लगानी बढाउनसके महिला फुटबलले उत्कृष्ट नतिजा ल्याउँछ– प्रशिक्षक खड्का

–कुमार चौलागाई नेपाली राष्ट्रिय महिला फुटबल टोलीका मुख्य प्रशिक्षक हरि खड्काले नेपाली महिला फुटबलले उचित अवसर प्रशिक्षण पाउने हो भने उत्कृष्ट नतिजा हासिल गर्ने बताउनुभएको छ । टोकियो २०२० ओलम्पिक खेलकुदको महिला फुटबल छनोटको दोस्रो चरणमा प्रवेश गरी आज स्वदेश फर्किएलगत्तै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा प्रशिक्षक खड्काले छनोटको दोस्रो चरण पुग्नु नेपालको लागि ऐतिहासिक उपलब्धि भएको बताउँदै आफ्नो रणनीति सफल भएको बताउनुभयो । उहाँले भन्नुभयो, छनोट खेलले खेलाडीमा आत्मविश्वास उच्च भएको छ, यही आत्मविश्वासलाई कायम राख्दै खेल्यो भने साफमा अवश्य पनि राम्रो नतिजा आउँछ ।” कप्तान निरु थापाले टिमको उत्कृष्ट प्रदर्शनले ओलम्पिक महिला फुटबल छनोटको दोस्रो चरणमा पुग्न सफल भएको बताएकी छिन् । कप्तान थापाले भनिन्, “हामीले प्रशिक्षकले भनेअनुसारनै खेल्यौँ,त्यसैले प्रतियोगितामा हामी सफल भयौँ, हाम्रो रणनीति सफल भयो ।” पहिलो कप्तानीमै उच्च प्रदर्शन गरेकोमा उनले खेसीसमेत व्यक्त गरिन् । “पहिलो पटक टोली समाल्ने अवसर प्राप्त गरें, सफल पनि भएँ”–उनले भनिन् । नेपाली टोलीको स्ट्राइकरसमेत रहेकी निरुले छनोटमा दुई गोलसमेत गरेकी थिइन् । निरुले भारत र बङ्गलादेशविरुद्ध एक÷एक गोल गरेकी थिइन् । नेपाली टोलीलाई स्वागत गर्न अखिल नेपाल फुटबल सङ्घ (एन्फा) अध्यक्ष कर्माछिरिङ शेर्पालगायत पदाधिकारी त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पुग्नुभएको थियो । म्यानमारमा सम्पन्न ओलम्पिक खेलकुदको महिला फुटबल छनोटको पहिलो चरणमा नेपाल उत्कृष्ट तेस्रो हुँदै दोस्रो चरणमा प्रवेश गरेको हो । नेपालले समूह सीमा तीन खेलबाट तीन अङ्क बनाउँदै तेस्रो भएको थियो । तेस्रो स्थानमा भएका उत्कृष्ट दुई टोली दोस्रो चरणमा पुग्ने प्रावधान छ । पहिलो चरणबाट छनोट भएका १० र बरियतामा आधारमा पहिले नै दोस्रो चरणका लागि स्थान पक्का गरिसकेको भियतनाम र उज्वेकिस्तानबीच आगामी वर्ष अप्रिलमा दोस्रो चरणको प्रतियोगिता हुनेछ । पहिलो चरणबाट छनोट हुनेमा नेपालसहित चाइजिन ताइपेइ, इरान, म्यानमार जोडन, फिलिपिन्स, हङकङ, भारत, इन्डोनेसिया र प्यालेष्टाइन छन् । अब १२ राष्ट्रलाई तीन समूहमा विभाजन गरेर दोस्रो चरणमा छनोट खेलाइनेछ । जसबाट समूह विजेता हुने तीन टोली तेस्रो चरणमा प्रवेश गर्ने छन् । अष्ट्रेलिया, चीन, उत्तर कोरिया, दक्षिण कोरिया र थाइल्याण्ड उक्त बरियताका आधारमा यसअघि नै तेस्रो चरणका लागि छनोट भइसकेको छ । तेस्रो चरणका आठ राष्ट्रलाई दुई समूहमा विभाजन गरेर खेलाइनेछ । त्यसबाट उत्कृष्ट दुई÷दुई टोली अन्तिम चरणमा पुग्नेछन् । जहाँबाट दुई टोली २०२० ओलम्पिक महिला फुटबलका लागि छनोट हुनेछन् । दुई साता लामो चीनमा प्रशिक्षण गरी नेपाली टोली म्यान्मार प्रस्थान गरेको थियो । चीनमा रहँदा नेपाली टोलीले त्यहाँ तीनवटा मैत्रीपूर्ण फुटबल खेख खेलेको थियो । नेपाली टोलीमा २२ खेलाडी, दुई प्रशिक्षक र दुई अफिसियल रहेका थिए । प्रशिक्षकमा हरि खड्का र मृगेन्द्रप्रसाद मिश्र, टोली नेतामा दीर्घबहादुर केसी र व्यवस्थापकमा कमला हीराचन थकाली तथा खेलाडीमा गोलकिपरम एन्जिला तुम्बोप्पो सुब्बा, रुपा राना मगर, लिला लाम्गाडे, डिफेन्डरमा गीता राना, रञ्जना दर्जी, हीराकुमारी भुजेल, मनमाया लिम्बु, अमृता जैसी, मेनुका गिरी, कबिता धिमाल, पुनम मगर, मिडफिल्डरमा रेनुका नगरकोटी, दीपा राई, इन्दिरा राई, विमला चौधरी, दीपा अधिकारी, अनिता बस्नेत, दीपा न्यौपाने, स्ट्राइकरमा अनिता केसी, सावित्रा भण्डारी, निरु थापा र शर्मिला थापा रहेको थिए ।

