अनशनरत निर्मलाका बुवाआमाको धर्ना स्थलमै स्वास्थ्य परीक्षण, स्वास्थ्य स्थिती नाजूक बन्दै गएको चिकित्सकको भनाई
, दीपेन्द्र बस्नेत कञ्चनपुर , छोरीको हत्यारा सार्वजनिकको माग राख्दै पाँच दिनदेखि अनिश्चितकालिन धर्नामा बसेका निर्मला पन्तका आमाबाबुको स्वास्थ्य नाजुक बन्दै गए पनि सरकारले अहिलेसम्म कुनै वास्ता गरेको छैन । बिहीबार महाकाली अञ्चल अस्पतालका चिकित्सकको टोलीले धर्ना स्थलमै निर्मलाका बाबु यज्ञराज, आमा दुर्गा र कान्छि आमा लक्ष्मीको प्रारम्भिक स्वास्थ्य परीक्षण गरेका थिए । स्वास्थ्य परीक्षणमा तीनै जनाको स्वास्थ्य अवस्था बिग्रिँदै गएको देखिएको छ । महाकाली अञ्चल अस्पतालका डा। किशोर बोहराले यज्ञराजको ब्लडप्रेसर कम हुँदै गएको बताए । खाना कम खाने भएकाले उनको स्वास्थ्य अवस्था कमजोर बन्दै गएको डा। बोहराले बताए । ‘यज्ञराजको घाँटीमा समेत समस्या देखिएको छ, ‘डा। बोहराले भने, ‘फिचर कम छ, विभिन्न टेष्टका लागि रगत लिइएको छ ।’ ल्याब रिर्पोट आएपछि उनलाई थप उपचारका लागि अस्पतालमै लैजाने वा धर्ना स्थलमै उपचार गर्नेबारे पछि मात्रै थाहा हुने डा। बोहराले बताए । डा। बोहराका अनुसार उनकी आमाको ब्लड प्रेसर कम र कान्छि आमाको बढि भएको देखिएको छ । खाना कम खाने, चिसोमा अनसन बस्ने र कम सुत्ने गरेका कारण तीनै जनाको स्वास्थ्य अवस्था बिग्रिँदै गएको चिकित्सकको भनाई छ । डा।बोहरासँगै अहेब लोकेन्द्र बागचन र ल्याब टेक्निसियन दिलेन्द्र रानाले स्वास्थय परीक्षण गरेका थिए । तर, निर्मलाको परिवारले न्याय नपाउँन्जेलसम्म धर्ना जारी राख्ने अडान राखेका छन् । सरकार अझै न्यायका लागि मैैले के गर्नु पर्छ,,निर्मलाका बुवा यज्ञ राज पन्त भन्नु हुन्छ,,के मलाई न्याय मिल्दैन भन्नु पर्यो,,होईन भने छिट्टै न्याय सरकारले दिनु पर्यो । छोरीको न्यायका लागि आफु मर्न पनि तयार रहेको बताउनु भएको छ । निर्मलाकी आमा दुर्गाले स्वास्थ्य अवस्था बिग्रीएपनि धर्ना नतोड्ने बताइन् । कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी तारानाथ अधिकारीसहितका सुरक्षा प्रमुखले समेत यज्ञराज पन्त परिवारको स्वास्थ्य अवस्थाबारे जानकारी लिएका थिए । स्वास्थ्य अवस्था बुझ्दै उनीहरुले थप उपचारका लागि प्रशासन र सुरक्षा निकायका तर्फबाट सहयोग गर्ने बताए । निर्मला पन्तको बलात्कारपछि हत्या भएको १ सय १२ दिनसम्म पनि हत्यारा पत्ता लगाउन नसकेको प्रहरीले गाउँलेमाथि नै अनुसन्धान सुरु गरेको छ । न्याय माग्दै निर्मलाका बुबा यज्ञराज जिल्ला प्रशासन कार्यालयअगाडि धर्नामा बसिरहेका वेला प्रहरीले केही गाउँलेलाई नै शंकाको घेरामा राखेर अनुसन्धान थालेको हो । ‘उल्टाखाम क्षेत्रका केही व्यक्ति शंकाको घेरामा छन् । उनीहरूको गतिविधिमाथि सूक्ष्म ढंगले निगरानी भइरहेको छ,’ कञ्चनपुर प्रहरी प्रमुख एसपी कुवेर कडायतले भने। अनुसन्धानमा खटिएका प्रहरी अधिकृतका अनुसार निर्मलाका केही आफन्तलाई पनि निगरानीमा राखिएको छ । प्रहरीले गाउँलेसँगै अन्य क्षेत्रमा पनि अनुसन्धान जारी रहेको जनाएको छ । शंकास्पद व्यक्तिका टेलिफोन, फेसबुकलगायतमा