनि पुरस्कारको व्यवस्था छ । एउटा टिममा बढीमा ७ जनासम्म कलाकार हुनुपर्नेछ । ७ मिनेटमा गाएर सक्नुपर्नेछ ।
अग्रज पर्यटन व्यवसायी गणेशबहादुर भट्टराईले पोखरालाई पर्यटनको राजधानी घोषणा गरेरमात्र नहुने सरकारले आवश्यक कार्ययोजना ल्याउनुपर्नेमा जोड दिए । उनले पोखराको पर्यटन प्रवद्र्धनमा टेवानले विविध कार्यक्रम गर्दै आएकोमा यो महोत्सवले पनि पर्यटन प्रवद्र्धनमा सघाउ पुग्ने विश्वास लिए ।
संस्थाका सल्लाहकार बोबरजंग गुरुङले अचेल पदयात्रा मासिदै गएकोमा चिन्ता व्यक्त गरे । उनले पर्यटन प्रवद्र्धनमा यसखालका मेला महोत्सवले सघाउ पुग्ने बताए ।
संस्थाका निवर्तमान अध्यक्ष रेणु थापाले महोत्सव सफल पार्न हरेक निकायबाट सहयोगको अपेक्षा गरिन् ।
टेवान अध्यक्ष कमला गिरीको अध्यक्षतामा भएको पत्रकार सम्मेलनमा स्वागत उपाध्यक्ष प्रभा सुवेदी र सञ्चालन महासचिव अनिता खड्का भट्टराईले गरेकी थिइन् ।
पोखराका पर्यटन व्यवसायी महिलाहरुको सक्रियतामा २०७४ सालमा टेवान स्थापना भएको सचिव शोभा अधिकारी पौडेलले बताइन् ।

माैलिकताकाे जगेर्ना गर्दै तीज मनाउनुपर्नेमा जाेड

पाेखरा।उच्च अदालत पाेखराका न्यायाधीश मेरिना श्रेष्ठले माैलिकताकाे जगेर्ना गर्दै तीज पर्व मनाउनुपर्नेमा जाेड दिनु भएको छ।

शुक्रबार पाेखरामा उच्च अदालत वार एशाेसियसन पाेखरा महिला केन्द्र र कास्की जिल्ला अदालत वार एशाेसियसन महिला केन्द्रले संयुक्त रुपमा आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रममा बाेल्दै उहाँले तीज महिलाको स्वतन्त्रताको वकालत गर्ने पर्व भएको उल्लेख गर्नुभयो ।

कानुनले प्रदान गरेका हक अधिकारकाे व्यवाहारिक कार्यन्वयनमा महिला अधिबक्ताहरुकाे महत्त्वपूर्ण भुमिका रहने उहाँको भनाई थियाे।

महिलाको हरेक क्षेत्रमा अर्थपूर्ण सहभागीताका लागि  क्षमता विकास गर्दै महिला अगाडी बढ्नु पर्ने  उहाँको भनाइ थियाे। हरेक खालका हिंसा र बिभेदमा परेका महिलाको न्यायमा पहुँच बढाउन महिला अधिबक्ताले महत्त्वपूर्ण भुमिका खेल्न सक्ने उहाँको भनाइ थियाे।

उच्च अदालत वार एशाेसियसन पाेखरा महिला केन्द्रका   संयाेजक अधिबक्ता भुवन पराजुलीकाे अध्यक्षतामा भएको कार्यक्रममा   नेपाल वार काउन्सिलका गण्डकी प्रदेश पार्षद वरिष्ठ अधिबक्ता मुकुन्द अर्याल ,बरिस्ठ अधिबक्ता पदमपाणी देवकोटा ,नेपाल वार एशाेसिएसनका पुर्व उपाध्यक्ष अनिता गुरुङ ,पुर्व केन्द्रीय सदस्य कल्पना भण्डारी ,उच्च अदालत बार एशाेसियसन पाेखराका अध्यक्ष विष्णु मरासिनी, पुर्व अध्यक्ष फणीन्द्रराज काेईराला,अधिवक्ता डा.शाेभा पराजुली ,कास्की जिल्ला बार एशाेसियसन कास्कीका अध्यक्ष भगवती पहारी ,अधिबक्ता जुना कुमारी गुरुङ ,अधिवक्ता कमल पाैडेल लगायतले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियाे।

कार्यक्रममा स्वागत मन्तव्य कास्की जिल्ला अदालत वार एशाेसियसन महिला केन्द्रका   संयाेजक अधिबक्ता प्रिती पाण्डेले गर्नुभएको थियाे भने कार्यक्रमकाे संचालन  उच्च अदालत वार एशाेसियसन पाेखरा महिला केन्द्रका  सचिव  अधिबक्ता माधवी पाण्डेले गर्नु भएको थियाे।