कास्कीका सिडिओ भरतमणि पाण्डेकाे सरूवा, कास्कीकाे सिडिओकाे जिम्मेवारी रुद्रादेवी शर्मालाइ
कास्की । गृह मन्त्रालयले केही जिल्लाका प्रमुख जिल्ला अधिकारी (प्रजिअ) को सरुवा गरेको छ । बर्दिया, कास्की, धनुषालगायतका जिल्लाका सिडिओहरूको फेरबदल गरेकाे हाे ।
कास्कीका सिडिओ भरतमणि पाण्डेलाई मन्त्रालयमा तानिएको छ । बर्दियाकी प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्मालाई कास्की जिल्ला प्रशासन कार्यालयमा सरुवा गरिएको छ । शर्माको स्थानमा मन्त्रालयको अतिरिक्त समूहमा रहेका सुरेन्द्र पौडेललाई बर्दियाको जिम्मेवारी दिइएको छ ।
यसैगरी, धनुषाका प्रजिअ रामु राज कडरियालाई मन्त्रालयमा तानिएको छ भने शंकरहरि आचार्यलाई धनुषाको प्रजिअको जिम्मेवारी दिइएको छ ।
कार्यसम्पादनमा सुधार भएको नतिजाले थप उत्साहित बनाएकाे छ : प्रमुख जिल्ला अधिकारी ढकाल
म्याग्दी । कार्यसम्पादन मुल्यांकनमा जिल्ला प्रशासन कार्यलय म्याग्दीमा सुधार देखिएको छ।
आर्थिक बर्ष २०८१/०८२ काे तेस्रो चाैमासिककाे कार्यसम्पादन मुल्यांकन नतिजामा जिल्ला प्रशासन कार्यलय म्याग्दीकाे कार्यसम्पादन मुल्यांकन नतिजामा सुधार देखिएको हाे ।
मंगलबार गृहमन्त्रालयले सार्वजनिक गरेको जिल्ला प्रशासन कार्यलयहरुकाे आर्थिक बर्ष २०८१/०८२ काे तेस्रो चाैमासिककाे कार्यसम्पादन मुल्यांकन नतिजामा जिल्ला प्रशासन कार्यलय म्याग्दी देशभरका जिल्ला प्रशासन मध्ये
१७ दशमलव ८७५ अंक प्राप्त गरेर दशाैं स्थानमा परेको हाे भने उपसचिवले नेतृत्व गरेको प्रशासनमा भने दाेस्राे स्थानमा पर्न सफल भएको छ।
आर्थिक बर्षकाे पहिलो चाैमासिकमा ५५ औं स्थानमा परेकाे म्याग्दी प्रशासन कार्यलय दाेस्राे चाैमासिकमा २३ औं स्थानमा पर्न सफल भएको थियाे ।
चालु आर्थिक बर्षकाे दाेस्राे चाैमासिककाे सुरुदेखि म्याग्दी जिल्लामा प्रमुख जिल्ला अधिकारीकाे जिम्मेवारीमा उपसचिव गुरुदत्त ढकाल रहनुभएकाे छ।
प्रमुख जिल्ला अधिकारी ढकालले आफुले प्रशासनकाे नेतृत्व लिदै गर्दा कार्यसम्पादनमा सुधार भएको नतिजाले थप उत्साहित भएको पाेखरा पाेष्टलाई जानकारी दिनुभयो ।
´नागरिकलाई सहज रुपमा सेवा दिने उदेश्यले हामी पछिल्लो समय वडामै पुगेर राष्ट्रिय परिचयपत्र वितरण गरेका छाैं , प्रजिअ ढकालले भन्नुभयाे ´ जिल्ला प्रशासन कार्यलयवाट प्रवाह हुने सेवालाई छिटाे छरितो र चुस्त दुरुस्त बनाउन हामी प्रतिबद्ध छाै।´
गृह मन्त्रालयले शान्ति सुरक्षा,विपद ब्यबस्थापन ,गुनासो ब्यबस्थापन ,सेवा प्रवाह,लागू औषध नियन्त्रण लगायतको सुचककाे आधारमा मातहतका निकायहरूकाे प्रत्येक तीन /तीन महिनामा कार्यसम्पादन मुल्यांकन गर्ने गर्दछ।
