गण्डकी शतकुण्डीय गायत्री कोटिहोममा देवी प्रतिभाको प्रवचनले भक्तजन आनन्दित  

 पाेखरा । पोखरामा जारी श्री गण्डकी शतकुण्डीय गायत्री कोटिहोम विराट ज्ञान महायज्ञमामा अन्तर्राष्ट्रिय कथा वाचीका देवी प्रतिभाको कथा वाचनले भक्तजनको मन लोभ्याएको छ । यसअघि १४ दिन कथा वाचन गरेर भक्तजनको मन जितेर गएकी देवी प्रतिभाको सुमधुर स्वर सँगै भक्तजनको भेट्नेको ताती नै लागेको छ ।
देवी प्रतिभाले बिहानको समयमा भक्तजनमा भेट दिने गरेकी छन् । जसले गर्दा भक्तजनले उनलाई घण्टौँ कुरेर प्रत्यक्षे भेट्ने गरेका छन् । कोटिहोममा जव देवी प्रतिभाले प्रवचन सुरु हुन्छ, तब भक्तहरू आनन्दित भएर पुरै समय कथा श्रवण गर्ने गरेका छन् । यसैले पनि महायज्ञ उत्तरार्ध तर्फ आउँदै गर्दा भक्तजनको उपस्थिति मन लोभ्याउँदो खालको छ ।
सानै उमेरदेखि धार्मिक ग्रन्थहरूको गहिरो ज्ञान राख्ने देवी प्रतिभाले हिन्दी र नेपाली भाषामा कथा प्रस्तुत गर्न सक्ने अद्वितीय क्षमता प्रदर्शन गर्दै भक्तजनलाई मन्त्रमुग्ध पार्न सफल भएकी छिन् । उनका कथा वाचनले धार्मिक आस्था र आध्यात्मिक चेतनालाई थप प्रगाढ बनाउँदै लाखौँ भक्तजनलाई भक्तिको रसमा चुर्लुम्म डुबाएको छ ।
भक्तजनको अपार प्रेमलाई देखेर भारतमा कथा विश्राम गरे व्यासपिठ बाट उठेर हजारौँ किलोमिटर यात्रा गरेर विश्राम पनि नगरी सिधा पुन कथा वाचन गर्न आएको बताउँदै गर्दा भक्तजनलाई भावुक बनाएको थियो ।
‘जुन प्रेमले महाराजश्रीले बोलाउनुभयो मलाई त यस्तो लाग्छ जुन दिन म जाँदै थिए यहाँबाट पूज्य महाराजश्रीले भन्नुभएको थियो कि देवी जी आज यस्तो लागेको छ जस्तो आफ्नो बहिनिलाई बिदाइ गर्दैछु’ उनले भक्तजनलाई भनिन् ‘त्यो भाव महाराजश्री को थियो महाराजश्री बोलाउनुभयो अनि हजुरहरूले बोलाउनुभयो, र म यहाँ आए । हजुरहरूको मायाले मलाई यहाँ आउन मजवुद भए ।’
कथा वाचनका क्रममा एक वार जोड से वोल दि जे न, थोडा प्यार से वोल न जी,  पोखरावाला वोल दो न  भन्ने उनको मधुर स्वरले भक्तजनलाई कोटिहोम आउन बाध्य बनाउने गरेको महायज्ञका सह निर्देशक युवक लामिछानेले जानकारी दिए ।
उनीसँगै नेपालकी ख्यातिप्राप्त आध्यात्मिक व्यक्तित्व, श्रीमद देवीभागवत कथा वाचीका तथा समाजसेवी भागवत मञ्जरी राधिका दासीले जेठ १७ देखि जेठ २६ गतेसम्म कथा वाचन गर्ने प्रचार प्रसार संयोजक लेखराज ढकालले जानकारी दिए । कोटिहोममा देश विदेशबाट आगमन भएका साधु, सन्त, महन्तहरूले श्रृतिमधुर स्वरमा प्रवचन तथा सन्देश दिने गरेका छन् ।
बौद्धिक अनुष्ठान फाउन्डेसन, काभ्रे नेपालबाट नारायण प्रपन्न आचार्य, सञ्जय कोइराला, हरि प्रपन्न आचार्य,  शिव दत्त रेग्मी , प्रिया दासी लगायत जनप्रतिनिधि, समाजसेवी उद्योग व्यवसायीले कोटिहोमको दर्शन गरेका थिए ।
