सृजनशील स्वाबलम्बन कृषि सहकारीकाे दशाैं वार्षिक साधारणसभा सम्पन्न

 

पाेखरा।पाेखरा -३ नदिपुरमा रहेको सृजनशील स्वाबलम्बन कृषि सहकारीकाे दशाैं वार्षिक साधारणसभा शुक्रबार पाेखरामा सम्पन्न भएको छ।

साधारणसभाकाे उद्घाटन गर्दै जिल्ला सहकारी संघ कास्कीका अध्यक्ष सावित्री काेईरालाले सहकारीकाे विषयमा सुनेका हल्लाकाे पछि नलागी आफ्नो संस्था बलियो वनाउन तर्फ लाग्नुपर्नेमा जाेड दिनुभयो ।सहकारीका ऐन नियम अनुसार चलेका सहकारीलाई वजारकाे हल्लाले केही फरक नपार्ने  उहाँले  बताउनुभयो ।शेयर सदस्य वीचकाे  सहकार्यले मात्रै सहकारी सफल हुने उहाँकाे भनाइ थियाे ।

कार्यक्रममा अध्यक्षकाे प्रतिबेदन संस्थाका अध्यक्ष जगन्नाथ सुवेदीले   प्रस्तुत गनृुभएकाे  थियाे भने काेषाध्यक्षकाे प्रतिबेदन संस्थाका काेषाध्यक्ष गायत्री कुँवरले प्रस्तुत गर्नुभएको थियाे।

लेखा समितिकाे प्रतिवेदन लेखा संयाेजक फणीन्द्र प्रसाद पाैडेलले  प्रस्तुत गर्नुभएको थियाे।

संस्थाका अध्यक्ष जगन्नाथ सुवेदीकाे  अध्यक्षतामा भएकाे कार्यक्रममा स्वागत       मन्तव्य संस्थाका वरिष्ठ उपाध्यक्ष गीता कुवँर अधिकारीले गर्नुभएको थियाे भने कार्यक्रमकाे संचालन संस्थाका सचिव जगत पाैडेलले गर्नुभएको थियाे।

कार्यक्रममा पाेखरा महानगरपालिका  आर्थिक बिकास महाशाखा प्रमुख मनहर कडरियाले कृषी सम्बन्धी प्रशिक्षण दिनुभएकाे थियाे ।

 

 

 

तीज विशेष कार्यक्रममा भलिबल कप्तान अरुणा शाही र पत्रकार जमुना वर्षा सम्मानित

फोटोग्राफर महिलाले गरे दर खाने पैसाले बालआश्रममा सहयाेग

पोखरा । पोखरा फोटोग्राफर संघ संग आवद्ध महिला फोटोग्राफरहरुले पोखरा रानिपौवामा रहेको सत्यशाई बालआश्रममा खाद्यान्न समाग्री हस्तान्तरण गरी तिज मनाएको छ ।

बिभिन्न समयमा हुने कार्यक्रममा  जम्मा गरेको रकम लाई सदुपयोग गर्दै पोखरा फोटोग्राफर संघ, महिला उपसमितिले हरितालिका तीज पर्वको अवसरमा दर खाने पैसाले सत्यशाई बालआश्रम रानीपौवाका आश्रीत बालकहरुलाई खाधान्न सामाग्री हस्तान्तरण गरेको हो ।
तडकभडक रहित तिज र सबैका लागी तिज भन्ने उद्येश्यले हरेक बर्ष तिजको उपलक्ष्यमा सहयोग कार्य निरन्तर रहेको महिला उप समितिका संयोजक रिता पौडेल ले बताईन । अनाथ तथा असाहायहरुलाई सहयोग गर्नैका लागी २०६९ सालमा तत्कालिन अध्यक्ष दुर्गाप्रसाद पौडेलको रोहबरमा महिला उपसमितिले संचालन गर्ने गरि सहयोग पेटिका कोष नै स्थापना गरेको कुरा कोषाध्यक्ष नन्दकला पौडेल ले बताईन ।महिलाहरुलाई पनि फोटोग्राफीमा तथा सामाजिक कार्यमा सक्रिय बनाउदै २०६७ साल देखी पोखरा फोटोग्राफर संघले महिला उप समिति गठन गरी बिभिन्न कार्यहरु गर्दै आएको कुरा संस्थापक सयोजक तिर्थ श्रेष्ठले बताईन।
आश्रममा देशभरका बिभिन्न जिल्लाका १० जना अनाथ बालकहरु आश्रीत छन । बुधबार एक कार्यक्रमका बिच बाल आश्रमका बालकहरुलाई सो खाधान्न सामाग्रीहरु ह्स्तान्तरण गरियो ।साथै बालआश्रमकी अध्यक्ष बकावली शाक्य रंजितले इश्वरको कृपाले आज सम्म बाल बालिकालाई सहयोग माग्नु नपरेको बताउदै सहयोगदाताहरुले नै स्वतः स्फुर्त रुपमा दिदै आउनुभएको सहयोग बाट आश्रमको गुजरा चलिरहेको बताईन ।
कार्यक्रममा महिला उपसमितिका पुर्व संयोजकहरु तिर्थ श्रेष्ठ, पुर्ण कुमारी थापा, शान्ति सुवेदी साथै संस्थाका संरक्षक गणेश छबि पूर्व अध्यक्ष घनश्याम पौडेल ,तुलसी राम सुवेदी उपाध्यक्ष भक्त तामाङ कोषाध्यक्ष नन्दकला पौडेल लगायतको उपस्थिती रहेको थियो ।संस्थाका अध्यक्ष रामचन्द्र पोखरेलको अध्यक्षतामा भएको कार्यक्रमको सचिव देवानन्द पोखरेलले संचालन गरेका थिए ।

