नर्सिङ काउन्सिलले लाइसेन्सिङ परीक्षा लिने
जाडोमा छालामा देखिने समस्या र जोगिने उपाय
जाडो महिनामा मौसमको आद्र्रता कम हुने हुँदा छाला सुख्खा हुदै जान्छ, त्यसको फलस्वरुप हातखुट्टा फुट्न, ओठ फुट्ने छाला सुख्खा हुने कपाल सुक्खा भएर फुरुङ्ग देखिने हुन्छ।
त्यतिमात्र होइन, जाडो महिना शरीरमा विभिन्न किसिमका एलर्जीहरु पनि देखा पर्छन्। उनीको लुगा लगाउने हुँदा एलर्जी भएर शरीर चिलाउने, पोल्ने हुन्छ । चाडोमा हातखुट्टा सुनिने समस्यापनि धेरै देखिन्छ, त्यसैले पनि हामीहरु धेरै घाममा बस्ने आगो ताप्ने हिटर ताप्ने गर्दा हाम्रो छाला सुख्खा हुँदै जान्छ।
जाडोको घाम रापिलो हुने हुँदा छालामा भएको चिल्लोलाई सोचेर छालालाई सुख्खा बनाउँछ । घामले गर्दा अनुहारमा चायाँ बढ्नुको साथसाथै अनुहारमा चाउरीपन बढ्दै जान्छ । त्यसैले जाडोमा घाममा बस्दा वा घरबाहिर निस्कँदा सन्सक्रिममा बढी एसपिएफ भएको प्रयोग गर्नु पर्दछ।
जाडोमा हामीले धेरै साबुन प्रयोग गर्नाले हाम्रो छाला सुख्खा हुदैँ जान्छ, त्यसैले जाडोमा साबुनको सकेसम्म कम प्रयोग गर्दा राम्रो हुन्छ वा बच्चालाई प्रयोग गर्ने साबुन अथवा ग्लिसिरिन भएको साबुनको प्रयोग गर्न सक्छौँ।
जाडोमा हामीले फेसवासको प्रयोग गर्दा पनि माइल्ड खालको फेसवासको प्रयोग गर्ने र तुरुन्तै मोस्चराइज क्रिमको प्रयोग गर्न सक्छौं, त्यसो गर्दा जाडोमा मोस्चराइज हराउन पाउँदैन।
जाडो याममा हिटर ताप्ने, घाममा धेरै बस्दा शरीरमा पानीको मात्रापनि कम हुने हुँदा प्रशस्त मात्रामा मनतातो पानी पिउनु पर्दछ । किनभने हातखुट्टा धेरै फुट्नुको कारण पनि शरीरमा पानीको मात्रा कम भएकाले हो।
मोस्चराइजजिङ लोसनक्रिम जाडो र गर्मी महिनाको भिन्न हुन्छ । गर्मीमा प्रयोग गर्ने क्रिमले जाडोमा काम नगर्न पनि सक्छ । त्यसैले जाडोमा प्रयोग गर्ने मोस्चराइज लोसनको प्रयोग गर्नुपर्छ। किनभने जाडोमा प्रयोग गर्ने लोसनमा बढी मोस्चराइज वा चिल्लो खालको हुन्छ।
हामीले जाडो महिनाामा धेरै ग्लिसिरिन को प्रयोग गर्ने गर्दछौँ। त्यो राम्रो पनि हो ग्लिसिरिनको प्रयोग गर्दा हामीले ग्लीसिरिन मात्रा प्रयोग गर्नुहुदैँन किनभने ग्लिसिरिनमा पानी सोस्नो शक्ति हुन्छ र ग्लिसिरिनको मात्र प्रयोग गर्नाले शरीरमा भएको चिल्लो पदार्थलाई सोचेर छाला झन् सुख्खा बनाउने गर्दछ, त्यसैले ग्लिसिरिन को प्रयोग गर्दा जहिले पनि एक चम्चा ग्लिसिरिन मा दुईचम्चा पानी वा रोज वटर वा कागती मिसायर प्रयोग गर्दा उपयुक्त हुन्छ।
जाडोमा खुट्टा फुटेर हैरान भइन्छ, त्यो बेलामा खुट्टा फुट्ने समस्या भएकाहरुले खुट्टालाई बनाएको क्रिम लगाउनुपर्छ । त्यसमा धेरै मोच्चराइज केमिकल हालेर बनाइएकोले फुटेको खुट्टा छिटो निको हुन मद्दत गर्छ।
