करेलाको प्रयोग गरेर डाइविटिजबाट राहात पाउन सकिन्छ :हेरौ कसरी

एजेन्सी । मधुमेहका बिरामिलाई औषधीनै हो करेला  । मधुमेह हुनेलाई करेलाको सब्जी जुस र विशेष गरेर धुलो धेरै प्रभावकारी हुन्छ । करेला अग्नाशायलाई उत्तेजित पारेर इन्सुलिनको स्त्रावलाई बढाउछ । करेलामा प्रयाप्त मात्रामा इन्सुलिन पाइन्छ । सो इन्सुलिन पिसाब र रगत दुबैलाई नियन्त्रणमा राख्ने गर्दछ । हेरौ मधुमेहमा करेलाको प्रयोग कसरी गरेर डाइविटिजबाट राहात पाउन सकिन्छ ।

करेलाको जुस पहिले ४ वटा करेलालाई लिनुहोस् । सो करेलालाई  नतासिकन तिन भागमा काट्नुहोस । काटिएको करेलाको एक भागलाई सय ग्राम पानि मिसाएर  जुस बनाउनुहोस । सो जुसमा आधा कागति निचोर्नुस् र स्वाद अनुसारको नुन राखेर पिउनुहोस । यसरीनै बाकि रहेका दुई भाग करेलालाई दिउसो र बेलुका गरेर पिउनुहोस ।  दैनिक तीन पटक जुस नियमित तिन महिना सम्म पिए डाइविटिजबाट छुटकारा पाउन सकिन्छ ।

करेलाको सब्जी करेलाको तरकारी पकाउदा करेलालाई नतासिकन बनाउनु पर्दछ ।

करेलाको धुलो करेलाको सिजनमा  २० केजि  राम्रो करेलालाई सफा पानिले धुनुहोस । यसरी धोएको करेलालाई मसिनो हुने गरि काट्नुहोस र घाममा सुकाउनुहोस् । सुकेको करेललाई मसिनो गरेर पिस्नुहोस र हावा नछिर्ने बट्टामा राख्नुहोस । यस धुलोलाई  बिहान एक चम्चा दिउँसो एक चम्चा  र बेलुका गरि दिनमा तीन पटक चिसो पानिमा राखेर पिउनुहोस । मधुमेबाट लाभ पाउनुहुनेछ । करेलालाई सुकाएर राख्दा पनि यसको गुण नष्ट हुदैन । सुझाव मधुमेहका बिरामिले करेलाको प्रयोग कम्तिमा पनि ४ महिना सम्म गर्नुपर्दछ । साथै यसको सेवन खाली पेटमा गर्ने हो । करेला सेवन गरेको आधा घण्टासम्म अन्य बस्तु खान हुदैन । यसको सेवनबाट मधुमेहको साथै रगत शुद्ध पनि हुन्छ ।

अमेरिकाले राष्ट्रिय स्वार्थमा आप्रवासन रोक्न सक्ने :राष्ट्रपति ट्रम्प

वासिङ्टन, संयुक्त राज्य अमेरिका । अमेरिकाले आफ्नो दक्षिणी सीमाबाट देशभित्र पस्ने गैरकानुनी आप्रवासीहरू नयाँ नियम अनुसार शरणार्थी बन्न अयोग्य हुने जनाएको छ ।  अमेरिकामा ट्रम्प प्रशासनले होमल्याण्ड सेक्युरिटि डिपार्टमेन्टले घोषणा गरेको नियम बमोजिम प्रवेशमा राष्ट्रपतीय निर्देशानुसार लगाइएको निषेध उल्लङ्घन गर्नेलाई शरण मिल्ने छैन । जारी गरिएको एक वक्तव्यमा राष्ट्रपतिले राष्ट्रिय स्वार्थमा आप्रवासन रोक्न सक्ने भनिएको छ । हालै सम्पन्न संसदीय निर्वाचनमा आप्रवासन राष्ट्रपति डोनल्ड ट्रम्पको मुख्य मुद्दा बनेको थियो ।

मेक्सिको हुँदै मध्यअमेरिकी देशहरूबाट अमेरिका आउन लागेका आप्रवासीहरूको लस्करलाई लक्षित गर्दै राष्ट्रपति ट्रम्पले सीमामा तिनलाई रोक्न सेना खटाउन निर्देशन दिएका थिए । यसरी प्रबेश गर्ने मानिसहरूलाई ट्रम्पले अतिक्रमणको संज्ञा समेत दिएका छन् । बिहीवार कार्यवाहक महान्यायाधिवक्ता म्याथ्यु ह्वीटेकर तथा होमल्याण्ड सेक्युरिटी प्रमुख कर्स्टन नेल्सनले इन्टरिम फाइनल रुल नामक सो नियमको घोषणा गरेका थिए ।