 

संस्कार सहितको शिक्षा आजको आवश्यकता : मन्त्री थापा

पोखरा । गण्डकी प्रदेश सरकारका सामाजिक विकास तथा स्वास्थ्य मन्त्री विन्दु कुमार थापाले संस्कार सहितको शिक्षाको आजको आवश्यकता रहेको बताएका छन् । राष्ट्रिय निजी तथा आवासीय विद्यालय एसोसिएसन नेपाल नेशनल प्याब्सन कास्कीले शनिबार आयोजना गरेको अभिभावक अभिमुखीकरण कार्यक्रममा मन्त्री थापाले यस्तो बताएका हुन् ।
अभिभावकको अज्ञानताले, बालबालिकाप्रति गरिने नकारात्मक व्यवहारले उसको जीवनमा नकरात्मक प्रभाव पर्ने बताउँदै मन्त्री थापाले अभिभावकले यसमा विशेष ध्यान दिनुपर्ने बताए । बाबुआमा हजुरबा हजुरआमाका आनी बानी बोली व्यवहार बच्चाले नजिकबाट नियालिरहेको हुनाले त्यसै अनुरुपको सिकाई प्रति अभिभावक चनाखो हुनुपर्ने आवश्यकतालाई उनले औंल्याएका छन् ।
“समाज परिवर्तनसँगै अभिभावकको भूमिका पनि परिवर्तन भएको छ । अन्तर पुस्ता जोड्ने, बाबुआमा वा मान्यजनप्रति गरिने व्यवहार, संस्कार र संस्कृति सिकाउने जिम्मा पनि अभिभावककै हो ।”, उनले भने ।
समाजमा भएका ज्ञान गुणका कुरा, शास्त्रमा भएका ज्ञान गुणका कुरा र बाहिरी जगतमा भएका ज्ञान गुणका कुरा अभिभावकबाट नै बालबालिकाले सिक्ने हुँदा सकरात्मक चिन्तनको विकास तर्फ लाग्नुपर्ने उनले बताए । बालबालिकाको उत्सुकता र आवश्यकतालाई अभिभावकहरुले सही सम्बोधन गर्न सकेमात्र उनीहरुमा आत्मविश्वास र आत्मसम्मान बढ्ने भनाई उनको छ । शिक्षित र सुसंस्कृत अभिभावकले आफ्ना बालबालिकाहरुको मनोविज्ञान बुझेर सोही अनुरुप मार्गदर्शन गर्नुपर्ने उनले बताए ।
सामाजिक सञ्जालको सही प्रयोग गर्ने बाटोमा आफ्ना बालबालिकालाई डोह¥याउन अभिभावक स्वयमले सामाजिक सञ्जालको समुचित प्रयोग गर्नुपर्ने धारणा मन्त्री थापाको छ । विगतमा विद्यार्थीहरुलाई मात्र केन्द्रित गरी विभिन्न कार्यक्रमहरु गर्ने गरिएकोमा अहिले अभिभावकहरुलाई समेत समेट्ने गरी प्रदेश सरकारले कार्यक्रम तय गरेको जानकारी उनले गराए । प्रदेश सरकारले यस आर्थिक वर्षदेखि अभिभावक शिक्षा तथा वृत्ति परामर्श, मानव मूल्य र सीपको विकास जस्ता कार्यक्रमका लागि बजेट विनियोजन गरेको भनाई उनको छ ।
शिक्षक विद्यार्थी प्रतिभा पहिचान, असल अभ्यास प्रवर्द्धन, सिक्दै कमाउदै कार्यक्रम, सिकाउनका लागि पढाइ कार्यक्रम, न्यून सिकाइ उपलव्धि भएका विषयमा अतिरिक्त कक्षाको व्यवस्था, विद्यार्थीहरुका लागि सृजनात्मक लेखन र बालबालिकाहरुका लागि साहित्यिक पुस्तक वितरण कार्यक्रमका साथै सिकाउनका लागि पढाई लगायतका महत्वपूर्ण कार्यक्रमहरु यो आवमा कार्यान्वयन हुने उनले बताए । यसका साथै शिक्षक विद्यार्थी, अभिभावक लगायतका सरोकारवालाहरुमा आत्म अनुसाशन वृद्धि गर्ने अभिप्रायले प्रदेश सरकारले यसै आ.व. देखि प्रदेशभर योग ध्यान र जीवनविज्ञानका कार्यक्रम पनि सञ्चालन गर्दैछ ।
प्रदेश शिक्षा निर्देशनालयका प्रमुख अम्बिका प्रसाद आचार्यले शिष्टता, सालिनता, परिश्रमीको शिक्षा अभिभावकले नै बालबालिकालाई सिकाउन सक्ने बताए । धनको लगानी भन्दा पनि मनको लगानीको आवश्यकता रहेको उनको भनाई छ ।
नेशनल प्याब्सन कास्कीका अध्यक्ष हेमन्त अधिकारीले अब सीप सहितको शिक्षा आवश्यकता भएको उल्लेख गरे । समयानुसारको शिक्षाले नै विद्यार्थीमा परिवर्तन आउने भनाई उनको छ । गह्रङगो पाठ्यक्रमलाई हलुका बनाउन तर्फ लाग्नुपर्ने आवश्यकता रहेको उनले बताए ।