पनि निगरानी बढाएको छ । त्यसका आधारमा दुई सयभन्दा बढी व्यक्तिसँग बयानसमेत लिएको छ । ‘केहीको मौखिक र केहीको लिखित बयान लिएका छौँ,’ एसपी कडायतले भने । १० साउनमा कापी लिन साथीको घर गएकी भीमदत्त नगरपालिका–२ उल्टाखामकी १३ वर्षीया निर्मला ११ साउनमा उखुबारीमा मृत भेटिएकी थिइन् । त्यसयता वडा प्रहरी, जिल्ला र प्रदेश प्रहरीसँगै सिबिआईको टोली पनि अनुसन्धान खटिएको थियो । गृह मन्त्रालय र प्रहरी मुख्यालयको उच्चस्तरीय टोलीसमेत छानबिनमा खटिए पनि हत्यारा पत्ता लाग्न सकेको छैन । डिएनए परीक्षण गरिएका शंकास्पद व्यक्तिको रिपोर्ट सकारात्मक आउनेमा प्रहरी पनि आश्वस्त छैन । एसपी कडायतले यसमा अहिल्यै केही भन्न नसकिने बताए । ‘उनीहरू चारैको मिल्न पनि सक्छ, कसैको नमिल्न पनि सक्छ । अहिल्यै केही भन्न सकिँदैन,’ उनले भने । प्रहरी शंकास्पद थप तीनजनाको डिएनए परीक्षणका लागि पनि तयारी अवस्थामा छन् । त्यसपछि अर्को चरणमा सन्दिग्ध घेरामा राखिएका गाउँका केही व्यक्तिको डिएनए परीक्षण गर्ने योजना बनाएको छ । यसअघि अभियुक्तका रुपमा सार्वजनिक गरिएका भीमदत्त नगरपालिका–१९ बागफाँटाका दीलिप विष्ट, कञ्चनपुर जिल्ला प्रहरी कार्यालयका तत्कालीन एसपी दिल्लीराज विष्ट, उनका छोरा किरण विष्ट र भीमदत्त नगरपालिकाका मेयर सुरेन्द्र विष्टका भतिजा आयुष विष्टको डिएनए परीक्षण भएपनि निर्मलाको भेजिनल स्वाबमा भेटिएको पदार्थसँग मेल खाएको थिएन ।प्रहरीले शंका गरेका चार व्यक्तिको डिएनए रिपोर्ट आएको छ । केन्द्रीय विधिविज्ञान प्रयोगशाला काठमाडौंले काठमाडौंमा रहेका कञ्चनपुर प्रहरी अधिकृतलाई रिपोर्ट दिएको छ । ‘प्रयोगशालाले सिलबन्दी गरिएको रिपोर्ट दिएको छ, सरकारी वकिलको सल्लाहमा खोल्छौँ,’ कञ्चनपुर प्रहरी प्रमुख एसपी कुवेरसिंह कडायतले भने । रिपोर्ट कञ्चनपुर ल्याएपछि सरकारी वकिलको सल्लाहमा खोलिने उनले बताए । डिएनए परीक्षण गरिएका व्यक्तिको नाम भने प्रहरीले सार्वजनिक गरेको छैन । निर्मलाको हत्याका बिषयमा अनुसन्धान गरीरहेको प्रहरीले बताउदै आएको छ । घटना घटेको साढे तिन महिना हुनै लाग्दा पनि प्रहरीको अनुसन्धान अपराधि सम्म पुग्न नसकेको भन्दै सर्बसाधारणले चिन्ता ब्यक्त गरेका छन ।
प्रथम आदर्श महोत्सव शुक्रवारदेखि : तयारी पुरा
लेखनाथ, खेलकुदको माध्यमले चर्चामा आएको आदर्श युवा क्लवले कार्तिक ३० गते शुक्रवारदेखि मंसिर ९ गतेसम्म पोखरा–२९ स्थित भण्डारढीक रंगशालामा आयोजना गर्न लागेको प्रथम आदर्श महोत्सवको तयारी पुरा भएको छ । महोत्सवका वारेमा विहिबार महोत्सव स्थलमा पत्रकार सम्मेलनको आयोजना गरी तयारी पुरा भएको जानकारी दिइएको हो । कला, सस्कृति, संगीत र मनोरञ्जनको उत्सवको रुपमा लिएको महोत्सवमा रहेका दुई सय ६८ बटा स्टलहरु मध्ये करिव दुई सय ५० स्टलहरु बुिकङ्ग भईसकेका र अन्य तयारी समेत पुरा भएको महोत्सवका मुल संयोजक किसान गुरुङले जानकारी दिए ।