जसअनुसार यदि राष्ट्रपतिले मेक्सिकोसँगको सीमाबाट अमेरिका प्रवेश निषेध गरे भने त्यहाँबाट सो नियम पुराना केसमा भने लागू हुनेछैन । तर सो नियमविरुद्ध अदालतमा मुद्दा चल्न सक्ने बताइएको छ ।अमेरिकी नागरिक अधिकार समूह सिभिल लिबर्टिज युनियनले उक्त नियमलाई अवैधानिक भनेको छ । एएफपी

सहचालक मोहन बोहरा मृत भेटिए

धनगढी। धनगढी उपमहानगरपालिका—४ स्थित बस बिसौनी परिसरमा आज ना४ख ४२६४ नं. को बसका सहचालक मोहन बोहरा मृत भेटिएका छन्।

जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता हरिबहादुर ओलीले बाजुरा जिल्लाको ढाटाकोटका अन्दाजी ४५ वर्षीय बोहरालाई बस बिसौनी परिसरमा मृत फेला पारिएको जानकारी दिए। बोहराको मृत्यु शङ्कास्पद रहेको छ ओलीले बताए। उक्त घटनामा अनुसन्धानका लागि चार जनालाई प्रहरीले पक्राउ गरेको छ।

, ठगिए उपभोक्ता चाडपर्वको बेला

गलेश्वर। म्याग्दी जिल्लाको शहरी र ग्रामीण भेगका बजारमा खुलेका पसलमा तौल र मूल्यमा एकरूपता नहुँदा तिहारको समयमा उपभोक्ता ठगिएका छन्। चाडपर्वको मौका छोपी व्यापारीले सामानमा मनलाग्दी मूल्य लिने र उपभोक्ताले गुनासो गर्ने ठाउँ नहुँदा आफूहरु ठगिएको गुनासो उपभोक्ताले गरेका छन्। “पसलमा न मूल्यसूची टाँसिएको छ न सम्बन्धित निकायबाट नै अनुगमन हुने गरेको छ” बेनी बजारको एक पसलमा भाइटीकाका लागि सामान किन्दै गरेकी बेनपा–४ की राधा पौडेलले भन्नुभयो, “पसलेले जति भन्छन्, त्यतिनै मूल्य तिर्नुपर्ने बाध्यता छ।”

पसलमा मूल्य सूची नटाँस्ने र सम्बन्धित निकायले कडाइका साथ बजार अगुगमन नगरेका कारण उपभोक्ता ठगिने गरेका हुन्। बजारमा एकातिर मूल्यमा उपभोक्ता ठगिएका छन् भने अर्कोतिर वस्तुको गुणस्तर र तौलमा पनि ठगिँदै आएको उपभोक्ता बताउँछन्।

जिल्लाको बेनी, गलेश्वर, तातोपानी, बावियाचौर, दरवाङलगायत अन्य स्थानीय बजारका पसलमा मूल्यसूची टाँसेको देखिदैन। बिक्रेताले वस्तुको मूल्य जति भन्छन् उपभोक्ताले उति नै तिर्न बाध्य छन्। कुन वस्तुको मूल्य कति भन्ने जानकारी नहुँदा उपभोक्ता ठगिएका हुन्। बजारमा पसलैपिच्छे सामानको दर समेत फरक÷फरक रहेको उपभोक्ताको गुनासो छ।

यसैगरी अखाद्य वस्तुको मिसावट, कम तौल, कम गुणस्तर भएका वस्तुबाट पनि उपभोक्ता ठगिएका छन्। ग्रामीण भेगका कतिपय पसल विना दर्ता सञ्चालन भइरहेका छन् भने किराना पसलमा घरेलु मदिराको समेत निर्वाध रूपमा बिक्री वितरण भइरहेको स्थानीयवासी बताउँछन्।

बेनीबजारको पसलमा पाइने मलखाद, जीरा, धनिया, तोरीको तेल, मैदाजस्ता वस्तुमा अन्य विभिन्न वस्तुको मिसावटका साथै तौलमा पनि कमी पाइएको उपभोक्ताको आरोप छ। सरकारी निकायबाट नियमित बजार अनुगमन नभएका कारण उपभोक्ता ठगिन बाध्य बनेको उपभोक्ताको गुनासो छ। चिनी, चियापत्ती, नुन, दाल, चिउरालगायत अन्य दैनिक उपभोग्य सामान पसलैपिच्छे भाउ फरक रहेको उनीहरूको भनाइ छ। जिल्ला प्रशासन कार्यालय म्याग्दीले भने समय–समयमा पसल अनुगमन गर्ने गरेको र दर्ता नगरी सञ्चालन भएका, म्याद नाघेका वस्तु राखेको पाइएको र कालोबजारी गर्ने गरेका पसल सञ्चालकलाई कारवाही गर्ने गरेको जनाएको छ।