कोटिहोममा दुर्गा मन्दिर व्यवस्थापन समिति पोखरा १७ बाट १ लाख १ हजार ११, याम कुमारी गुरुङ स–परिवार पोखरा ८ बाट ५१  हजार  ५१, महा विष्णु प्रधान पोखरा १४ बाट २५ हजार २ सय ५२, मातृकेश्वर एकता भवन समूह पोखरा २५ हेमजाबाट ३० हजार ५, विष्णु भट्टराई पोखरा ५ बाट २५ हजार ५ सय ५५, शिवलाल पराजुली पोखरा ६ बाट २५ हजार ५, खहरे आमा समूह पोखरा ६ बाट २५ हजार ५ सय ५, रानाभाट समाज इकाई स परिवार पोखरा १७ बाट २५ हजार ५ सय ५५, चेतनशील पुन महिला समूह बाट ३० हजार ८ सय २५, नमुना आदर्श आमा समूह पोखरा ५ बाट २५ हजार ५ सय ५५, देविस्थान आमा समूह  पोखरा २५ हेमजा बाट २५ हजार ५ सय ५५, नमुना आदर्श आमा समूह पोखरा कास्की बाट १५ हजार १ सय १५ रकम सहयोग भएको छ ।
आइतबार देखि सुरु भएको राष्ट्रव्यापी खुल्ला वक्तृत्वकला प्रतियोगिताले पनि कोटिहोममा देशभरका विद्यालयबाट शिक्षक तथा विद्यार्थीहरूको पनि सहभागिता रहेको छ । कोटिहोममा कास्की विद्यालयका विद्यार्थीहरूको उपस्थिति दिनप्रतिदिन बढ्दै गएको छ ।
‘सनातन संस्कृति, गण्डकी कोटिहोम र हामी विद्यार्थी’ भन्ने शीर्षक रहेको उक्त प्रतियोगितामा देशभरबाट ९० जना प्रतियोगीको सहभागिता रहेको प्रतियोगिता संयोजक पब्लिक स्पिकर, मोटीभेटर, शिक्षा तथा संस्कृतिविद्  डा. तुलसी प्रभास खनालले जानकारी दिए। प्रतियोगितामा आज ३१ जना प्रतियोगीले आफ्ना भनाई राखेका थिए ।
 प्रतियोगितामा पूर्व मेची देखि पश्चिम महाकाली सम्मको सहभागिता रहेको छ । प्रतियोगितामा भोलि (बुधवार) डा. तारप्रसाद गिरी र डा. तुलसी प्रभासले विद्यार्थीलाई विशेष प्रशिक्षण दिने भएका छन् । निःशुल्क रूपमा हुने प्रशिक्षणमा लाभ लिन विद्यार्थीलाई आग्रह गरिएको छ।
मानव सेवा फाउन्डेसनले ललितपुरमा मामाघर अनाथालय आश्रम र भक्तपुरमा छोरीको घर ज्येष्ठ नागरिक आश्रम नयाँ भवनको शिलान्यास गरिसकेको छ । सनातन हिन्दु धर्मको रक्षासँगै ललितपुरको मामाघर अनाथालय र भक्तपुरको छोरीको घर ज्येष्ठ नागरिक आश्रम निर्माणका लागि सहयोग स्वरूप पोखरामा कोटिहोम सञ्चालन भएको हो ।
अनुराधा पाण्डेद्वारा श्यामद भागवत कथा प्रवचनको सुरुवातसँगै महायज्ञमा अन्तर्राष्ट्रिय कथा वाचीका देवी प्रतिभा, व्यासाचार्य प्रशान्त कृष्ण परांकुश, वाचन प्रवीण पं. दिनबन्धु पोखरेल, युवा दार्शनिक चैतन्यकृष्ण महाराजलगायत साधु सन्तले महायज्ञमा कथा वाचन गरिसकेका छन्। कोटिहोममा रक्तदान र राष्ट्रिय भजन प्रतियोगिता जारी छ ।
कोटिहोममा ४ सय बढी व्रामणले दैनिक भगवानको नाममा आहुति अर्पण गरिरहेका छन् । पावन भूमिमा आयोजित १ सय कुण्डीय कोटिहोमको हवन कुण्डका लागि जौ, तिल, घिउ आदि हवन सामग्री दान गर्ने र हवन कुण्ड परिक्रममा गर्ने व्यवस्था रहेको मानव सेवा फाउन्डेसनका व्यवस्थापक विष्णु थापाले जानकारी दिए ।