वैवाहिक सम्बन्धमा दीपिका-रणवीर

बलिउड स्टार रणवीर सिंह र दीपिका पादुकोण ६ वर्षको प्रेम सम्बन्धलाई विवाहमा परिणत गर्दैछन्। बलिउडमा यो नै वर्षको ठूलो विवाह समारोह हुनेछ।

विवाह समारोहस्थल यतिबेला भव्य रुपमा सिँगारिएको छ। १४–१५ नोभेम्बर (आज र भोलि) इटालीको सुन्दर सहरमा उनीहरु भव्य वैवाहिक कार्यक्रम चल्नेछ।

प्राकृतिक सुन्दरताले भरिपूर्ण इटालीको लेक कोमोमा विवाह समारोह आयोजना हुँदैछ। यसअघि बलिउडकी चल्तीकी हिरोइन अनुष्का शर्मा र भारतीय क्रिकेटर विराट कोहलीले पनि इटालीमै विवाह गरेका थिए। उनीहरुको विवाह इटालीको टस्कनीमा भएको थियो।

तर दीपिका–रणविरले भने सोही देशको अर्को सहर लेक कोमो छानेका हुन्। यो सहर पहिलो क्लासका सेलिब्रिटी जर्ज क्लुनी, मडोना र रिचर्ड ब्रेन्सनका बारेमा चर्तित छ।

२०१८ बलिउडका कलाकारको वर्ष भएको छ। सोनम कपुर, नेहा धुपिया र प्रियंका चोपडाले पनि यही वर्ष विवाह गरेका हुन्। लेक कोमो इटाली सहरको चर्चित पर्यटकिय क्षेत्रमध्ये पर्दछ। ऐल्पस पहाडको किनारा बसेको यो सहर पर्यटकीय गन्तव्यको रुपमा रहँदै आएको छ।

लेक कोमो इटालीको तेस्रो ठूलो सहर हो। १ सय ४६ स्क्वायर किलोमिटरमा फैलिएको यो लेक करिब १३ सय फिट गहिरो छ। यो युरोपको सबैभन्दा गहिरो लेक मानिन्छ। लेकको चारैतर्फ हरियाली, हिउँले ढाकिएका र सुन्दर पहाड र रंगीन फूलहरुले भरिएका छन्।