क्लवद्धारा संचालन गरिने राष्ट्रिय स्तरको फुटवल प्रतियोगितालाई निरन्तर रुपमा सञ्चालन गर्न सहयोग पुग्ने गरी निर्माणधिन रंगशालाको संरक्षण तथा स्तरोन्नति गर्ने र सामाजिक क्षेत्रको विकास गर्ने उदेश्यका साथ महोत्सवको आयोजना गरिएको क्लवका अध्यक्ष तथा महोत्सवका निर्देशक लक्ष्मीप्रसाद भण्डारीले वताए । विहिवार पत्रकार सम्मेलनमा बोल्दै ईलाका प्रशासनका कार्यालयका प्रमुख चित्राङगत बरालले महोत्सवमा दर्शकहरुको सुरक्षाका लागि महोत्सव अवधिभर पं्रहरीको क्याम्प समेत स्थापना गरिने बताए । वडा नं. २९ का वडाध्यक्ष चेत बहादुर गुरुङले स्थानीय क्षेत्रको विकास र रंगशालाको स्तरोन्नतिका लागि महोत्सव फलदायी हुनेमा आफु आशावादी रहेको वताए । ब्यवस्थित रुपमा महोत्सव संचालन गर्नका लागि एक सय सदस्यीय मुल समिति,२५ सदस्यीय सल्लाहकार समिति र विभिन्न ३० वटा उप समितिले आ आफनो जिम्माको काम गरिरहेका आयोजकले जनाएको छ ।महोत्सवमा रत्यौली गित प्रतियोगिता, बिद्यालय स्तरीय नृत्य प्रतियोगिता, राष्ट्रिय स्तरका कलाकारहरुको लोक दोहोरी र साथमा आधुनिक पप कन्र्सट राखिएको छ भने कृषकहरुद्धारा उत्पादित वस्तुको बजारीकरणमा सहयोग पुग्ने गरी कृषिका स्टलहरुलाई निःशुल्क रुपमा राख्न पाउने ब्यवस्था मिलाईएको छ । उँट सवारी, वाल उद्यान समेत रहेको महोत्सवको उद्घाटन राष्ट्रिय सभाका अध्यक्ष गणेश तिमिल्सेनावाट हुने आयोजकले जानकारी दिएको छ् । पहिलो पटक हुन लागेको महोत्सवमा करिव ३ लाख दर्शकले अवलोकन गर्ने र १ करोड बराबरको आर्थिक कारोबार र महोत्सवबाट १२ लाख वचत गर्ने आयोजकको लक्ष्य रहेको छ ।
खेलकुदले युवापुस्तालाई कुलतबाट मुक्त राख्छ : साँसद रावल
टिकापूर , संघीय साँसद झपटबहादुर रावलले खेलकुदले युवापुस्तालाई कुलतबाट मुक्त राख्ने बतायका छन। बिहिबार टीकापुर नगरपालिकाले आयोजना गरेको नेपाल–भारत मैत्रीपूर्ण कराँते प्रतियोगिताको उद्घाटन गर्दे साँसद रावलले खेलकुदका माध्यमबाट देशलाई संसारभर चिनाउन सकिने बताए । प्रतियोगितामा नेपालका काठमाण्डौं, महेन्द्रनगर, धनगढी र टीकापुर डोजोका ८० र भारतको गुजरातका ६० खेलाडीको सहभागिता रहेको छ । उनीहरुलाई १६ वर्ष मूनि जुनियर र सो भन्दा बढी उमेरकालाई सिनियर गरी दुई वर्गमा विभाजन गरिएको प्रशिक्षक बबरजंग शाहीले जानकारी दिए
स्वर्गद्वारीमा काँग्रेस जिल्ला सभापतिको बैठक सुरु
बुटवल, २९ प्रदेश पाँच अन्तरगत पर्ने नेपाली काँग्रेसका जिल्ला सभापतिहरुको बैठक बिहिबारदेखि प्युठानको स्वर्गद्वारीमा सुरु भएको छ । दुई दिनसम्म चल्ने बैठकमा राष्ट्रिय राजनीति, महासमितिको बैठक, बिधान मस्यौदा संशोधन लगायतका बिषयबस्तुमा छलफल हुने नेपाली काँग्रेस रोल्पाका सभापति अमर पुनले जानकारी दिनुभयो ।
राष्ट्रिय तथा प्रदेश राजनीतिमा पार्टीको एउटै धारणा बनाउन र महासमितिको बैठक तथा बिधान मस्यौदा संशोधनका सवालमा प्रदेश पाँचबाट एउटै सन्देश लैजानेगरी बैठक बसिएको पाल्पाका सभापति बिरबहादुर रानाले बताउनु भयो ।
प्रदेश पाँचमा पर्ने नवलपरासी, कपिलबस्तु, पाल्पा, गुल्मी, अर्घाखाँची, दाङ्, बाँके, बर्दिया, रुकुम, रोल्पा र प्युठानका सभापतिहरूको उपस्थिति छ । नेपाली कांग्रेस प्युठानका सभापतिकाे अाह्वानमा बैठक अायाेजना गरिएकाे हाे ।