उनका अनुसार कोटिहोममा तुला दान, चौरासी पूजा, ग्रहशान्ति, विवाह, व्रतबन्ध, पितृ पुराणम् (हरिवंश पुराण), कालसर्प योग पूजा, मङ्गल चतुर्थी व्रत उद्यापन, सप्त वार व्रत उद्यापन, एकादशी व्रत उद्यापन, अर्क विवाह, कुम्भ विवाह, माङ्गलिक शान्ति, ऋण मोचन पाठ, शनि मृत्युञ्जय पाठ, शक्ति पाठ, श्री सूक्त पाठ, संपुटक पाठ (चण्डी पाठ), रोग निवारण पाठ, ग्रह सूक्त पाठ, दुःख निवारण पाठ,  गणेश सहस्रार्चन, देवी सहस्रार्चन, विष्णु सहस्रार्चन, शिव सहस्रार्चन, सूर्य सहस्रार्चन, व्रत उद्यापन पूजा, अथर्वशीर्ष पाठ पारायण, १०८ आवृती हनुमान चालिसा पाठ, सड्कटमोचन एवं वजरंगवाण पाठ, कलह निवारण, श्री सूक्त पाठ पारायण, भूमि दोष निवारण, दश महादान, अष्ट महादान, पञ्चधेनुदान, भूमि दान, गोदान, कवच पाठ लगायतका अनुष्ठान तथा कर्महरू पितृ उद्धार, पारिवारिक सुख, शान्ति, सु–स्वास्थ्य र समृद्धिका लागि आफ्नो घर परिवार तथा आफ्ना पितृहरूको नाममा २१ कोटि दीप प्रज्वलन, तुला दान गर्ने व्यवस्था रहेको छ।
कार्यक्रममा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा ख्याति प्राप्त कलाकारहरूबाट भजन, झाँकी, देव लीला, नृत्य लगायत प्रस्तुति रहेका छन् । पोखरा १७ स्थित सदाशिवजी सिद्देश्वर हरिहर मन्दिरको जग्गा र आसपासका स्थानीयको जग्गामा कोटिहोम सञ्चालन भएको छ । कोटिहोम जेठ २६ गतेसम्म सञ्चालन हुने छ ।

पोखरा महानगरपालिका पूर्ण खोप सुनिश्चितता दिगोपना घोषणा

पोखरा  । पोखरा महानगरपालिकालाई पूर्ण खोप सुनिश्चितता दिगोपना घोषणा गरिएको छ । नगर प्रमुख धनराज आचार्यले एक समारोहका बिच सो घोषणा गर्नुभएको हो । नेपाल सरकारको प्राथमिकता प्राप्त खोप कार्यक्रमको प्रभावकारिता र दिगोपनाका लागि प्रत्येक वर्ष नगरभित्रका सबै बालबालिकाहरूले तोकिएका खोपहरू प्राप्त गरेको सुनिश्चितता सहित यस्तो घोषणा गर्ने गरिन्छ ।
नगर प्रमुख आचार्यले बालबालिकाहरूको सुरक्षित भविष्य निर्माणका लागि उनीहरूले प्राप्त गर्नुपर्ने सबै प्रकारका खोपहरू सहित स्वास्थ्य सम्बन्धी सेवाहरू समयमा नै उपलब्ध गराउनु पर्ने दायित्व प्रति आफूहरू प्रतिबद्ध रहेको बताउनुभयो । बालबालिकाहरूका लागि आवश्यक खोप तथा पोषणका कार्यक्रमहरू प्रभावकारी ढङ्गले सञ्चालन गर्न उहाँले स्वास्थ्यकर्मीहरूलाई निर्देशन समेत दिनुभयो । स्वास्थ्य सम्बन्धी अभियानहरूमा महिला सामुदायिक स्वास्थ्य स्वयमसेविकाहरुको भूमिका उल्लेखनीय हुने गरेको बताउँदै उहाँले पूर्ण खोपको सुनिश्चिततामा समेत उनीहरूको महत्त्वपूर्ण योगदान रहेको बताउनुभयो ।