मुम्बई मिररका अनुसार लेक कोमोस्थित डेल बैलबियानेलोमा हुने दीपिका–रणवीरको विवाहको जिम्मा दिल्लीको एक बेडिङ प्लेनरलाई दिइएको छ। विवाहपश्चात् मुम्बई र बैंग्लोरमा मई २ मा उनीहरुले रिसेप्सन पार्टी दिनेछन्।

प्रेमदेखि विवाहसम्म दीपिका र रणवीर

यसरी गाँसियो यो जोडी सानो र लामो घाँटी भएकी युवती, टाढाबाट हेर्दा झट्ट नदेखिने सानो कोठीले झन् सुन्दरता थपेको थियो। घाँटीभन्दा तलसम्म फैलिएको कालो लामो परेली केसपास। सामान्यतया कपालले छोपिइरहने घाँटीपछाडिको भागमा खोपाएको ट्याटु पनि थियो। ट्याटुमा लेखिएको थियो, अंग्रेजीबाट आरके। कलाकारिता कम थिएन सो ट्याटुमा। गहभरी छचल्किने गरी आँशु लिएकी यी युवती फिल्मको गीत गाइरहेकी देखिन्थिन्, ‘खुदा जाने कि मैं फिदा हूं…।’

सन् २००७ मा रिलका लागि रमेश बाबुसँग एक चिम्टी सिन्दुरको मूल्य सोधेकी यी युवती त्यसको ठिक ११ वर्षपछि रियल लाइफमा सिन्दुरको मात्रा बढाउन लागेकी छन्। सिन्दुर सजाउन ट्याटु खोपाएका आरके अर्थात् रणवीर कपूरको नाम त पहिल्यै पछि हटिसकेको छ। तर अब आरएस अर्थात् रणवीर सिंहले नै सिंदूरको मूल्य मात्र हैन मात्रा समेत थप्दैछन्। रणवीर सिंह अब ‘बैंड बाजा र बारात’ लिएर दीपिकाका घर जाने तयारीमा छन्।

१४ नोभेम्बर। यही मिति नै किन चुनियो त? यो दिनको पनि अर्थ छ उनीहरुका लागि। १४ नोभेम्बरकै दिन पहिलो पटक दीपिका र रणवीर एकसाथ फिल्मी पर्दामा देखिएका थिए, ‘राम-लीला’ फिल्ममा। पाँच वर्षपहिले फिल्म प्रदर्शनमा आएकै दिनको वार्षिकीलाई नै यो जोडीले लगनगाँठो जोड्ने दिनका रुपमा चयन गरेका हुन्।

राम-लीला फिल्मको गीत ‘लहू मुँह लग गया’को सुटिङका क्रममा नै यी दुई तारालाई क्यामराले एकसाथ पहिलोपटक आफ्नै सामु पाएको थियो। तर फिल्मी दुनियाँका लागि अधरमा लतपतिएको लाल रङले वास्तविक जीवनभर साथ पाइरहला भन्ने सायदै सोचेका थिए होला यी दुई हस्तीले।

डिप्रेसनको सिकार भइन् दीपिका, अनि आए उही नामका सिंह  कुनै पनि अभिनेत्रीको प्रेम वा बिछोड भएमा सबैभन्दा पहिला हुने काम भनेकै सञ्चारमाध्यमका पाना र भित्ता भरिन्छन्। भर्खरै मात्र जवानीमा पुगेकाहरुका लागि दीपिकाको सम्झना उनको ब्रेकअपबाट नै सुरु हुन्छ भन्दा अत्युक्ति नहोला। रणवीर कपुरसँग ब्रेकअप भएपछि सामान्य अवस्थामा फर्कन दीपिकाले ठूलो मूल्य चुकाउनुपर्‍यो। डिप्रेसनको सिकार बन्नुपर्‍यो। तर उनले डिप्रेसनको कारण ब्रेकअप भएको कहिल्यै पनि बताइनन्।

