पाकिस्तान राजदूतवासद्धारा आयोजित वक्तृत्वकला प्रतियोगितामा पोखराकी प्राप्ति लम्साल प्रथम

काठमाडौं ।  पाकिस्तान राजदूतावास, काठमाडौंको आयोजनामा भएको आठौ वार्षिक वक्तृत्वकला प्रतियोगिता पोखराकी प्राप्ति लम्साल प्रथम भएकी छन् । “पढाइको भविष्यः किताब कि बाइट्स? (द्यययपक यच द्यथतभकस् तजभ ँगतगचभ या ीभबचलष्लन० विषयमा भएको वक्तृत्वकला प्रतियोगितामा वन विज्ञान अध्ययन संस्था, पोखराकी छात्रा प्राप्ति लम्सालले उत्कृष्ट प्रस्तुति दिँदै पहिलो स्थान प्राप्त गर्न सफल भएकी हुन् । उनले नगद ४० हजार , गोल्ड मेडल र प्रमाणपत्र प्राप्त गरेकी छिन् ।  त्यसैगरी सो प्रतियोगितामा शिवपुरी कलेज काठमाडौंकी रीता काफ्ले दोस्रो र सेंट जेभियर स्कुल जावलाखेलका रितेश देवले तेस्रो स्थान हासिल गरेका छन् । विजेताहरूलाई पदक, नगद पुरस्कार र प्रमाणपत्र प्रदान गरिएको थियो। अन्य उत्कृष्ट वक्ताहरूलाई पनि विशेष पुरस्कार वितरण गरिएको थियो ।  उनीहरुले क्रमश नगद तीस हजार, बीस हजार प्राप्त गरेका छन् । दुतावासले “कृत्रिम बुद्धिमत्ता र मानव जातिको भविष्य” विषयक १२ औं निवन्ध प्रतियोगिता पनि सम्पन्न गरेको थियो । निवन्ध प्रतियोगितामा विवेक निकेतन सेकेन्डरी स्कुलल काठमाडौंका प्रतिक पोखरेल प्रथम, सोही विद्यालयका आयुष शाह दोस्रो र सेन्ट जोसेफ इलिंस एकेडेमीका सन्जोक मगरले तेस्रो स्थान हासिल गरि स्वर्ण रजत र कास्य पदक सहित नगद पुरस्कार प्राप्त गरेका थिए । साथै अन्य उत्कृष्ट १० लाइ पनि नगद पुरस्कार प्रदान गरिएको थियो । दुई सातासम्म चरणबद्ध रूपमा सञ्चालन भई बुधबार एक विशेष समारोहबीच समापन गरिएको उक्त कार्यक्रममा प्रमुख अतिथि मधेसी आयोग नेपालका संस्थापक प्रमुख आयुक्त डा. विजय कुमार दत्तले पाकिस्तानको शिक्षा, स्वास्थ्य र सामाजिक क्षेत्रमा भइरहेको सहयोगको प्रशंसा गर्दै यस्ता प्रतियोगिताले नेपाल–पाकिस्तानबीचको सम्बन्ध बलियो बनाउन योगदान पु¥याउने बताए । नेपालका लागि पाकिस्तानका राजदूत अब्दुल्ला हारुन अल हाश्मीले युवा विद्यार्थीहरूमा समसामयिक विषयमा चिन्तन गर्ने क्षमता विकास गर्न यस्ता प्रतियोगिता महत्त्वपूर्ण रहेको उल्लेख गरे । विगत १२ वर्ष र ८ वर्ष देखि संचालित यस्ता प्रतियोगिताहरू नेपाली युवामाझ लोकप्रिय बन्दै गएको उनको भनाइ थियो ।  देशभरका विद्यालय तथा विश्वविद्यालयबाट सहभागिता जनाउँदै आएका विद्यार्थीहरूद्वारा यस्ता प्रतिस्पर्धाले दुई देशबीचको सांस्कृतिक र शैक्षिक सम्बन्धलाई थप सुदृढ बनाउने विश्वास गरिएको छ ।