घोषणा कार्यक्रमलाई सम्बोधन गर्दै महानगरपालिकाकी कार्यवाहक प्रमुख मन्जुदेवी गुरुङले बालबालिकाहरूका लागि खोप एक प्रभावकारी र अत्यावश्यक कार्यक्रमका रूपमा सञ्चालन गरिएको बताउनुभयो । महानगरपालिका क्षेत्रमा रहेका सबै बालबालिकाहरूलाई समयमा नै खोप उपलब्ध गराउने दायित्व प्रति आफूहरू प्रतिबद्ध रहेको उहाँले बताउनुभयो । बालबालिकाको स्वास्थ्य सुरक्षा विना स्वस्थ नागरिकको सामाजिक आवश्यकता पूर्ति गर्न नसकिने उहाँले बताउनुभयो ।
स्वास्थ्य महाशाखा प्रमुख भरतराज पौडेलले आफूहरूको महानगरपालिकालाई पूर्ण खोप सुनिश्चितता सहित दिगोपना घोषणाका लागि निरन्तर अभियानहरू सञ्चालन गरेको बताउनुभयो । विगत एक वर्षको अवधिमा ०–१५ महिनासम्मका ५ हजार ३४१ र १६–२३ महिनासम्मका ४ हजार १५० बालबालिकाहरूको घरघरमा पुगेर खोपको अवस्था यकिन गरिएको स्वास्थ्य महाशाखा प्रमुख पौडेलले बताउनुभयो । अभियानका क्रममा जन्मदेखि कुनै पनि खोप प्राप्त नगरेको एक जना बच्चा फेला परेको र उक्त बच्चालाई समेत खोपको पहुँचमा ल्याइएको महाशाखाले जनाएको छ । यस क्रममा ४१ जना बालबालिकाहरूले पूर्ण खोप प्राप्त नगरेको पाइएपछि उनीहरूलाई समेत पूर्ण खोप लगाइएको छ ।
पोखरा महानगरपालिका वडा नं.१२ का वडा अध्यक्ष सन्तोष बास्तोलाले बालबालिकाहरूको स्वास्थ्य प्रवर्द्धन र आधारभूत खोपको सुविधा उपलब्ध गराउन सबै वडा कार्यालयहरू प्रतिबद्ध रहेको बताउनुभयो । महिला सामुदायिक स्वास्थ्य स्वयंसेविका सञ्जाल कास्कीकी अध्यक्ष भीमा पौडेलले बालबालिकाहरूलाई आवश्यक खोप तथा पोषणका कार्यक्रमहरू प्रभावकारी रूपमा सञ्चालन गर्ने हरेक अभियानहरूमा महिला स्वयमसेविकाहरुको भूमिका उल्लेखनीय हुने गरेको बताउनुभयो । नगर क्षेत्रका खोप लगाउनु पर्ने बालबालिकाहरूलाई खोप लगाएको सुनिश्चित भएपछि महानगरपालिकालाई पूर्ण खोप सुनिश्चितता दिगोपना घोषणा गरिएको जनस्वास्थ्य अधिकृत तेजाखर लम्सालले बताउनुभयो । कार्यक्रममा विश्व स्वास्थ्य सङ्गठनका प्रतिनिधिले बालबालिकाको स्वास्थ्य प्रवर्द्धनको क्षेत्रमा उल्लेखनीय प्रगति गरेको बताएका छन् ।
पूर्ण खोप भन्नाले राष्ट्रिय खोप तालिकामा समावेश भएका १५ महिना उमेर भित्रमा पाउनु पर्ने सबै खोपहरू, सबै बालबालिकाहरूले पूर्ण रूपमा लिएको एवं पछि तालिकामा अन्य खोपहरू थप भएमा सो समेत लिएको अवस्थालाई बुझिन्छ भने पूर्ण खोप सुनिश्चितताको लागि १६ महिना देखि ५९ महिना सम्म उमेरको बालबालिकाहरूमा खोप अवस्थाको पहिचान र विश्लेषण गरिन्छ ।

पाेखरामा  लागुऔषध तथा मदिरा नियन्त्रण सम्बन्धी प्रदेश स्तरीय कार्यशाला