रणवीर कपुरसँग आफू गहिरो प्रेममा परेको भने उनले बताइसकेकी छन्। ‘१५ फेब्रअरी २०१४ का दिन म बिहानै उठेँ। वास्तवमा नै खालीपन महसुस भइरहेको थियो। अब अगाडि जाने कुनै बाटो बाँकी रहेन भन्ने मलाई लाग्यो। म रुन थालेँ। मलाई सोधीखोजी गरियो। कारण निजी हो कि पेसागत भनेर सोधियो?’ एक कार्यक्रममा वियोगको अनुभव सुनाउँदै दीपिकाले भनेकी थिइन्।

उनले यो अनुभव सुनाएको समयको त्यही थियो जतिबेला दीपिका र रणवीर सिंह पर्दामा र पर्दाबाहिर पनि नजिकिन थालिसकेका थिए। यसपछि रणवीरले दीपिकालाई डिप्रेसनबाट मुक्ति दिलाउन खुलेर तारिफ गर्न थाले।

दीपिकालाई डिप्रेसन भएको पनि रणवीरले टिभी हेरेर मात्र थाहा पाएका थिए। टेलिभिजनको एक कार्यक्रममा जब दीपिकाले आफूलाई डिप्रेसन भएको बताइन्, त्यसपछि मात्र। यसबारे रणवीरले भनेका थिए, ‘दीपिकाले आफू डिप्रेसनको सिकार भएको कुरा पहिलो पटक टिभी कार्यक्रममा खुलासा गरेपछि मेरा आँखा रसाए। यसरी सार्वजनिक गर्न ठूलो हिम्मत चाहिन्छ। दीपिकाले जिन्दगीभरका लागि मलाई जितिसकेकी थिइन्।’

लुकाइरहे प्रेमिकाको नाम सुरुवाती दिनमा रणवीर नाम नलिईकन आफ्नी प्रेमिकाप्रति खुबै माया दर्शाउँथे। तर निकै समयसम्म पनि प्रेमिका को हुन् भनेर गोप्य राख्न सफल भएका थिए उनी। प्रेमिकाको प्रशंसा पनि गर्थे तर नाम नलिईकनै। उनकी प्रेमिका पत्ता लगाउन भारतीय मिडियालाई निकै खोजी गर्नुपरेको थियो। जीवन उज्यालो पार्न कस्ती दीपिका (बत्ती) खोजिरहेका छन् भन्ने कुरा चाँहि धेरै कमलाई मात्र थाहा थियो।

सिनेमा जगत्‌का यी दुई नक्षत्रलाई मिडियाले धेरै खोजिरहे। दुईबीचको सम्बन्धका विषयमा धेरै गसिप बाहिरिए। दीपिका र आफूबीचको सम्बन्धका विषयमा कुरा गर्दै रणवीरले हिन्दुस्तान टाइम्सलाई दिएको एक अन्तर्वार्तामा मुख नखोली सुख पाएनन्।

मिडियामा आएका समाचार पढ्दा मलाई आफ्नो कुरा हो भन्ने नै बिर्सने र लेखाइले चाँहि आकर्षित गर्ने उनले भनेर उनले घुमाउरो उत्तर दिएर पन्छिएका थिए रणवीर। ‘ओहो…अहा…क्या क्रिएटिभ। क्या लेखनशैली। पढ्दा मजा हुन्छ’ उनले उल्टै लेखनशैलीको तारिफ गरेका थिए। प्रेम भने लुकाइरहे।

तर पत्रकारले यतिमा मात्रै छोडेनन्। उनकी प्रेमिका को हुन् भनेर पत्ता लगाउनु फ्यानको चाहना पनि हुन्थ्यो। ‘रणवीर कपूर र रणवीर सिंहमध्ये कसका साथमा चाँहि दीपिका राम्री देखिन्छिन्, तपाईंलाई के लाग्छ?’ यो उनले धेरै पटक उत्तर दिनुपरेको प्रश्न थियो। जवाफमा रणवीर सिंह असिनपसिन हुन्थे र भन्थे ‘निश्चय पनि…म…म।’