पाकिस्तान राजदूतवासद्धारा आयोजित वक्तृत्वकला प्रतियोगितामा पोखराकी प्राप्ति लम्साल प्रथम
काठमाडौं । पाकिस्तान राजदूतावास, काठमाडौंको आयोजनामा भएको आठौ वार्षिक वक्तृत्वकला प्रतियोगिता पोखराकी प्राप्ति लम्साल प्रथम भएकी छन् ।
“पढाइको भविष्यः किताब कि बाइट्स? (द्यययपक यच द्यथतभकस् तजभ ँगतगचभ या ीभबचलष्लन० विषयमा भएको वक्तृत्वकला प्रतियोगितामा वन विज्ञान अध्ययन संस्था, पोखराकी छात्रा प्राप्ति लम्सालले उत्कृष्ट प्रस्तुति दिँदै पहिलो स्थान प्राप्त गर्न सफल भएकी हुन् । उनले नगद ४० हजार , गोल्ड मेडल र प्रमाणपत्र प्राप्त गरेकी छिन् । त्यसैगरी सो प्रतियोगितामा शिवपुरी कलेज काठमाडौंकी रीता काफ्ले दोस्रो र सेंट जेभियर स्कुल जावलाखेलका रितेश देवले तेस्रो स्थान हासिल गरेका छन् । विजेताहरूलाई पदक, नगद पुरस्कार र प्रमाणपत्र प्रदान गरिएको थियो। अन्य उत्कृष्ट वक्ताहरूलाई पनि विशेष पुरस्कार वितरण गरिएको थियो । उनीहरुले क्रमश नगद तीस हजार, बीस हजार प्राप्त गरेका छन् ।
दुतावासले “कृत्रिम बुद्धिमत्ता र मानव जातिको भविष्य” विषयक १२ औं निवन्ध प्रतियोगिता पनि सम्पन्न गरेको थियो । निवन्ध प्रतियोगितामा विवेक निकेतन सेकेन्डरी स्कुलल काठमाडौंका प्रतिक पोखरेल प्रथम, सोही विद्यालयका आयुष शाह दोस्रो र सेन्ट जोसेफ इलिंस एकेडेमीका सन्जोक मगरले तेस्रो स्थान हासिल गरि स्वर्ण रजत र कास्य पदक सहित नगद पुरस्कार प्राप्त गरेका थिए । साथै अन्य उत्कृष्ट १० लाइ पनि नगद पुरस्कार प्रदान गरिएको थियो ।
दुई सातासम्म चरणबद्ध रूपमा सञ्चालन भई बुधबार एक विशेष समारोहबीच समापन गरिएको उक्त कार्यक्रममा प्रमुख अतिथि मधेसी आयोग नेपालका संस्थापक प्रमुख आयुक्त डा. विजय कुमार दत्तले पाकिस्तानको शिक्षा, स्वास्थ्य र सामाजिक क्षेत्रमा भइरहेको सहयोगको प्रशंसा गर्दै यस्ता प्रतियोगिताले नेपाल–पाकिस्तानबीचको सम्बन्ध बलियो बनाउन योगदान पु¥याउने बताए ।
नेपालका लागि पाकिस्तानका राजदूत अब्दुल्ला हारुन अल हाश्मीले युवा विद्यार्थीहरूमा समसामयिक विषयमा चिन्तन गर्ने क्षमता विकास गर्न यस्ता प्रतियोगिता महत्त्वपूर्ण रहेको उल्लेख गरे । विगत १२ वर्ष र ८ वर्ष देखि संचालित यस्ता प्रतियोगिताहरू नेपाली युवामाझ लोकप्रिय बन्दै गएको उनको भनाइ थियो । देशभरका विद्यालय तथा विश्वविद्यालयबाट सहभागिता जनाउँदै आएका विद्यार्थीहरूद्वारा यस्ता प्रतिस्पर्धाले दुई देशबीचको सांस्कृतिक र शैक्षिक सम्बन्धलाई थप सुदृढ बनाउने विश्वास गरिएको छ ।