कास्की । जिल्ला   प्रशासन कार्यालय कास्कीको आयोजनामा आइतबार पाेखरामा  लागुऔषध तथा मदिरा नियन्त्रण सम्बन्धी प्रदेश स्तरीय कार्यशाला गोष्ठी सम्पन्न भएको छ । गोष्ठीको उदघाटन गर्नुहुँदै गण्डकी प्रदेशका  मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले  लागु औषधको प्रयोगले  समाजमा  अपराध, स्वास्थ्य समस्या, बेरोजगारी, पारिवारिक बिखन्डन बढ्दै गएकाे बताउनुभयाे ।  लागुऔषध तथा मदिरा सेवनकाे बिषय  व्यक्ति, घर परिवार, समाज र सिङ्गो राष्ट्रको भविष्यसँग जोडिएको बताउँदै  उहाँले यसकाे नियन्त्रणका लागि सबै पक्ष जिम्मेवार हुनुपर्ने  बताउनुभयाे । पर्यटकीय राजधानी पोखरामा आउने पर्यटकलाई पाेखरा  लागुऔषध दुर्व्यसन मुक्त क्षेत्र हो भन्ने पहिचान कायम गराउन  सबै सराेकारवाला गम्भीरतापुवर्क लाग्नुपर्नेमा उहाँले जाेड दिनुभयाे । गण्डकी प्रदेशमा घरेलु मदिराको उत्पादनलाई नियमन तथा ब्यवस्थापन गर्न बनेको विधेयक प्रदेश सभामा दर्ता भएको र      अहिले अर्थ तथा बिकास समितिमा छलफलको क्रममा रहेको जानकारी दिदै मुख्यमन्त्री पाण्डेले   विधेयकले घरेलु मदिरा उत्पादन र बिक्री बितरणलाई ब्यवस्थित गर्ने, रोजगारीको सिर्जना गर्ने, बिभिन्न समुदायको धर्म संस्कृती र परम्पराको जर्गेनामा पनि मद्धत पु¥याउने  बतनउनुभयो ।

नेपाली लेखक संघ कास्कीका कार्यवहाक अध्यक्ष  कमल ‘अथक’  को गण्डकी प्रज्ञा प्रतिष्ठानको कूलपतिमा दरखास्त

  पोखरा ।गण्डकी प्रज्ञा प्रतिष्ठानको कूलपतिमा साहित्यकार एवं पत्रकार कमल पौडेल अथकले कार्ययोजना सहितको आवेदन दर्ता गराएका छन् । सामाजिक विकास मन्त्रालयका अनुसार बिहीबार उनले ३१ औं नम्वरमा आवेदन दर्ता गराएका हुन् । मन्त्रालयले तोकेको सवै मापदण्ड पूरा गरी कार्ययोजना सहितको आवदेन दर्ता गराएको उनले जानकारी दिए ।अहिले मन्त्रालयले योग्यता तोकेर कूलपति, उपकूलपति र सदस्य सचिव र सदस्यहरुको आवेदन खुलाएको छ यो खुसीको कुरा हो उनले भने । कुनै पनि पदमा योग्यता संपरीक्षण गर्न पाउने अवस्था आउनु गर्वको कुरा हो उनले भने । उनले विगतमा शैक्षिक योग्यता तोकेर आवेदन नखुलाउँदा योग्य व्यक्तिहरु पछि परेको बताए । ‘अहिले योग्यता तोकेर आवेदन माग गरिएको छ त्यसैले मैले मेरो योग्यता क्षमता र अनुभव सहित कूलपति पदमा उमेद्वारी दिएको हुँ’उनले भने ।लोकगीत, संगीत र भाषा साहित्यको अलावा पत्रकारितालाई मूल पेशा बनाउँदै आएका अथकले देशको परिवर्तनसँगै लोकतन्त्रको रक्षाको लागि आफू सँधै लडिरहने बताए । पछिल्लो समयमा हरेक ठाउँमा एउटै व्यक्ति, आफन्त, नातेदार, चिने जानेको भनसुन गरि ज्याक फोर्स लगाएकाले मात्र मौका पाउँदा देशमा वेथिति मौलाएको उनले बताए । राजनीतिक नियुक्तिको नाउँमा योग्यता नभएका व्यक्ति हावी भएकोले वेथिति आएको भन्दै यसपटक