दीपिका-रणवीर सिंहको पहिलो भेट जुलाई ६। रणवीर सिंहको जन्मदिन। साँझको समयमा परिवारका साथ मुम्बईको एक रेस्टुरेन्टमा रणवीर खाना खाइरहेका थिए। दीपिका सोही रेस्टुरेन्टमा पुगिन्। दुवैका आँखा जुधे। उत्साही देखिएकी दीपिकाले हतारिँदै सोधिन् ‘अरे, तिमी मुम्बई शिफ्ट भइसक्यौ?’ दीपिकालाई रणवीर मुम्बई नै बस्छन् भन्ने कुरा थाहा नै रहेनछ। उनलाई लाग्थ्यो, रणवीर दिल्लीका हुन्। उनीहरुबीच भएको यो नै पहिलो भेट थियो।

दीपिकाले हिन्दुस्तान टाइम्सको एक शोमा रणवीर सिंहप्रतिको पहिलो इम्प्रेसनका बारेमा बताएकी थिइन्। ‘मसँग एक जना एजेन्टको परिचय भएको थियो। ऊ रणवीरको ठूलो फ्यान थियो। रणवीर सिंह राम्रो कलाकार हो। ऊ ठूलो कलाकार बन्नेछ।’ पछिसम्म पनि मलाई लाग्थ्यो कि रणवीर सिंह पनि खासै ठूलो कलाकार चाँहि होइन रहेछ। किनभने एजेन्टले त्यसो भनेको महिनौंपछि मात्र मैले रणवीर सिंहको फिल्म देखेकी थिएँ।’

पहिलो भेट सम्झँदै रणवीर सिंह भन्छन्, ‘मेरो जन्मदिन थियो। हामी खाना खाइरहेका बेला दीपिका उहीँ पुगिछन्। उनले गजबको गाउन लगाएकी थिइन्। मैले मसिनो आवाजमा परिवारका सदस्यलाई भनेँ- दीपिका…दीपिका। मलाई त्यहाँको खानाले एलर्जी भएको थियो। दीपिकासँग पहिलो पटक भेट हुँदा इम्प्रेसन राम्रो परोस् भन्ने मेरो चाहना थियो। तर मलाई समयले साथ दिएन। रेस्टुरेन्ट हल्का उज्यालो थियो। मेरो एलर्जी लुकाउन त्यही हल्का अँध्यारोले सहयोग गर्‍यो। अनुहार लुकाउँदै दीपिका कुरा गरेँ।’

त्यही साँझ रणवीरलाई जिन्दगीभरका लागि पुग्ने उपहार मिल्यो। यसरी रणवीरले आफूहरुबीचको पहिलो भेटको बयान गर्दा मञ्चमै बसेकी दीपिकाको अनुहारमा चमक हराएको थियो।

कसरी जोडिए प्रेम सम्बन्धमा? सन् २०१३ मा रणवीरको स्वास्थ्यमा समस्या आयो। उनी ठिक भएपछि दिएको एक अन्तर्वार्ता निकै लोकप्रिय समेत भएको थियो। सोही वर्ष दीपिका र रणवीरको पहिलो फिल्म सार्वजनिक हुनेवाला थियो।

रणवीरले अन्तर्वार्तामा भनेका थिए, ‘प्रेम गर्न मलाई पनि मन पर्छ। दुनियाँको सबैभन्दा राम्रो चिज पनि यही त हो। तर दु:खको कुरा, म अहिलेसम्म कसैको प्रेममा परेको छैन। मलाई एक जना युवती चाँहि खुबै राम्रो लाग्छ। योभन्दा बढी अहिले केही बोल्न चाहन्न। केजी क्लासदेखि भारत फर्केर आउँदासम्म मसँग प्रेम गर्न चाहने धेरै भेटेँ होला। तर प्रेम भएन।’

यो कुरा बताएको केही दिन पछि रणवीर आफैंले भनेको कुरा पनि स्वीकार गर्न तयार भएनन्। बरु भन्दिए ‘म बिरामी भएर ‌औषधि खाएका बेला बोलेको त्यो कुरा ठिक होइन।’

सोही अन्तर्वार्तामा उनले दीपिकाको खुलेर तारिफ गरे, ‘दीपिकाजीलाई हेर्नुहोस् न। फिजिकल एपियरेन्स क्या छ। तर जब स्क्रिनमा आउँछिन् कुनै कुरा नै देखाउँदिनन्। आफूतिर उनको ध्यान खिच्न कति प्रयास गरेँ। तर सकिएन। रियल लाइफमा उनलाई देख्छु, हेर्नबाहेक अरु केही पनि गर्नै सक्दिनँ।’