जाडोमा हामीले नुहाउँदा तातो पानीको प्रयोग गर्ने गर्दछौँ तर धेरै तातो पानीको प्रयोग गर्दा शरीर सुख्खा हुन्छ। जाडोमा नुहाँउदा जहिले पनि मनततो पानीले नुहाउने र नुहाउनासाथ अलिअलि पानी पुछेर मोस्चराइज लोसनको प्रयोग गर्नुपर्छ। त्यसो गर्नले शरीरको चिल्लो कम हुन पाउदैन।
जाडोमा कपाल रुखो हुने हुँदा हप्ताको एकपटक तेल लगाउनु पर्दछ र छिटो–छिटो कपालमा स्याम्फु प्रयोग गर्नु हुँदैन, धेरै स्याम्फुको प्रयोगले कपाल रुखो हुन्छ।
बच्चाहरुलाई जाडो महिनामा चिलाउने समस्या बढ्न सक्छ। त्यसैले राति सुत्नु अगाडि तेल लगाइ दिनुपर्छ बच्चालाई उनीको लुगाभित्र जहिले पनि सुतीको लुगा लगाइ दिनुपर्छ। त्यसो गर्दा चिलाउने समस्या कम हुन्छ।
(भट्टारार्इ काठमाडौ मेडिकल कलेजमा कार्यरत छिन्।)
आइतबार फाल्गुनन्द जयन्तीको अवसरमा सार्वजनिक बिदा
बनियानी, झापाको दमक नगरपालिकाले आइतबार फाल्गुनन्द जयन्तीको अवसरमा सार्वजनिक बिदा दिने भएको छ । नगरपालिकाको नगरसभाबाटै फाल्गुनन्द जयन्तीका दिन सार्वजनिक बिदा दिने निर्णय गरिएको नगरप्रमुख रोमनाथ ओलीले जानकारी दिनुभयो । “राष्ट्रिय विभूति फाल्गुनन्दको सम्मानका लागि नगरमा सार्वजनिक बिदा दिने निर्णय गरेका हौँ”, उहाँले भन्नुभयो, “इलामको चुलाचुली गाउँपालिकाले पनि बिदा दिने निर्णय गरेको छ ।” त्यस्तै, ताप्लेजुङको फत्तालुङ गाउँपालिकाले पनि फाल्गुनन्द जयन्तीका दिन सार्वजनिक बिदा दिने गरेको दमक नगरपालिकाका कार्यकारी अधिकृत गणेशप्रसाद तिम्सिनाले जानकारी दिनुभयो । “फाल्गुनन्दको जन्मदिनमा किराँत धर्मालम्बीहरुले बिदा दिन माग गर्दै आएका छन्”, उहाँले भन्नुभयो, “धर्मगुरु र किराँत धर्मावलम्बीका सम्मान लागि पनि बिदा दिइएको हो ।” विसं १९४२ कात्तिक २५ गते इलाम जिल्लाको इभाङ–५ चुक्चिनाम्बामा बाबु जगनबाज लिम्बू र आमा हंसमती लिम्बूको कोखबाट साहिँला छोराका रूपमा फाल्गुनन्दको जन्म भएको थियो । किराँत धर्मका महागुरु तथा समाज सुधार फाल्गुनन्द लिङ्देनको २००५ चैत २२ गते निधन भएपछि विभिन्न किराँत सङ्घसंस्थाले हरेक वर्ष कात्तिक २५ गते फाल्गुनन्द जयन्ती मनाउँदै आएका छन् । उहाँलाई सरकारले २०६६ मङ्सिर १६ गते राष्ट्रिय विभूति घोषणा गरेको थियो । उहाँ नेपालका १६औँ राष्ट्रिय विभूति हुनुहुन्छ । उहाँको फोटो अङ्कित हुलाक टिकटसमेत प्रकाशन हुँदै आएको छ ।
पोखरामा छठ पर्व मनाउनेहरु उत्साहका साथ तयारीमा जुटे