योग्यता तोकेर मागिएको आवेदनमा आफू राजी हँदै आवेदन दिएको उनले बताए । प्रतिस्पर्धामा जो भएपनि योग्यताको कदर हुनेगरी आवेदन मागिएकोमा गण्डकी प्रदेश समाजिक विकास मन्त्रालयप्रति अथकले आभार व्यक्त गरे । वित्तशास्त्र, योजना, सामाजशास्त्र सहित पत्रकारिताका अध्येता समेत रहेका कमल पौडेल अथकले त्रिभुवन विश्वविद्यालयवाट स्नातकोत्तर तह उत्तीर्ण गरेका छन् । मार्केटिङ रिसर्च, र ग्लोवल मार्केटिङमा उनले स्नातकोत्तर उपाधी हाँसिल गरेका हुन् । आफू गण्डकी प्रदेशको कूलपति पदमा सिफारिस भएमा यहाँको लोकगीत, संगीत भाषा, कला, साहित्य, भेष, भूषा, सास्कृतिक सम्पदाको खोज, अनुसन्धान, विकास संरक्षण र प्रवद्र्धनमा जोड दिने उनले प्रतिपद्धता व्यक्त गरे । २०४८ सालबाट लोकगीत तथा संगीतको क्षेत्रमा लागेका अथकले २०५७ सालमा रोएकी चेली नामक गीत संग्रह प्रकाशित गरेका थिए । त्यसैगरी २०५८ सालमा जाउँलाबाटो भरतपुरको लोकदोहोरी एल्वम प्रकाशित गरेका थिए । २०६२ सालमा गजेको भोटो गजल संग्रह, २०६३ सालमा हाँडीका मकै हाइकू संग्रह, २०६४ सालमा सामन्तको मलामी गीत संग्रह, २०६५ सालमा बसुन्धरा खण्डकाव्य, २०६६ सालमा जनताको साशन गीत संग्रह, प्रेमको मधुमास गजल संग्रह २०६९ सालमा उल्टो वाँसुरी उपन्यास हुँदै भुन्टेको जन्तर, मुर्कट्टाको देश, विर्खे रजाइँ लगातका १९ वटा साहित्यीक कृति प्रकाशित छन् । सँगै २ वटा लोकदोहोरी एल्वम अनि साहित्यीक पत्रपत्रिकाहरुमा सयौं गीत, गजल, कविता, हाइकू, मुक्तक, लघुकथा प्रकाशन भएका छन् । हाल नेपाली लेखक संघ कास्कीका कार्यवहाक अध्यक्ष रहेका अथक, नेपाल प्रेस युनियन, नेपाल पत्रकार महासंघ, नेपाल टेड युनियन, उपभोक्ता मञ्च लगायतका संघ संस्थामा आवद्ध छन् । गजल सन्ध्या पोखराले प्रदान गर्दै आएको गजल प्रतिभा पुरस्कार २०६८ बाट उनी यसअघि नै पुरस्कृत भइसकेका छन् । यस वाहेक विभिन्न संघ संस्थाद्धारा दर्जनौ पुरस्कार उनले प्राप्त गरेका छन् । उनले २०४० देखि २०४८ सालसम्म तत्कालिन श्री राष्ट्रिय निमावि बिचारी चौतारा स्याङजाबाट आधारभूत तहको शिक्षा हाँसिल गरेका थिए । २०५३ सालमा स्याङ्जाको जनप्रदीप माध्यमिक विद्यालयवाट प्रवेशीका परीक्षा एसएलसी उत्तीर्ण गरेका उनले २०५६ सालमा पर्वतको ठूलीपोखरीमा रहेको जनता सुदर्शन बहुमुखी क्याम्पसवाट प्रमाणपत्र तह उत्तीर्ण गरेका थिए । २०५४ सालमा सो क्याम्पसको स्ववियु उपसभापति समेत भएका अथक २०५७ सालमा पोखराको पृथ्वीनारायण क्याम्पसमा स्नातक तहमा भर्ना भएका थिए । उनले स्नतक र स्नातकोत्तर तह सोही क्याम्पसबाट उत्तीर्ण गरेको बताए । हाल रेडियो सराङकोटका समाचार प्रमुख रहेका उनी समयदृष्टि डटकमका प्रधान सम्पादक हुन् ।