उनले सो अन्तर्वार्तामा दीपिका आफ्नी प्रेमिका हुन् भनेर खुलस्त त पारेनन्। तर आजभन्दा पाँच वर्षपहिले नै धेरैले लख भने काटिसकेका थिए, जुन कुरा आज सत्य साबित हुँदैछ।

दीपिकाले गाउने रणवीरकै लागि मात्र हो? सन् २०१५ मा आजतकका लागि दिएको एक अन्तर्वार्तामा रणवीर सिंहले दीपिकाले कसका बारेमा गीत गाउँछिन् भन्ने खुलासा गरेका थिए।

‘दीपिका पादुकोण धेरै राम्रो गाउन सक्छिन्। तर गीत गाउन उनलाई लाज पनि उतिकै लाग्छ। दीपिकाले गाएको सुन्ने सोख भएको म नै हुँ। तर जति नै प्रशंसा गरेपनि गाउनका लागि उनी राजी हुन्नन्। यो कुरा थाहा हुँदाहुँदै पनि आग्रह चाँहि गरिरहन मन लाग्छ।

धेरैपटक आग्रह गरेपछि दीपिकाले एक शोमा दुई वटा गीतका केही हरफ गाएकी थिइन्। ‘तुझे याद कर लिया है…’ भन्ने र अर्को चाँहि, ‘कहते हैं ये दीवानी मस्तानी हो गई।’

‘दीपिकालाई देखेपछि आफैंलाई पनि भुलिदिन्छु’

स्टार वर्ल्ड टिभीमा अनुपमा चोपडासँग कुराकानी गर्दै रणवीर सिंहले दीपिकालाई देखेपछि आफैंलाई पनि भुल्ने गरेको बताएका थिए। पछि सोही सोमा दीपिकाले पनि रणवीरसँगको केमेस्ट्रीका विषयमा बताएकी थिइन्, ‘हामी दुईको केमेस्ट्री खुब मिलेको छ भन्दै रणवीरले सुरुसुरुका दिनमा धेरै पटक दोहोर्‍याउने गर्थे।’

‘दीपिकासँग मेरो केमेस्ट्री मजाले मिलेको छ। तर यस्तो महसुस हुनका लागि भने हामी दुवै कुनै फिल्मको सुटिङ गरिरहेको हुनुपर्छ। यो कुरा बुझ्नका लागि मलाई भिडियो नै हेरिरहनु भने पर्दैन। तर जस्ले भिडियो हेर्छन् उनीहरू सबैले यो कुरा बुझिहाल्छन्’, उनले भनेका थिए।

‘म कस्ती देखिएँ? भनेर मैले कति पटक सोध्दा पनि उनले मलाई कुनै वास्ता गरेजस्तै नै देखाउँदैनन्। तर काममा मद्दत भने खुबै गर्छन्। कति पटक त बढी मद्दत गरेकाले उल्टै सम्झाउनु र रोक्नुपर्ने अवस्था पनि आउँछ’, दीपिकाले भनेकी थिइन्।

रणवीरले यतिमात्र भनेनन्, ‘कहिलेकाहीँ सुटिङ सकेपछि मोनिटरमा भिडियो हेर्न पनि जान्थेँ। तर तर उक्त भिडियोमा म आफूलाई भुल्न पुग्थेँ, खाली दीपिकालाई मात्र देख्थेँ। आफू नदेखिएपछि सो भिडियो दोहोर्‍याएर र तेहर्‍याएर समेत हेर्नुपर्थ्यो।’

‘रणवीर स्कुल पढ्दाको साथीजस्तो’ दीपिका वा एक्टिङका कारण चर्चा सेलाएका बेला रणवीर ड्रेसअपको स्वरुप परिवर्तन गरेर चर्चा बटुल्छन्। यस विषयमा कुरा गर्दै दीपिकाले भनेकी थिइन्, ‘रणवीरको ड्रेसअप देखेर ऊ मसँग छ वा छैन भनेर तपाईहरु आफैं पनि पत्ता लगाउन सक्नुहुन्छ।’ उनले रणवीर स्कुले सहपाठी जस्तै भएको समेत बताएकी थिइन्।