पोखरामा हिंसापीडित महिलाहरूका लागि दीर्घकालीन पुनर्स्थापना केन्द्र सञ्चालनमा
पोखरा । गण्डकी प्रदेश सरकार र पोखरा महानगरपालिकाको सहकार्यमा स्थापित दीर्घकालीन पुनर्स्थापना केन्द्र सञ्चालनमा आएको छ । पोखरा ३३ पुष्पवस्तीमा स्थापना गरिएको केन्द्रको गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले शुक्रवार एक समारोहका बिच उद्घाटन गर्नुभएको हो ।
मुख्यमन्त्री पाण्डेले प्रदेश सरकारले सामाजिक न्याय र मानवीय मर्यादालाई उच्च प्राथमिकतामा राख्दै सेवा प्रवाहमा ध्यान केन्द्रित गरिरहेको बताउनुभयो । केन्द्र गण्डकी प्रदेशको सामाजिक रूपान्तरणको अभियानमा कोशे ढुङ्गा साबित हुने उहाँले विश्वास समेत व्यक्त गर्नुभयो । सामाजिक विकास, युवा तथा खेलकुद मन्त्री विन्दुकुमार थापाले हिंसापीडित महिलाहरूलाई कम्तीमा ६ महिना र बढीमा २ वर्ष सम्म राख्ने व्यवस्था मिलाउने गरी पुनर्स्थापना केन्द्र सञ्चालनमा आएको बताउनुभयो ।
पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले यो पुनर्स्थापना केन्द्र पीडित महिलाहरूलाई आश्रय, सुरक्षा र आत्मनिर्भर जीवनयापन तर्फ अग्रसर गराउने एक सशक्त प्रयासका रूपमा उल्लेख गर्नुभएको छ । पोखरा महानगरपालिका यस किसिमका सामाजिक सरोकारका विषयमा एकल वा साझेदारीमा कार्यहरू गर्न निरन्तर प्रतिबद्ध रहेको उहाँले बताउनुभयो । पुनर्स्थापना केन्द्रबाट धेरै महिलाहरूको जीवनमा सकारात्मक परिवर्तन ल्याउन सकिने उहाँले विश्वास व्यक्त गर्नुभएको छ ।
कास्कीका प्रमुख जिल्ला अधिकारी भरतमणि पाण्डेले एकद्वार प्रणालीबाट सञ्चालन हुने गरी सामूहिक प्रयासमा केन्द्र अगाडि बढ्नुपर्ने धारणा राख्नुभयो ।
प्रमुख सचिव शोभाकान्त पौडेलले दीर्घकालीन रूपमा स्थायी संस्था निर्माण गरी परिणाम दिने ढङ्गले अगाडि बढ्नुपर्ने बताउनुभयो ।
कोपिला नेपालकी विना सिलवालले घरपरिवार र समाजबाट समस्या भोगेका छोरीहरूको संरक्षण गृहका रूपमा केन्द्रको उपयोगिता सार्थक हुनुपर्ने बताउनुभयो ।
पोखरा महानगरपालिका वडा नं.३३ का वडाध्यक्ष रामचन्द्र अधिकारीले आफ्नो वडामा बनेकामा खुसी व्यक्त गर्नुभयो ।
केन्द्र स्थापनासँगै घर–परिवार तथा समाजबाट उपेक्षामा परेका छोरीहरू, मानसिक स्वास्थ्य समस्याको सामना गरिरहेका व्यक्ति तथा दुर्व्यसनमा फसेकाहरूको दीर्घकालीन पुनर्स्थापनाको सुरुवात हुने विश्वास गरिएको छ । केन्द्र गण्डकी प्रदेशका लागि मात्र नभई समग्र नेपालको पुनर्स्थापना र मानसिक स्वास्थ्य क्षेत्रमा एक महत्त्वपूर्ण कदमका रूपमा हेरिएको छ ।