पोखरामा हिंसापीडित महिलाहरूका लागि दीर्घकालीन पुनर्स्थापना केन्द्र सञ्चालनमा

पोखरा  । गण्डकी प्रदेश सरकार र पोखरा महानगरपालिकाको सहकार्यमा स्थापित दीर्घकालीन पुनर्स्थापना केन्द्र सञ्चालनमा आएको छ । पोखरा ३३ पुष्पवस्तीमा स्थापना गरिएको केन्द्रको गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले शुक्रवार एक समारोहका बिच उद्घाटन गर्नुभएको हो ।
मुख्यमन्त्री पाण्डेले प्रदेश सरकारले सामाजिक न्याय र मानवीय मर्यादालाई उच्च प्राथमिकतामा राख्दै सेवा प्रवाहमा ध्यान केन्द्रित गरिरहेको बताउनुभयो । केन्द्र गण्डकी प्रदेशको सामाजिक रूपान्तरणको अभियानमा कोशे ढुङ्गा साबित हुने उहाँले विश्वास समेत व्यक्त गर्नुभयो । सामाजिक विकास, युवा तथा खेलकुद मन्त्री विन्दुकुमार थापाले हिंसापीडित महिलाहरूलाई कम्तीमा ६ महिना र बढीमा २ वर्ष सम्म राख्ने व्यवस्था मिलाउने गरी पुनर्स्थापना केन्द्र सञ्चालनमा आएको बताउनुभयो ।
पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले यो पुनर्स्थापना केन्द्र पीडित महिलाहरूलाई आश्रय, सुरक्षा र आत्मनिर्भर जीवनयापन तर्फ अग्रसर गराउने एक सशक्त प्रयासका रूपमा उल्लेख गर्नुभएको छ । पोखरा महानगरपालिका यस किसिमका सामाजिक सरोकारका विषयमा एकल वा साझेदारीमा कार्यहरू गर्न निरन्तर प्रतिबद्ध रहेको उहाँले बताउनुभयो । पुनर्स्थापना केन्द्रबाट धेरै महिलाहरूको जीवनमा सकारात्मक परिवर्तन ल्याउन सकिने उहाँले विश्वास व्यक्त गर्नुभएको छ ।
कास्कीका प्रमुख जिल्ला अधिकारी भरतमणि पाण्डेले एकद्वार प्रणालीबाट सञ्चालन हुने गरी सामूहिक प्रयासमा केन्द्र अगाडि बढ्नुपर्ने धारणा राख्नुभयो ।
प्रमुख सचिव शोभाकान्त पौडेलले दीर्घकालीन रूपमा स्थायी संस्था निर्माण गरी परिणाम दिने ढङ्गले अगाडि बढ्नुपर्ने बताउनुभयो ।
कोपिला नेपालकी विना सिलवालले घरपरिवार र समाजबाट समस्या भोगेका छोरीहरूको संरक्षण गृहका रूपमा केन्द्रको उपयोगिता सार्थक हुनुपर्ने बताउनुभयो ।
पोखरा महानगरपालिका वडा नं.३३ का वडाध्यक्ष रामचन्द्र अधिकारीले आफ्नो वडामा बनेकामा खुसी व्यक्त गर्नुभयो ।
केन्द्र स्थापनासँगै घर–परिवार तथा समाजबाट उपेक्षामा परेका छोरीहरू, मानसिक स्वास्थ्य समस्याको सामना गरिरहेका व्यक्ति तथा दुर्व्यसनमा फसेकाहरूको दीर्घकालीन पुनर्स्थापनाको सुरुवात हुने विश्वास गरिएको छ । केन्द्र गण्डकी प्रदेशका लागि मात्र नभई समग्र नेपालको पुनर्स्थापना र मानसिक स्वास्थ्य क्षेत्रमा एक महत्त्वपूर्ण कदमका रूपमा हेरिएको छ ।

मर्दीखोलाकाे ड्याममा पौडी खेल्ने क्रममा डुबेर दुई बालकको मृत्यु

पाेखरा ।    पोखरा महानगरपालिका वडा नं २५ स्थित मर्दी खोलाको ड्याममा बिहिबार दिउसो पौडी खेल्ने क्रममा डुबेर दुई बालकको मृत्यु भएको छ । पौडी खेल्न गएका माछापुच्छ«े गाउँपालिका–६ अस्तामका १४ वर्षीय विशाल परियार र १३ वर्षीय विवश परियारको डुबेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक हरिबहादुर बस्नेतले जानकारी दिनुभयो । साथीहरुका साथमा पौडी खेल्ने क्रममा दिउसो २ बजेको समयमा दुई जना एक्कासी डुबेर बेपत्ता भएको सूचनापछि सशस्त्र प्रहरी बल कालिका गण मालेपाटनबाट गएको गोताखोर सहितको उद्धार टोलीले उद्धार गरेको सशस्त्र प्रहरी बल, नेपाल नं २४ गण हेडक्वार्टर कालिका कास्कीका प्रमुख सशस्त्र प्रहरी उपरीक्षक सूर्यप्रसाद तिमिल्सिनाले जानकारी दिनुभयो । मृतकको शव परीक्षणका लागि पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान अन्तर्गतको पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा ल्याइएको प्रहरी नायब उपरीक्षक बस्नेतले जानकारी दिनुभयो ।

आफ्नो अधिकारको प्रयोग गर्दा अरुको अधिकार हनन भए नभएको बारे ख्याल गर्न जरुरी

पोखरा ।   गण्डकी प्रदेशका प्रमुख डिल्लीराज भट्टले मानव अधिकारको सवालमा आफू सचेत हुनुपर्ने र अरूको सम्मान गर्नुपर्ने बताउनुभएको छ ।राष्ट्रिय मानव अधिकार आयोगको २५ औं वार्षिकोत्सवका अवसरमा आयोगको गण्डकी प्रदेश कार्यालयले आयोजना गरेको वार्षिकोत्सव समारोहमा प्रदेश प्रमुख भट्टले आफ्नो अधिकारको प्रयोग गर्दा अरुको अधिकार हनन भए नभएको बारे ख्याल गर्न जरुरी रहेको बताउनुभयो । सबैले जिम्मेवारीपूर्वक आफ्नो हक प्रयोग गर्दा मात्र समतामूलक र न्यायपूर्ण समाज निर्माण गर्न सकिनेमा प्रदेश प्रमुख भट्टको जोड छ । कार्यक्रममा बाेल्दै कास्कीका प्रमुख जिल्ला अधिकारी भरतमणी पाण्डेले मुलुकमा मानव अधिकार संस्कृतिको विकास गर्दै मानव अधिकारको सम्मान र संरक्षण गर्ने सवालमा  आयोगले आफ्नो स्थापनाकालदेखि नै महत्वपूर्ण योगदान गर्दै आइरहेको बताउनुभयाे । मानव अधिकार मानिसले जन्मसिद्ध रूपमा प्राप्त गरी स्वतन्त्रतापूर्वक उपभोग गर्न पाउने आधारभूत अधिकार रहेको र यी अधिकारहरू मानिसको मानव मर्यादा, इज्जत र प्रतिष्ठाका लागि सिर्जित भएको हुँदा मानिसलाई मानिस भएर बाँच्नका लागि अपरिहार्य रहेको उहाँको भनाई छ ।