‘फाइन्डिङ फैनी’ फिल्मका लागि दिएको एक छोटो सिनमा रणवीर सिंह दीपिकाको दुलाहा बन्नुपर्ने थियो। भनिन्छ रणवीरले उक्त रोल फ्रिमा गरेका थिए।

बलिउडका यी दुई कलाकारको प्रेम अब रिलमा मात्र सीमित रहेन। रियलमा जीवनभरका लागि एक अर्काको अँगालोमा कसिने भएका छन्। ‘ब्यान्ड, बाजा, बारात’सहित रणवीर बेहुला बनेर बेहुली बनेकी दीपिकाको पानी ग्रहण गर्दैछन्। रिल लाइफको सुटिङजस्तै गरी उही तरिकाले भित्र्याउँदैछन्, रणवीरले दीपिकालाई। बिबिसी हिन्दी र भारतीय सञ्चारमाध्यमको सहयोगमा

 

प्रदिप र साम्राज्ञीको मस्ती

यूवा स्टार प्रदिप खड्का र चर्चित नायिका साम्राज्ञी राज्यलक्ष्मी शाहलाई एउटै पर्दामा हेर्न चाहने दर्शकको इच्छा कहिले पुरा होला ? नेपाली मिडियामा यी दुइले चलचित्र खेल्न लागेको खबर सार्वजनिक भएको धेरै भैसक्यो । चलचित्र ‘भैरवी’मा नै यी दुइले काम गर्न लागेको खबर बाहिरिएको थियो । तर, यो चलचित्र प्रदिपले साइन गरेपनि साम्राज्ञीले भने साइन गरिनन् । यसपछि ‘छक्का पन्जा २’बाट गरिएको अफरलाई यी दुबैले स्विकार गरेनन् । यहाँ पनि उनीहरुले सँगै काम गर्ने संभावना ट¥यो । यही विचमा, निर्देशक हेमराज वीसीले निर्देशन गर्न लागेको नयाँ चलचित्रमा यी दुई फाइनल भएको खबर सार्वजनिक भैरहेको छ ।   हेमराज वीसी ‘ब्रेकअप’ रिलिजपछि नयाँ चलचित्र निर्देशन गर्दैछन् । लभ स्टोरी चलचित्र निर्देशनमा हेमराज सफल पनि मानिन्छन् । उनै, हेमराजको चलचित्रमा नायक प्रदिप खड्का भने फाइनल भैसकेका छन् । अब, कुरा नायिका साम्राज्ञी राज्यलक्ष्मीमा गएर अड्किएको छ । साम्राज्ञी यो चलचित्रमा फाइनल भैसकेको खबर सार्वजनिक भएपनि अहिलेसम्म उनले यो चलचित्र साइन गरेकी छैनन् । वुझिएअनुसार, साम्राज्ञी र यसको निर्माणपक्षविच पारिश्रमिकमा नै कुरा मिलेको छैन । तर, साम्राज्ञी यो चलचित्र गर्ने मुडमा छिन् । यसैले, करिब एक सातापछि हुने छलफलमा साम्राज्ञीले हेमराजको चलचित्रका लागि पक्का गर्ने संभावना बलियो छ । यस्तो भएको अवस्थामा, दर्शकले रुचाएका दुई कलाकारलाई एकसाथ पर्दामा हेर्न पाइनेछ । साम्राज्ञी र प्रदिपलाई चलचित्रमा लिदा त्यसले इनिसियल व्यापारमा पक्कै पनि धेरै फरक पार्नेछ । साम्राज्ञी र प्रदिपले केही समय अघि मात्र डिस होमको विज्ञापनमा काम गरेका थिए ।

राससलाई थप विश्वसनीय समाचार संस्थाका रुपमा विकास गर्नुपर्छ ः नेता थापा