पोखरा, यमपञ्चक पर्व सम्पन्न हुनासाथ पोखरामा छठ पर्व मनाउनेहरु उत्साहका साथ तयारीमा जुटेका छन् । पोखरी, तलाउ, नदी, खोला वा जलाशय भएको क्षेत्रमा यो पर्व मनाइने गरिएकाले पोखराको फेवातालस्थित केदारेश्वर मन्दिरको क्षेत्रमा भव्य रुपमा छठ पर्व मनाउनका लागि घाट निर्माणका साथै सरसफाइका कार्य तदारुकताका साथ शुरु भएको छ । पोखराको नदीपुरमा पनि छठ पर्व व्यापक रुपमा मनाइने गरिन्छ । त्यहाँ पनि छठ पूजाका लागि सरसफाइ तथा घाट निर्माण कार्य भइरहेको छ । पोखरामा तराई जिल्लाका साथै भारतबाट व्यापार तथा रोजगारका लागि परिवारसहित बसोबास गर्दै आइरहेकाले धुमधामका साथ छठ मनाउन जुटेको सप्तरी घर भई हाल पोखरामा व्यापार गर्दै आइरहेका सत्यनारायण मण्डलले जानकारी गराउनुभयो । विभिन्न भाषाभाषी र समुदायका मानिस एकै ठाउँमा बसेर सौहार्दपूर्ण वातावरणमा छठ पूजा गर्ने गरेका कारण नै यो पर्वले साझा पर्व र समावेशी पर्वका रुपमा पहिचान स्थापित गरेको हो । पर्वका लागि आवश्यक रुपमा पर्ने बाँसका टोकरी, पङ्खा, माटोको भाँडोका साथै अन्य पूजा सामग्री पनि पोखरामा उपलब्ध हुने गरेको छ । त्यस्ता सामानको बिक्री पनि शुरु भइसकेको देखिन्छ । यस पर्वमा प्रसादका रुपमा केरा, फलफूल, पान, सुपारी, भण्टा, मुला, सुथनी, अलुवा, जुटा, उखु, ठेकुवा, भुसुवा र मीठाइ चढाउने गरिन्छ । लगातार चार दिनसम्म मनाउने गरिएको यो पर्व विधिवत् रुपमा आइतबारदेखि शुरु हुँदैछ । नियम निष्ठाका साथ मनाइने गरिएको यस पर्वको पहिलो दिन आइतबार वर्तालु महिला आत्मशुद्धि गर्छन् । लसुन र प्याज पनि नखाने, अरुवाअरुवाइन अर्थात् शुद्ध भोजन गर्ने गर्छन् । यसलाई ‘नहायखाय’ भनिएको हो । दोस्रो दिन दिनभर उपवासमा बसेर बेलकीको समयमा नयाँ माटोको चुलोमा पूजाका लागि खीर पकाउने गर्छ । सोही खीर घरको देवीदेउतालाई अर्पण गरेपछि परिवारका सदस्यबीच प्रसादका रुपमा वितरण गरी वर्तालुले आपूm पनि प्रसादकै रुपमा ग्रहण गरेर वर्तलाई निरन्तरता दिने गर्छन् । पर्वको तेस्रो दिन अस्ताउँदो सूर्यलाई अघ्र्य अर्पन र चौंथो दिन उदाउँदो सूर्यलाई अर्घ अर्पण गरेपछि चार दिनको यो पर्व विधिवत् रुपमा सम्पन्न हुने गर्छ । यस पर्वको मुख्य विशेषतामा शक्तिरुपी माता छठ र संसारलाई प्रकाशमान पार्ने सूर्यदेवको संयुक्त रुपमा पूजा गरेर पर्व मनाउने गरिन्छ । परिवारको कल्याण, सन्तान प्राप्ति र छालारोगका साथै विभिन्न रोगबाट मुक्तिका लागि यो पर्व मनाउने गरिन्छ । यो आपूm खुशीले शुरु गर्ने र छोड्ने गर्नु हुँदैन भनी धार्मिक मान्यता छ । भाकल पूर्ण भएपछि मात्र छठ पर्वको शुभारम्भ गरिन्छ । एक पटक शुरु गरेपछि प्रत्येक वर्ष नियमनिष्ठाका साथ यो पर्वलाई निरन्तरता दिने गरिन्छ । –––